• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपा नेपालले यसै वर्ष आफ्नो भवन निर्माण थाल्ने


जसपा नेपालले यसै वर्ष आफ्नो भवन निर्माण थाल्ने

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले यसै वर्ष आफ्नो कार्यालय भवन निर्माणको कार्य सुरु गर्ने भएको छ

जसपा नेपालले भवनको नक्सा ललितपुर महानगरपालिकालाई पठाएको छ । त्यहाँबाट नक्सा पास भएर आएपछि भवन निर्माणको काम सुरु गरिने जसपा नेपालका आर्थिक विभाग प्रमुख बलराम महतोले बताए ।

उनले भने, ‘भवन निर्माणका लागि डिजाइनको काम सकिएको छ । नक्सा पासका लागि पालिकामा पठाएका छौँ । नक्सा पास भएर आएपछि तत्कालै काम सुरु हुन्छ ।’

ललितपुरको सातदोबाटोमा जसपा नेपालको नाममा डेढ रोपनी जग्गा छ । सोही जग्गामा करिब पाँच करोड रुपैयाँ लागतमा कार्यालय भवन निर्माण गर्ने तयारी भएको स्रोत बताउँछ ।

सुरुमा तीन तले भवन बनाइने, त्यसपछि अझै दुई तला थप्ने योजना रहेको अर्थ विभाग प्रमुख महतोले जानकारी दिए । उनले भने, ‘लक्ष्य त पाँच तले भवन बनाउने हो तर अहिलेलाई तीन तलाका लागि नक्सा बनाएको छ । पछि दुई तला थप्नेछौँ ।

भवन निर्माणका लागि कति बजेट लाग्छ भन्नेबारे महतोले खुलाउन चाहेनन् । उनले भने, ‘काम सुरु नगरी कसैले चन्दा सहयोग गर्दैनन् । नक्सा पास गरेर आएपछि तत्कालै आफ्नो साधन स्रोतबाट भवन निर्माणको काम सुरु गर्छौं । काम सुरु भएपछि मात्र अरुलाई चन्दा र सहयोगका लागि आह्वान गर्छौं ।

हालसम्म कहीँ कतैबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको महतोले बताए । उनले लामो समयदेखि भवन निर्माण गर्ने चर्चा चले पनि बजेट अभावकै कारण काम अघि बढ्न नसकेको खुलाए । ‘तर अब काम सुरु हुन्छ । जति बजेट हुन्छ, त्यही अनुसार काम गर्दै जान्छौँ ।’

नक्सा बनाएर पालिकासम्म पठाउन ११–१२ लाख रुपैयाँ खर्च भइसकेको महतोले बताए ।

२०७६ मा बसेको पार्टीको बैठकले आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको थियो । त्यतिबेला हरेक प्रदेशलाई आर्थिक सङ्कलनका लागि सर्कुलर गरिएको थियो ।

जसपा नेपालका एक जना कार्यकारिणी सदस्यका अनुसार कोशी प्रदेशले ५० लाख, मधेस प्रदेशले दुई करोड, बागमती प्रदेशले २५ लाख, गण्डकी प्रदेशले २५ लाख, लुम्बिनी प्रदेशले ५० लाख, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले १०÷१० लाख आर्थिक सङ्कलन गर्नुपर्ने निर्देशन दिइएको थियो ।

गैरभौगोलिक प्रदेशले २५ लाख र प्रवास कमिटीले एक करोड सङ्कलन गर्ने भनिएको थियो । त्यस्तै, भवन निर्माणका लागि प्रत्येक केन्द्रीय सदस्यले पाँच हजार, संघीय परिषद् सदस्यले दुई हजार र साधारण सदस्यले पाँच सय रुपैयाँ बुझाउनुपर्ने भनिएको थियो ।

त्यसमध्ये अधिकांशले रकम सङ्कलन नै नगरेको पार्टी स्रोतले जनाएको छ । सोही समय कोरोना महामारी सुरु भएपछि कार्यालय भवन बनाउने योजना थन्किएको थियो । पार्टीको महाधिवेशनपछि आफ्नै भवन निर्माणका लागि जसपा नेपालले फेरि सक्रियता बढाएको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहामा मतपेटिका संकलन सुरु, आजै रातिबाट मतगणना तयारी

२९ आश्विन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

भोलि विहान सर्वदलीय बैठकपछि मात्रै सर्लाहीमा मतगणना सुरु हुने’

२९ आश्विन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

२९ आश्विन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

२९ आश्विन २०८१, मंगलवार
Next Post

पार्टी कार्यालय बनाउन प्रभु साहले मागे मीनबहादुरसँग जग्गा

चर्को आलोचनाबिच दानको जग्गामा पार्टी कार्यालय बनाएरै छाड्ने एमाले अडान


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh