• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेपाल–भारत सीमा नाकामा भारतीय एसएसबीले चलायो गोलि


नेपाल–भारत सीमा नाकामा भारतीय एसएसबीले चलायो गोली

वीरगन्ज । वीरगन्ज रक्सौल नाकास्थित नेपाल–भारत सीमामा क्षेत्रमा मंगलबार गोलीको चलेको छ । भारतीय सीमामा खटिएका भारतीय सीमा सुरक्षा बल एसएसबी जवानले गोली चलाएको स्रोतले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको टोलीमध्येका एक अधिकारी अनुसार एसएसबीसँगको सोधपुछमा आफूहरूले गोली चलाएको स्वीकारेका छन् ।

उनका अनुसार सीमा क्षेत्रमा एक समूहसँग वादविवाद हुँदा आफूहरूले ‘सेल्फ डिफेन्स’ मा गोली चलाएको स्वीकारेका हुन् ।

अनुसन्धान गरिरहेका ती अधिकारीले भने, ‘भारतीय एसएसबीहरुले सीमामै हवाई फायर गरेको हामीसँग स्वीकारेका छन्, विवाद भएपछि बचाउका लागि आफ्नै भूभागमा हवाई फायर गरेका हौँ भनेका छन् ।’

तर मितेरी पुल नजिकैबाट एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शीहरू बताउँछन् । एक प्रत्यक्षदर्शीका अनुसार भारतीय एसएसबीले नेपाली भूमिमै छिरेर गोली चलाएका हुन । वीरगन्ज–रक्सौल नाकास्थितको मितेरी पुलको एरियाबाट नेपाली भू–भागमा प्रवेश गरेर एसएसबीले गोली चलाएको ती प्रत्यक्षदर्शी दाबी गर्छन् ।

भारतीय भूमिमा पर्ने अहिरवा टोलाबाट एक समूहलाई लखेट्दै आएका एसएसबीका एक जवानले गोली चलाएको जनाइएको छ ।

मंगलबार दिउँसो चलेको गोलीकाण्डबाट कुनै किसिमको मानवीय क्षति नभएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपाल–भारतको सीमा नजिकैबाट एउटा गोलीको खोका बरामद भएको छ । बरामद भएको गोलीको उक्त खोका इन्सास राइफलको रहेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

उनका अनुसार मितेरी पुल नजिकैबाट गोली बरामद त भएको छ  तर कसले र किन चलाएको भन्ने पुष्टि भएको छैन । घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको पर्सा प्रमुख कुमोध ढुंगेलले बताए ।

उनका अनुसार प्रहरीले अहिले विशेष टोली खटाएको छ । सो टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२९ आश्विन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२९ आश्विन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२९ आश्विन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

सिरहामा मतपेटिका संकलन सुरु, आजै रातिबाट मतगणना तयारी

२९ आश्विन २०८१, मंगलवार
Next Post

भारत हल्लाइरहेका लरेन्स बिश्नोई को हुन?

धम्कीका कारण एकै दिन पाँच विमान ‘इमर्जेन्सी ल्यान्डिङ’ गर्न बाध्य


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh