• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

किट विश्वविद्यालय फर्किन मानेनन् नेपाली विद्यार्थी, विकल्प खोज्दै सरकार


किट विश्वविद्यालय फर्किन मानेनन् नेपाली विद्यार्थी, विकल्प खोज्दै सरकार

काठमाडौँ । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीमाथि दुर्व्यवहार भयो ।

नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि होस्टेलमा बस्दै आएका नेपाली विद्यार्थीमाथि कुटपिट भएको थियो । कुटपिट हुनुका साथै उनीहरू तत्काल होस्टेल र विश्वविद्यालय खाली गर्न उर्दी जारी भयो ।

त्यसपछि नेपाली विद्यार्थी हतार हतारमा विश्वविद्यालय खाली गर्न बाध्य भए । स्थानीय प्रहरी प्रशासन लगाएर नेपाली विद्यार्थीलाई गाडीमा कोचेर बस स्टेसनसम्म छोडियो ।

चरम दुर्व्यवहार भोगेका नेपाली विद्यार्थी अहिले विश्वविद्यालय फर्किने मनसायमा छैनन् । तर, विश्वविद्यालय, ओडिसा प्रदेश सरकार र भारत सरकारले समेत विद्यार्थीको सुरक्षा प्रत्याभूति दिलाउने प्रतिबद्धता पटक–पटक जाहेर गर्दै आएका छन् ।

फेब्रुअरी १६ मा प्रकृति होस्टेलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यसपछि नेपालीसँगै भारतीय विद्यार्थीले समेत धर्ना दिए । धर्नामा बसेका नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट भयो । उनीहरूलाई रातारात होस्टेल खाली गर्न लगाइयो । त्यो पीडा र त्रासदी भोगेका नेपाली विद्यार्थी सहजै विश्वविद्यालय फर्किने अवस्थामा छैनन् ।

त्यस पछाडिका विविध कारण छन् । पहिलो कारण, विद्यार्थीहरूमा पछि फेल गराइदिने डर सबैभन्दा बढी छ । एक विद्यार्थीका अनुसार अहिले पढ्न बोलाउने र आन्दोलन गरेको रिस पोख्न परीक्षामा फेल गराउँछ भन्ने डर छ ।

अर्को भनेको, तत्काल केही नगरे पनि भविष्यमा विश्वविद्यालयका अधिकारीहरूले आफूहरूसँग रिसिइबी साध्न सक्ने डर विद्यार्थीमा छ ।

त्यस्तै विश्वविद्यालयले विद्यार्थी पासआउट भएपछि पनि प्रमाणपत्र नदिने, विद्यार्थीहरूलाई स–साना विषयमा समेत पेल्न सक्ने डर छ । जसले गर्दा नेपाल फर्किसकेका विद्यार्थी तत्काल उता फर्किने मनसायमा देखिँदैनन् ।

‘अहिले केही हुँदैन भनेर बोलाएर भोलि अनेक बहाना बनाएर कारबाही गर्ने, रेस्टिकेट गर्ने, परीक्षामा फेल गराउने डर छ । यत्रो आन्दाेलन र विश्वविद्यालयको बदमान गराएको भनेर हामीसँग कुनै बेला पनि प्रतिशोध साँध्न सक्छन् । त्यस्तो डरैडरमा हामी कसरी पढ्न जाने ?’ एक नेपाली विद्यार्थीले भने ।

फर्किएका अर्का विद्यार्थीका अनुसार हाल एक सय हाराहारीमा नेपाली विद्यार्थी पठनपाठनमा फर्किएका छन् । त्यस्तै ३ सयभन्दा बढीको सङ्ख्यामा नेपाली विद्यार्थी नेपाल फर्किएका छन् । बाँकी भारतका विभिन्न स्थानमा बसिरहेका र कोही नेपाल आउने तयारीमा छन् । उनले रातोपाटीसँग भने, ‘अहिले एक सयदेखि एक सय १० जना होस्टेलमा छन् । विश्वविद्यालयमा पढाइ त भइरहेको छ । तर, धेरै नेपाली गएका छैनन् ।’

विश्वविद्यालयमा अहिले आन्दोलन रोकिएर पठनपाठन सुरु भइसकेको छ । विश्वविद्यालयका अधिकारीले नेपाली विद्यार्थीलाई फर्केर पठनपाठनमा सहभागी हुन अनुरोध गर्दै आएका छन् । तर, विद्यार्थीहरू भने ठुलो त्रासदीबाट बाँचेर आएकाले तत्काल फर्किने मनसायमा छैनन् ।

नेपालमै पढ्न पाउने व्यवस्था गरिँदै  

विद्यार्थीहरू तत्काल फर्किने मनसायमा नदेखिएपछि सरकारले नेपालमै क्रेडिट ट्रान्सफर गर्ने विषयमा छलफल अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी, तिनका अभिभावक र सरोकारवाला निकायसँग यसबारे छलफल थालेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकालले नेपालमै पढ्न दिने विषयमा छलफल भइरहेको बताए । नेपालका विश्वविद्यालयले क्रेडिट आवर ट्रान्सफरको निर्णय गरेको जानकारीमा आएको बताए ।

‘सबैभन्दा पहिला विद्यार्थी क्रेडिट आवर ट्रान्सफरका लागि तयार हुन्छन् कि हुँदैनन् ? उनीहरू तयार भएपछि ट्रान्सफर गराउने भन्ने हो । विश्वविद्यालय, अभिभावक तथा सरोकारवाला निकायबिच छलफलचाहिँ चलिरहेको छ,’ ढकालले भने ।

पूर्वाञ्चल विश्वविद्यालयले क्रेडिट ट्रान्सफरको सुविधा दिने निर्णय गरेको छ । रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै उच्च शिक्षाका लागि विभिन्न देशमा गएर विशेष कारण अध्ययन पूरा नसकी फर्किनुपरेका विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सर्फमर गरिदिने जनाएको हो ।

स्वदेशमै पुनः अध्ययनलाई निरन्तरता दिई पूरा गर्न चाहे विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमसँग मिल्ने विषयको क्रेडिट ट्रान्सफर गरिदिने भनेको हो । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत आंगिक तथा सम्बन्धनप्राप्त स्कुल/क्याम्पस/कलेजमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा प्राज्ञिक परिषद्ले निर्धारण गर्ने मापदण्डबमोजिम क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने निर्णय भएको हो ।

त्यस्तै काठमाडौँ विश्वविद्यालयले समेत क्रेडिट आवर ट्रान्सफरका विषयमा छलफल गर्न ओपन हाउस छलफल आयोजना गरेको छ । फागुन १६ गते यस विषयमा छलफल हुने र त्यस्ता विद्यार्थीहरूलाई विश्वविद्यालयमा आफ्नो अध्ययन पूरा गर्न मौका दिने विषयमा निर्णय गरिने विश्वविद्यालयले जनाएको छ ।

शिक्षा मन्त्रालय हेल्प डेस्कका उपसचिव राजु श्रेष्ठले यस घटनामा अहिलेसम्म एउटा मात्रै गुनासो आएको बताए । एक जना अभिभावकले केआईआईटीको फरक–फरक होस्टलका ब्लकमा बस्ने विद्यार्थीलाई एउटैमा बस्ने व्यवस्था गरिदिन आग्रह गरेको उनले बताए । उक्त गुनासो परराष्ट्र मन्त्रालयमा पठाइएको उनको भनाइ छ ।

अहिले तत्कालका लागि सबै नेपाली विद्यार्थीलाई एउटै होस्टेलमा व्यवस्था मिलाउन भनिएको बताए ।

हाल एक हजार १६० जना नेपाली विद्यार्थी उक्त विश्वविद्यालयमा अध्ययनरत छन् ।

केआईआईटीमा भएको घटनाका विषयमा प्रधानमन्त्री तहमा नै चासो व्यक्त हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मृतक प्रकृतिका बुबासँग टेलिफोनमा कुराकानी गरेका छन् । कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले प्रकृतिका आमा–बुवालाई सान्त्वना दिँदै सम्हालिन आग्रह गरेका छन् ।

प्रकृतिका बुवा सुनिल लम्सालले क्याम्पसतिरको स्थितिबारे आफूलाई जानकारी नभएको र प्रकृतिको मृत्युको अनुसन्धान भइरहेको जानकारी आफूले पाएको बताएका थिए ।

KIIT_Prakriti Lamsal (3)

प्रकृतिको मृत्युको अनुसन्धान कहाँ पुग्यो ?

भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार प्रकृतिको पोस्टमार्टमको रिपोर्ट आइसकेको छ । तर, त्यसमा के छ भन्ने विषयमा कुनै विवरण उल्लेख गरेका छैनन् । प्रधानमन्त्रीसँगको टेलिफोन सम्पर्कमा प्रकृतिका बुबाले पोस्टमार्टम रिपोर्ट आइसकेको र फरेन्सिक जाँचको प्रगति थाहा भने नभएको बताएका थिए ।

उनको मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको भुवनेश्वर प्रहरीले मृतकको पोस्टमार्टम रिपोर्ट आएको जनाएको छ । मृतकका परिवारको जाहेरीका आधारमा पक्राउ परेका अद्विक श्रीवास्तवालाई पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै मृतक प्रकृति र श्रीवास्तवाका दुवै जनाको फोन, ल्यापटपलगायत विद्युतीय उपकरणसमेत परीक्षणका लागि पठाइएको छ । जसको रिपोर्ट आइनसकेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

विश्वविद्यालयले गल्ती मान्यो, विद्यार्थीले माफी दिएनन् : 

प्रकृतिको मृत्युपछि आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीमाथि विश्वविद्यालयको तर्फबाट दमन भयो । विद्यार्थीहरूले बताएअनुसार होस्टेल तथा कलेजभन्दा बाहिरबाट बाउन्सर, जिम ट्रेनरहरू बोलाएर होस्टेलमा रहेका नेपाली छात्रहरूमाथि कुटपिट गरिएको थियो । उक्त घटनाको भोलिपल्ट फेब्रअरी १७ तारिखको बिहान विश्वविद्यालयले एक नोटिस जारी गर्दै तत्काल विश्वविद्यालय छोड्न भन्यो । त्यसपपछि यो विषय झन् पेचिलो बन्दै गयो ।

चौतर्फी विरोध र दबाबपछि सोही दिन साँझ विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई फिर्ता बोलायो । तर, त्यो समय गरिएको अमानवीय व्यवहारपछि विद्यार्थीमा देखिएका त्रास कम हुन सकेन र तत्काल जाने मनसायमा छैनन् ।

विश्वविद्यालयको संस्थापक अच्यूत सामन्तले नै माफी मागेर विद्यार्थीहरूलाई फर्केर पठनपाठनमा लाग्न अनुरोध गरे ।

केआईआईटीका अतिरिक्त रजिस्ट्रार डाक्टर श्यामसुन्दर बेहुराले एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा विश्वविद्यालयको तर्फबाट गल्ती भएको स्वीकार गरेका छन् । घटनापछि विश्वविद्यालयले अपनाउनुपर्ने प्रोटोकलहरू अनुसार नै प्रहरीलाई खबर गरेको दाबी गरे ।

घटनापछि प्रहरीले श्रीवास्तवालाई एयरपोर्टबाट नियन्त्रणमा लिएको थियो । विदेश उड्न लागेका बेला आफूहरूले नै ट्र्याक गरेर प्रहरीलाई खबर गरेको बेहुराको दाबी छ ।

घटनापछि अनुसन्धानमा आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै विद्यार्थीहरूको मागअनुसार आफूहरूले सहयोग गरेको दाबी गरे । आन्दोलनमा रहेका विद्यार्थीहरूले मुख्य सडक बन्द गरेर आन्दोलनमा उत्रिएपछि प्रहरीले नै अवरोध हटाउन बल प्रयोग गरेको उनको भनाइ छ ।

आउने जाने क्रममा भएको सम्पूर्ण खर्च विश्वविद्यालयले नै बेहोर्ने उनको भनाइ छ । विद्यार्थीको सुरक्षा विश्वविद्यालयको उच्च प्राथमिकता राखिएकाले ढुक्क भएर आउनसमेत उनले अनुरोध गरेका छन् । विद्यार्थी नियमित कक्षा कोठामा आउने र पठनपाठनमा सहभागी भइरहेका उनले बताए ।

अहिले पनि ४० हजार विद्यार्थी अध्ययनरत रहेको बताउँदै प्रकृति मृत्यु प्रकरणले राम्रो पाठ सिकाएको उनले बताएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१३ फाल्गुन २०८१, मंगलवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१३ फाल्गुन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१३ फाल्गुन २०८१, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१३ फाल्गुन २०८१, मंगलवार
Next Post

नेपालमा डलर खर्च गरेर धर्मनिरपेक्षता लादियो: धवलशमशेर राणा

उपेन्द्रको अडानले नैतिक संकटमा प्रधानमन्त्री, अलमलमा अध्यादेश, निशानामा नेकपा एस


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh