• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रत्यक्षको मतपत्र समानुपातिकको पेटिकामा भेटिँदैमा दोहोर्‍याएर गन्न पर्दैन’


एमालेलाई दानको जग्गा हक हस्तान्तरण नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

२३ माघ, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनका क्रममा प्रत्यक्षतर्फको मत झुक्किएर समानुपातिक मतपेटिकामा भेटिँदैमा दोहोर्‍याएर मतगणना गर्ने अवस्था नहुने भनी व्याख्या गरेको छ ।

पर्सा–३ को मतगणना सम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले मतगणना चलुन्जेल मौन बस्ने तर आफू पराजित भइसकेपछि फेरि मतगणनाको माग गर्दैमा त्यसको सम्बोधन हुन नसक्ने भनी व्याख्या गरेको हो ।

पर्सा–३ मा एमालेका उम्मेद्‌वार राजकुमार गुप्ता २४ हजार २६० मतसहित निर्वाचित भएका थिए । २४ हजार १०९ मत पाएर पराजित भएका कांग्रेस उम्मेद्‌वार सुरेन्द्रप्रसाद चौधरीले दोहोर्‍याएर मतगणनाको माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।

प्रत्यक्षतर्फको मतगणना सकिँदासम्म आफू १५१ मतले पराजित भएको तर समानुपातिक प्रणालीको मतगणना हुँदा मतान्तर थप बढेर १६७ भएको भन्दै उनले मतगणनाको निष्पक्षतामाथि प्रश्न उठाएका थिए ।

मतगणना गर्दा आफ्नो सदर मतलाई बदर र गुप्ताको बदर मतलाई सदर गरेको र निर्वाचन अधिकृतलाई उजुरी गर्दा पनि आफ्नो कुरा नसुनेर एकपक्षीय रुपमा मतगणना गरेको भन्दै उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

उनले रिट निवेदनमा खसेको मतको संख्या र गणना भएको मतको संख्या फरक परेको दावी गरेका थिए । अर्को, समानुपातिक मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटिएको थियो । मतगणना निष्पक्ष नभएको भन्दै उनले परिणाम बदर गरी दोहोर्‍याएर मतगणना गर्न माग गरेका थिए ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र डा.मनोजकुमार शर्माको इजलासले ५ असार २०८१ मा चौधरीको माग पूरा हुन नसक्ने व्याख्या गरेको हो ।

८ मंसिर, २०७९ मा निर्वाचन नतिजा सार्वजनिक भएपछि सुरेन्द्रप्रसाद चौधरीले दोहोर्‍याई मतगणना गराउन निर्वाचन अधिकृतलाई उजुरी नदिएको भन्दै सर्वोच्च अदालतले आफू पराजित हुने देखेपछि मात्रै कानुनी उपचार खोजेको भनी व्याख्या गरेको हो ।

दोहोर्‍याएर मतगणनाको माग गर्न केही स्पष्ट व्यहोरा कानूनले माग गरेको औंल्याउदै सर्वोच्चले मतगणना सकिनुअघि वा मतपत्र सिलबन्दी हुनअघि नै निवेदन दिएको भए उजुरी माग जायज देखिनसक्ने औंल्याएको हो ।

‘आफू अनुकुल नतिजा आएसम्म पद्धति स्वीकार गरी बस्ने तर अन्तिम समयमा आफू प्रतिकूल नतिजा आउनेदेखी पहिले स्वीकार गरेको गणना पद्धतिलाई चुनौती दिएको देखियो,’ संवैधानिक इजलासले सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘दोहोर्‍याई मतगणना गर्नु पर्नेसम्मको अवस्थाको विद्यमानता रहेको देखिएन ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२३ माघ २०८१, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२३ माघ २०८१, बुधबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२३ माघ २०८१, बुधबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२३ माघ २०८१, बुधबार
Next Post
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

रविको थुनछेक बहस सकिएन, न्यायिक हिरासतमा पठाइयो

नेपालमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म दलालहरूले बनाउँछन् : अध्यक्ष यादव

सत्तामा एकाएक बढ्यो जसपा नेपालको ‘बार्गेनिङ पावर’


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh