• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मेयरका छोराबाट कुटिएपछि विदेह नगरका अधिकृतले प्रधानमन्त्रीसँग मागे गुहार


३० माघ, काठमाडौं। धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास र उनका छोरा रामभजन दासबाटै असुरक्षित भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत ई.दिपेन्द्र कुमार साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएर जीउ ज्यानको सुरक्षा गर्न माग गरेका छन्।

मंगलबार विदेहनगरका मेयरका छोराले प्रशासकीय अधिकृत कुटपिट र उजुरी दिए गोली हान्ने मेयरको धम्कीपछि प्रमुख प्रशासकीय अधिकृत ई. साहले केपी शर्मा ओलीलाई पत्र पठाएर सुरक्षाको माग गरेका हुन्।

उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनेका छन्, ‘देशको न्‍याय प्रणालीबाट मैले राष्ट्र सेवा गर्न आवश्‍यक वातावरण पाउँछु भन्‍ने विश्वासका साथ यस घटनामा संलग्न मेयर दास र उनका छोरा रामभजन दासलाई आवश्यक कारबाही गरेर अगामी दिनहरुमा यस्ता घटना नदोहोरिनका लागि न्यायोचित कदम चालेर म एउटा सामान्य नेपाल सरकारको कर्मचारीलाई न्याय दिलाई पाउँ भनेर विनम्र अनुराोध गरी सरकार समक्ष यो निवेदन पेश गर्दछु।’

शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका शिक्षिकालाई हाजिर गराएको निहुँमा अधिकृत साहलाई मेयरका छोरा रामभजन दासले कुटपिट गरेका थिए । लगत्तै प्रशासनमा उजुरी दिँदा पनि उल्टै प्रहरीकै उपस्थितिमा मेयर दासले गोली हान्‍ने धम्की दिएका थिए । यसपछि अधिकृत साहले आफू कार्यरत पुर्व कार्यालय राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी दिए, अनि प्रधानमन्त्री कार्यालयमा पनि न्याय माग्दै पत्राचार गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई पठाएको पत्रमा आफूले २५ दिन कुनैपनि दिन बिदा नबसी छुट्टीको दिन समेत बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काम गरेको व्यहोरा २५ दिनमा गरेको २४ कामको विस्तृत विवरण पनि बुँदागत रुपमा राखेका छन् ।

साथै उनले गरिब रेखामुनी एवम् एचडीआईमा तल परेको विदेह नगरपालिकाको जनतालाई सेवा गर्ने चाहजा रहेको पनि खुलाएका छन् । ‘गरिब रेखामुनी एवम् एचडीआईमा तल परेको विदेह नगरपालिकाको जनतालाई सेवा गर्ने अनुकुल वातावरणमा काम गर्न पाउने मेरो चाहना छ’, उनले लेखेका छन्, ‘यस्तो परिस्थितिमा असक्षम कर्मचारी कहलिएर २ वर्षभन्दा अगावै १ महिनामै म सरुवा हुन चाहन्न ।’

तर, मेयरले कर्मचारी लगाएर दर्ता चलानी, हाजिरी आफ्नो मातहतमा लिई भ्रष्टाचार लुकाउन सक्ने सम्भावना रहेकाले तत्काल स्थलगत अनुगमन गरी छानबिन गर्न पनि माग गरेका छन्।

विदेहका मेयर बेचन दास नेकपा एमालेबाट निर्वाचित हुन् । यसअघि उनी वि.सं. २०७४ सालमा माओवादी केन्द्रबाट मेयर निर्वाचित भएका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

३० माघ २०८१, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

३० माघ २०८१, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

३० माघ २०८१, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

३० माघ २०८१, बुधबार
Next Post
लोसपाको सदस्यता वितरण अभियान सुरु

भूमिसम्बन्धी अध्यादेशलाई लोसपा नेपालले समर्थन नगर्ने

बालिकामाथि शोषण गर्ने एमाले सांसदलाई उन्मुक्ति दिने निर्णयमाथि आयोगको अनुसन्धान

बालिकामाथि शोषण गर्ने एमाले सांसदलाई उन्मुक्ति दिने निर्णयमाथि आयोगको अनुसन्धान


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh