• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशकेन्द्रित ६ दलको बैठक : गठबन्धनअघि आआफ्ना दलमा गम्भीर छलफल चलाउने


१ माघ, काठमाडौं । संविधान संशोधनको चर्चा चल्न थालेपछि मधेशकेन्द्रित दलहरू पुनः एकठाउँमा उभिने प्रयासमा जुटेका छन् । मधेशका मुद्दामा साझा धारणासहित मोर्चा बनाउने मधेशकेन्द्रित दलहरूको तयारी छ ।

त्यही तयारीस्वरुप मंगलबार विभिन्न ६ दलका नेताहरूको बैठक बस्यो । मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गर्ने एजेन्डासहित बसेको बैठकले ठोस निर्णय भने लिएन । तर, गठबन्धन घोषणा गर्नुअघि आआफ्ना दलभित्र गम्भीर छलफल चलाउने समझदारीमा पुगेको नेताहरूले जानकारी दिए ।

आआफ्ना दलमा थप छलफलको आवश्यकता महसुस गरेका नेताहरूले भने, ‘लामो समयदेखिको संवादहीनताको अवस्था तोडिएको छ । अब आआफ्ना दलभित्र गम्भीर छलफल गरेर अर्को बैठक बस्नेछौँ ।’

जनप्रगतिशील पार्टीका नेता शिवजी यादवले मोर्चा निर्माणलगायतका विषयमा ठोस निर्णय गर्नुअघि आ–आफ्नो दलमा छलफल गर्ने र टीओआर बनाउने समझदारी मंगलबारको बैठकले गरेको जानकारी दिए । ‘टीओआरका बारेमा सबै दलले होमवर्क गर्ने कुरा भएको छ । अर्को बैठकमा टीओरआरबारे छलफल हुन्छ,’ यादवले भने ।

साझा धारणा तय गर्नका लागि पहिले आ–आफ्नो दलमा छलफलको आवश्यकता महसुस भएको उनले बताए । यादवका अनुसार साझा धारणा तय गरिसकेपछि सबै दलका प्रमुख नेताको उपस्थितमा गठबन्धन घोषणा गर्ने तयारी छ ।

समान धारणा भएका दलहरू एकै ठाउँमा आउनुपर्ने विचार बैठकमा प्रस्तुत भएको जनमतमा प्रवक्ता शरदसिंह यादवले बताए । बैठकमा नागरिक उन्मुक्ति पार्टीलाई पनि आमन्त्रण गर्नुपर्ने विषयमा छलफल भएको जनमतका प्रवक्ता यादवले जानकारी दिए । संविधान संशोधनको चर्चा र संसद् छलेर सरकारले ल्याइरहेको अध्यादेशलगायतका विषयमा सामान्य छलफल भएको यादवले जानकारी दिए ।

राष्ट्रिय मुक्ति पार्टी नेता केशव झाले संवादहीनताको अवस्थालाई अन्त्य गर्नुपर्नेमा सबै दल सहमत देखिएको प्रतिक्रिया दिए । अब बस्ने बैठकले सहकार्य गर्नका लागि आवश्यक अवधारणा तयार गर्ने झाले बताए ।

‘चाँडै एकता र झन् चाँडै विभाजन मधेशकेन्द्रित दलहरूको समस्या बनिरहेको छ । अब त्यसलाई तोड्दै पहिले मोर्चा बनाउने र गम्भीर वैचारिक छलफलपछि मात्र मिल्न सक्नेहरू एकतामा जाने स्थिति बनाउनुपर्छ भनेर पनि आज कुराकानी भयो,’ झाले अनलाइनखबरसँग भने ।

बैठकको संयोजन हृदयश त्रिपाठी नेतृत्वको जनप्रगतिशील पार्टीले गरेको थियो । त्यसोतः त्रिपाठी केही महिनायता मधेशकेन्द्रित दलहरूलाई एकठाउँमा ल्याउन प्रयासरत छन् । यसक्रममा उनले विभिन्न दलका विभिन्न तहका नेताहरूसँग पटकपटक संवाद गरिसकेका छन् ।

सोही प्रयासस्वरूपमा मधेशकेन्द्रित दलहरूले कार्यगत एकताका लागि आआफ्ना कार्यदल बनाएर छलफल चलाइरहेका छन् । मंगलबार कार्यदलमा रहेका नेताहरूबीच छलफल भएको हो । बैठकमा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, लमलोपाका नेताहरू सहभागी भएका थिए ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने बैठकमा सहभागी भएन । बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सहभागी थिए ।

मधेशकेन्द्रीत दलहरूबीच टुटेको संवादको कडी जोड्न जसपाले रेणु यादव र इस्तियाक राई, जसपा नेपालले राजकिशोर यादव, लोसपाले जीतेन्द्र सोनल र सुरेन्द्र झा, जनमत पार्टीले अब्दुल खान, शरद यादव, जनप्रगतिशील पार्टीले शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीले केशव झा र तमलोपाले वृषेशचन्द लाललाई जिम्मेवारी दिएको छ ।

मधेशकेन्द्रित मुद्दाहरूमा एकजुट भई राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले कार्यदलले काम गरिरहेको दलहरूले जनाएका छन् । मंगलबारको बैठकमा जसपा नेपाल बैठकमा सहभागी नभएकोबारेमा भने नेताहरूले अनभिज्ञता राखे ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते
अन्तर्राष्ट्रिय

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

१ माघ २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

१ माघ २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

१ माघ २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१ माघ २०८१, मंगलवार
Next Post
माओवादी केन्द्रले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक

माओवादी केन्द्रले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा पूर्वसांसद कार्की पनि निलम्बनमा 


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh