• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सुत्केरी श्रीमतीसँग शहीद शुक्रराज र गंगालालको वियोगान्त विछोड


शहीद शुक्रराज जोशी शास्त्रीको विवाह दुई पटक भयो। पहिलो विवाह पार्वतीदेवी गोर्खालीसँग भएको थियो। उनी खड्गप्रसाद गोर्खालीकी छोरी हुन्। वि.सं १९७९–८० तिर उनको अल्पायुमै मृत्यु भयो। मृत्युको कारण अस्पष्ट छ।

प्रा.डा. राजेश गौतमका अनुसार शुक्रराजको दोस्रो विवाह वि.सं. १९९४ मंसिर ५ गते मेनका माथेमासँग भएको थियो। उनी शहीद धर्मभक्त माथेमाकी बहिनी हुन्। विवाह भएको केही समयपछि नै मेनका गर्भवती भएकी थिइन्।

शुक्रराज शास्त्रीकी बहिनी चन्द्रकलादेवी मल्लका अनुसार वि.सं. १९९५ मंसिर १३ गते मेनका सुत्केरी भइन्। शुक्रराज शास्त्री पक्राउ परेको ४ दिन मात्रै भएको थियो। छोरी जन्मिएकी थिइन् तर ७ दिनमै छोरीको मृत्यु भयो। संक्रमणको समस्याले सुत्केरी भएको एक महिनाभित्रै मेनकाको पनि मृत्यु भयो।

मृत्यु हुनुअघि मेनकाले जेलमा रहेका श्रीमानलाई भेट्न निकै प्रयत्न गरेकी थिइन्। भेट्न पाऊँ भनेर राणा शाहीसमक्ष बिन्ती गरेकी थिइन्। तर उनीहरूले भेट्ने अनुमति दिएनन्।

बिहे भएको एक वर्षमै श्रीमान्–श्रीमतीको दुःखद् विछोड भयो। सुत्केरी श्रीमती र भर्खर जन्मिएकी छोरीको मुख समेत शुक्रराजले देख्न पाएनन्।पक्राउ पर्नुअघि घरमै नजरबन्दमा रहेका बेला शुक्रराजले, ‘म बिरामी छु, घरमा खाने केही छैन म कलकत्ता गएर औषधि उपचार गरेर फर्कन्छु’ भनी अनुमति मागेका थिए। तर राणाहरूले अनुमति दिएनन्।

पक्राउ परेको दुई वर्षभन्दा बढी समयपछि १९९७ साल माघ १० गते उनलाई टेकुमा खरीको रूखमा झुन्ड्याएर मृत्युदण्ड दिइयो।

अर्का शहीद गंगालालको पनि सुत्केरी श्रीमतीसँग वियोगान्त विछोड भयो। गंगालाल पत्नी हसिना भन्दा हुरुक्कै हुन्थे। हसिना उनका लागि प्रिय नाम थियो। गंगालाल भर्खर २२ वर्ष भएका थिए। हसिना १९ वर्षकी थिइन्।

त्यस समय गंगालालभित्र निरंकुशता अन्त्य गर्ने र समाज परिवर्तन गर्ने हुटहुटी थियो। पढाइ, पारिवारिक जिम्मेवारी र परिवर्तनका लागि संघर्ष सँगसँगै अगाडि बढाइरहेका थिए।

उनी त्रिचन्द्र कलेजमा विज्ञान पढ्ने विद्यार्थी थिए। गंगालाल प्रजापरिषद्का सदस्य भइसकेका थिए। उनले प्रजापरिषद्का नेता हरिकृष्ण श्रेष्ठकी मामाकी छोरी हसिनासँग बिहे गरेका थिए।

गंगालालकी आमाको निधन भएको एक वर्ष पनि पुगेको थिएन। बरखीमै थिए, उनी राणा विरोधी अभियानमा संलग्न भए।

डा.राजेश गौतमका अनुसार वि.सं. १९९५ मंसिर महिनामा उनले स्वतन्त्रताको पक्षमा शुक्रराज शात्रीसँगै इन्द्रचोक र असनमा भाषण गरेका थिए।

वि.सं. १९९७ कात्तिक २ गते गंगालाल पक्राउ परे। सोही वर्ष माघ ७ गते उनलाई मृत्युदण्ड दिने फैसला सुनाइयो। त्यो समय उनकी श्रीमती हसिना सुत्केरी हुने प्रतीक्षामा थिइन्। उनी श्रीमान्‌लाई भेट्न सेन्ट्रल जेलसम्म जानसक्ने अवस्थामा थिइनन्। उनले घरमै बसेर श्रीमान्‌को रिहाइका लागि राणा सरकारसँग माफी मागिन्।

उनका जेठान तथा प्रजापरिषद्का नेता हरिकृष्ण श्रेष्ठका अनुसार मृत्युदण्ड दिने फैसला सुनाएपछि उनले भनेका थिए– दाइ अब म जाँदैछु हसिनाको ख्याल राखिदिनुहोला।

गंगालाललाई मृत्युदण्ड दिनुभन्दा दुई दिनअघि वि.सं. १९९७ माघ १३ गते हसिना सुत्केरी भएकी थिइन्। जेलमा रहेका गंगालालले छोरा जन्मिएको खबर पाए। छोराको नाम शशि राख्नु भनी उनले सुझाव दिए। उनकै इच्छा अनुसार छोराको नाम शशिलाल राखियो।

तत्कालीन प्रहरी प्रमुख नरशमशेरले आफ्नो आत्मकथामा उल्लेख गरेअनुसार माघ १५ गते राति १० बजेतिर गंगालाललाई दशरथ चन्द ठकुरीसँगै लरी (ट्रक) मा हालेर प्याफलको बाटो हुँदै शोभा भगवती लगिएको थियो।

गंगालालको घर बाटोमै पर्थ्यो। घरनजिकै पुगेपछि उनले लरीबाटै ‘हसिना–हसिना’ भनेर बोलाएका थिए। जीवनको अन्तिम घडीमा यसरी आफ्नी प्रिय श्रीमतीप्रतिको प्रेमभाव गंगालालले प्रकट गरे।

शोभा भगवतीमा गंगालाललाई घुँडादेखि कोखासम्म ५ ठाउँमा गोली हानिएको थियो। सुरुवाल रगतले लछप्पै भिजेको थियो।

गंगालालका फुपूका छोरा चन्द्रमान श्रेष्ठका अनुसार उनका दुवै आँखा बन्द थिए। उनलाई अन्तिम गोली हान्दा रातको २ बजेको थियो। दशरथ र गंगालाल दुवैको शव सर्वसाधारणलाई देखाउन दिनभर शोभा भगवतीमै राखियो।

सुत्केरी भएको दोस्रो दिनमै पति वियोगको पीडा सहन गर्न विवश भएकी हसिना ९३ वर्षको उमेरसम्म बाँचिन्। उनी आम नेपाली महिलाहरूका लागि प्रेरक र ऐतिहासिक पात्र बनिन्।

डा. गौतम जनस्वास्थ्यविद् हुन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

११ फाल्गुन २०८१, आईतवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

११ फाल्गुन २०८१, आईतवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

११ फाल्गुन २०८१, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

११ फाल्गुन २०८१, आईतवार
Next Post

राजधानीबाट अर्का बंगलादेशी नागरिक पनि पक्राउ, ५ थान नेपाली पासपोर्ट बरामद

काम खोज्दै दिनहुँ विदेशिन्छन् २२ सय बढी युवा

काम खोज्दै दिनहुँ विदेशिन्छन् २२ सय बढी युवा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh