• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रतिनिधिसभा बैठक एकसाता स्थगित, अध्यादेशको सकस कायमै


१३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक एकसाताका लागि स्थगित भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले अर्को बैठक यही २१ फागुन दिउँसो १ बजे बस्ने जानकारी गराए ।

संघीय संसद्‍ले संसदीय क्यालेन्डर बनाउँदै आएको छ । प्रतिनिधिसभाले १५/१५ दिनको पाक्षिक क्यालेन्डर बनाउँछ । क्यालेन्डर अनुसार १५ फागुनसम्मको तयार भएको थियो । जसमा मंगलबारसम्म बैठक बस्ने तय भएको थियो । १६ फागुनदेखि ३० फागुनसम्मको क्यालेन्डर बन्न बाँकी छ ।

यसबीचमा एकसाताको समय राखेर अर्को बैठक राखिएको हो ।

नेताहरूका अनुसार २१ फागुनमा पनि नियमित बैठक बस्ने गरी केही ढिलो राखिएको हो । अब बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गरिने पनि सत्तारुढ दलका नेताहरू बताउँछन् ।

सरकारले संसद् अधिवेशन बोलाउनु अगाडि विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।

ती अध्यादेश अधिवेशन सुरु भएको दिन गत १८ माघमा दुवै सदनमा पेस भइसकेको छ । अब दुवै सदनबाट स्वीकृत गराएर सरकारले प्रतिस्थापन विधेयक ल्याउनुपर्ने हुन्छ ।

तर, अध्यादेश संसद्‍बाट स्वीकृत गराउने सकस कायमै छ । यसकारण अध्यादेश संसद्‍मा अगाडि बढ्न सकेको छैन ।

खासगरी राष्ट्रिय सभामा रहेको संसदीय अंकगणितका कारण सरकारलाई अध्यादेश अगाडि बढाउन सकस परेको हो । राष्ट्रिय सभाको अर्को बैठक यही १८ फागुनका लागि बोलाइएको छ ।

अध्यादेश स्वीकृत गराएर सरकारले प्रतिस्थापन विधेयक ल्याएर पास गरेपछि अध्यादेशले संशोधन गरेका र नयाँ व्यवस्था गरेका कानुनी प्रावधानले निरन्तरता पाउँछन् । तर, यसका लागि सरकारलाई संसद् अधिवेशन सुरु भएपछि ६० दिन मात्रै समय हुन्छ ।

संसद् अधिवेशन गत १८ माघदेखि सुरु भएको थियो । अब प्रतिनिधिसभाको अर्को बैठक २१ फागुनका लागि तय भएको छ ।

२१ फागुनमा नै प्रतिनिधिसभाले अध्यादेश स्वीकृत गरेको खण्डमा सरकारसँग प्रतिस्थापन विधेयक ल्याएर पास गर्ने समय २७ दिन बाँकी रहनेछ ।

२१ फागुनमा प्रतिनिधिसभाले अध्यादेश स्वीकृत गरेको खण्डमा त्यसको २७ दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पास गराएर ऐनमा रुपान्तरित गरिसक्नुपर्छ । अन्यथा, अध्यादेश गरेका व्यवस्थाहरू स्वतः निष्क्रिय हुनेछन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१३ फाल्गुन २०८१, मंगलवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१३ फाल्गुन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१३ फाल्गुन २०८१, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१३ फाल्गुन २०८१, मंगलवार
Next Post

किट विश्वविद्यालय फर्किन मानेनन् नेपाली विद्यार्थी, विकल्प खोज्दै सरकार

नेपालमा डलर खर्च गरेर धर्मनिरपेक्षता लादियो: धवलशमशेर राणा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh