• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

निष्क्रिय बन्यो ८ दलीय मधेसी मोर्चा, गतिविधि शून्य


निष्क्रिय बन्यो ८ दलीय मधेसी मोर्चा, गतिविधि शून्य

 

काठमाडौँ  । मधेसकेन्द्रित दलहरूले गठन गरेको आठदलीय मोर्चा पूर्णता नपाउँदै निष्क्रिय भएको छ । सरकारले ल्याएको अध्यादेशपछि मधेसी मोर्चामा रहेका दलहरू आ-आफ्नो ढंगले त्यसमा संलग्न भएपछि मोर्चा निष्क्रिय भएको हो ।

गत माघ २१ गते रेशम चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा यसको बैठक बसेको थियो । त्यो बैठकपछि हालसम्म कुनै बैठक बसेको छैन । मोर्चा गठन गर्न संयोजनको भूमिका खेलेका जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले मोर्चाको प्रक्रिया सकारात्मक रहेको बताएका छन् ।

उक्त पार्टीका उपाध्यक्ष डा.शिवजी यादवले मोर्चाका नेताहरू आआफ्नो कार्यमा व्यस्त भएका यसको बैठक नबसेको बताए । ‘हामी चाँडै बैठक बसेर अगाडि बढ्छौं,’ उनले भने ।

मोर्चाको विभिन्न बैठकले दुईटा कार्यदल पनि गठन गरेको थियो । आठ वटै दलबाट एक/एक जना राखेर एउटा कार्यदल गठन गरिएको सो कार्यदलले मोर्चा गठन तथा समन्वयका लागि काम गर्ने बताइएको छ । त्यस्तै मोर्चाको आचारसंहिता तथा मापदण्ड बनाउन तीन सदस्य कार्यदल गठन गरेको थियो । तर, अहिले ती दुईटै कार्यदलले भने काम गरेका छैनन् ।

कार्यदलका सदस्य एवं जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनीष सुमनले अहिले प्रक्रियामै रहेकाले मोर्चा नबनेको र गतिविधि नदेखिएको बताए । मोर्चा बनाउन दुईटा कार्यदल गठन गरिएको छ, सो कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको उनले दाबी गरे । ‘केही दिनमै संयुक्त बैठक बसेर एउटा निर्णयमा पुग्छौँ,’ उनले भने ।

सरकारले ल्याएको अध्यादेशको विषयमा भने सबै दलले आफ्ना धारणा बाहिर ल्याएकाले सामूहिक धारणा नआएको उनको भनाइ थियो ।

त्रिपाठीका अनुसार अध्यादेशको व्यवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मोर्चाको महत्वपूर्ण अंग जसपा नेपाल र लोसपा नेपालले देशव्यापी सकारात्मक सन्देश प्रवाह गरेको छ
उनले आज एक विज्ञप्ति जारी गरी सार्वजनिक जग्गा, वनक्षेत्र, बुट्यान, हाट, हाटघाट, गौचर, बजार, राष्ट्रिय निकुञ्ज वा आरक्ष, मध्यवर्ती क्षेत्रको जग्गा, चुरे क्षेत्रको संरक्षण गर्न जसपा नेपाल र लोसपाको निर्णयले महत्वपूर्ण भूमिका खेल्ने निश्चित रहेको उल्लेख गरेका छन् ।

आठ दलीय मोर्चा कुनै पार्टी विशेषविरुद्ध नभई सदैव देश र जनताको पक्षमा रहने विश्वास व्यक्त गर्दै उनले शिशु अवस्थामा रहेको सो मोर्चा आगामी दिनमा थप एकताबद्ध भई थप प्रभावशाली हुने दाबी गरेका छन् ।

उनले मोर्चाको प्रक्रियाप्रति जनता प्रगतिशील पार्टी नेपाल सकारात्मक रहेको पनि बताएका छन् ।

मधेसको अधिकार तथा पहिचानका लागि साझा एजेन्डामा संघर्ष गर्न उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, वृषेशचन्द्र लालको तराई मधेस लोकतान्त्रिक पार्टी र ह्रदयश त्रिपाठीको जनता प्रगतिशित पार्टी नेपाल सम्मिलित मोर्चा बनेको हो ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

६ फाल्गुन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

६ फाल्गुन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

६ फाल्गुन २०८१, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

६ फाल्गुन २०८१, मंगलवार
Next Post

अध्यादेशहरूको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

नेपालमा एमसीसी परियोजना स्थगित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh