गोपाल झा
महोत्तरी ,कात्तिक, २४ गते
सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदहमा बर्षौदेखी लाग्दै आएको ऐतिहासिक ‘कमलदह मेलाको सम्पूणर् तयारी पुरा भएको छ ।
दशकौं देखि प्रत्येक वर्ष हरिबोधिनी एकादशी तिथि देखि तीन दिनसम्म लाग्दै आएको कमलदह मेलाका लागि आवश्यक सम्पूणर् तयारी पुरा भएको मेला समितिले जनाएको छ । यही कार्तिक २७ गते मङगलवार देखी २९ गते बिहीवार सम्म ३ दिन सम्म लाग्ने यस मेलामा बिभिन्न कार्यक्रमको आयोजना समेत गरीएको छ ।
मेला अबधिमा मनोरन्जनकोलागी कुस्ती , मैथली नाच कार्तिक २७ विशाल कलशशोभा यात्राको कार्यक्रम रहेको छ भने मेलाको उद्घाटन मिर्चैया नगरपालिकाका जगर प्रमुख श्रवन कुमार यादवले गर्नु हुँने सिरहा मिर्चैयाबाट सहकर्मी संजिप महतो जानकारी गराएका छन ।
मेलामा विगत झैँ यसपालि पनि भारतका अयोध्या,गोरखपुर ,वनारस तथा नेपालका नाम चलेका पहलवान प्रहलाद बाबा,पारस थापा र गोपाल थापाको कुस्ती, त्यस्तै मैथली नाचको आयोजना गरिने छ । मेलामा अत्यधिक भीड हुने भएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकाय,र स्थानीय स्वयंसेवक पनि खटिनेछन् ।
मेला समितिले यसपालि पनि मेलालाई विशेष बनाउने गरी स्टल, बाटोघाटो, खानेपानी झुला लगायत सबै व्यवस्थापन मिलाएको छ ।चुरेको फेदमा अवस्थित ‘कमलदह’ चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, शान्त वातावरण यसको विशेषता हुन् । झण्डै ४०-५० बिघा क्षेत्रफलमा फैलिएको यस दहमा स्नान तथा पूजापाठ गरे मनोकांक्षा पुरा हुने धार्मिक जनविश्वास रहिआएको छ ।









































































































