• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मोर्चाका लागि वार्ता समिति गठन तर अध्यक्षहरूलाई नै छैन रुचि


मोर्चाका लागि वार्ता समिति गठन तर अध्यक्षहरूलाई नै छैन रुचि
 मधेसवादी दलहरू सहकार्य तथा एकताका लागि अन्योलमा देखिएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गरी साना दलहरूलाई सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न मधेस केन्द्रित दलहरू एकीकृत हुने अभियान थालेका थिए । तर दलका पार्टी अध्यक्षहरूले नै चासो नलिएपछि कुनै प्रक्रिया अघि बढ्न नसकेको हो ।

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयश त्रिपाठीले पुस ८ गते नै आफ्ना पार्टीका उपाध्यक्ष डा.शिवजी यादवको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेका थिए । अध्यक्ष त्रिपाठीसहित सो वार्ता समितिले एक चरण हरेक मधेसवादी दलका अध्यक्षसँग भेटघाट गरी सहकार्य वा मोर्चाबन्दीका लागि आग्रह गरेका थिए ।

उनको आग्रहमा सबैले सकारात्मक जवाफ दिएका थिए । त्रिपाठीले नै पटक–पटक ताकेता गरेपछि दलहरू आफ्नो पार्टीबाट वार्ता समिति पनि बनाए ।

सुरुमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । त्यसपछि पुस २१ गते महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा वार्ता समिति गर्‍यो ।

त्यसको भोलिपल्ट अर्थात् पुस २२ डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि पार्टीका उपाध्यक्ष अब्दुल खानको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले असोजमा बसेको केन्द्रीय समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । समिति गठन गरेर राखे पनि मोर्चा वा एकताका लागि कुनै पहल भने गरिएको थिएन ।

यता, वृषेशचन्द्र लाल अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टीले २०७९ साउनमा पार्टीका वरिष्ठ नेता डा.विजय सिंहको नेतृत्वमा गठन गरेको वार्ता समितिलाई नै निरन्तरता दिएका छन् । मधेसवादी दलहरूको बिचमा हुने सहकार्य तथा एकताका लागि त्यही वार्ता समितिले छलफल गर्ने अध्यक्ष लालले बताएका छन् ।

तर ती वार्ता समितिको बिचमा हालसम्म एउटा पनि वार्ता भएको छैन । सबै दलका शीर्ष नेता वा वार्ता समितिको एउटा बैठक बसाउन अध्यक्ष त्रिपाठीले पटक–पटक प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन । जनता प्रगतिशील पार्टीका उपाध्यक्ष एवं वार्ता समितिका संयोजक डा. शिवजी यादव भन्छन्, ‘एउटा बैठक बसाउने प्रयास भइरहेको छ, यो हप्ताभित्र बस्छ ।’

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले हालसम्म वार्ता समिति गठन गरेको छैन । उनीहरुले वार्ता समिति गठन गर्ने बित्तिकै एउटा संयुक्त बैठक बस्ने उनले बताए । बैठक बसेर कस्तो मोर्चा बनाउने, दलहरूको बिचमा कुन मोडेलमा सहकार्य गर्ने लगायतको विषयमा कुराकानी हुने उनले जानकारी दिए

मधेसवादी दलहरूले उपाध्यक्षहरूको नेतृत्वमा वार्ता समिति बनाए पनि अध्यक्षहरूले एकता वा सहकार्यका लागि खासै रुचि देखाएका छैनन् । जसपा नेपालका एक जना कार्यकारिणी सदस्यले भने, ‘जबसम्म अध्यक्षहरूले मोर्चा वा एकताका लागि रुचि देखाउँदैनन् तबसम्म यो सम्भव होला जस्तो लाग्दैन ।’

हाल जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी मात्र सक्रिय देखिन्छन् । उनले नेताहरूको घरघर गएर भेटेका छन् । यसका बाबजुद अन्य पार्टीका अध्यक्षहरू उनको पहलप्रति त्यति चासो लिइरहेका छैनन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव करिब एक महिनादेखि उपत्यका बाहिर छन् । त्यस्तै, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पनि काठमाडौँ–मधेस आउजाउमा नै व्यस्त छन् । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले हालसम्म वार्ता समिति नै गठन गरेका छैनन् । उनले पनि यस विषयमा पार्टीमा छलफल नै गरिरहेको बताएका छन् ।

दबाबमा जनमत पार्टीका अध्यक्ष सीके राउतले वार्ता समिति गठन गरे पनि उनले पनि मोर्चा र सहकार्यका लागि रुचि लिएका छैनन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले वार्ता समिति समेत गठन गरेका छैनन् । मधेसवादी दलहरूसँग मोर्चाबन्दी गर्नेमा उनले रुचि देखाएका छैनन् । उनी जनमत पार्टीसँग एकता गर्ने तयारीमा लागेका छन् ।

तर, लोसपा नेपालका महासचिव एवं वार्ता समितिका सदस्य मनिष मिश्रले दलहरूको बिचमा अनौपचारिक छलफलहरू भइरहेको दाबी गरे । उनले भने, ‘मधेस केन्द्रित दलहरू सहकार्य र मोर्चाबन्दीका लागि सकारात्मक भएकै कारण वार्ता समितिहरू गठन भएका हुन्, चाँडै नै दलहरूको बिचमा संवाद हुन्छ ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते
अन्तर्राष्ट्रिय

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

२८ पुष २०८१, आईतवार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

२८ पुष २०८१, आईतवार
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

२८ पुष २०८१, आईतवार
अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२८ पुष २०८१, आईतवार
Next Post

लोसपा महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गरिने

जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh