• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेस सरकारबाट ४ दलका ६ मन्त्री बर्खास्त


 

मधेस सरकारबाट ४ दलका ६ मन्त्री बर्खास्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री शतिस सिंहले चार दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले एमाले र जनतमबाहेकका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री सिंहले आइबार मध्यान्ह माओवादीका २, एकीकृत समाजवादीका २ र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।

मुख्यमन्त्री सिंहले रातोपाटीसँग कुरा गर्दै भने, ‘प्रदेश प्रमुख सुमित्रा भण्डारीज्यूलाई मन्त्रिपरिषद् पुनर्गठन गरेको पत्र बुझाइसकेको छु, ४ दलका ६ जना मन्त्रीलाई बर्खास्त गरिएको छ । अब केही बेरमा प्रदेश प्रमुखको कार्यालयबाट त्यो पत्र सार्वजनिक हुनेछ ।

केन्द्रमा नयाँ समीकरण बनेपछि उक्त समीकरण अनुसार प्रदेशबाट माओवादी, एकीकृत समाजवादी र २ साना दलका मन्त्रीहरूलाई मुख्यमन्त्री सिंहले हटाएका हुन् ।

माओवादीका अर्थमन्त्री भरत साह, उद्योग मन्त्री युवराज भट्टराई, र एकीकृत समाजवादीका भूमि व्यवस्था मन्त्री गोविन्द न्यौपाने तथा ऊर्जा मन्त्री बेची लुङ्गेली मुख्यमन्त्री सिंहले हटाएका हुन् । यसैगरी मुख्यमन्त्री सिंहले नागरिक उन्मुक्ति पार्टीका श्रम मन्त्री उर्मिला सिंह र नेपाल संघीय समाजवादीका गृह तथा सञ्चार मन्त्री विमला अन्सारीलाई आज बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री सिंहले बर्खास्त गरेका मन्त्रालयहरूमा आजै कांग्रेस र लोसपालाई दिने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । कांग्रेसले ४ मन्त्री र २ जना राज्यमन्त्री लिएर सरकारमा सहभागी हुँदैछ भने लोसपाको अहिलेसम्म टुङ्गो लागेको छैन ।

स्रोतका अनुसार लोसपाले २ वटा मन्त्रालय मागिरहेको छ । तर मुख्यमन्त्रीज्यूले एउटा लिएर सरकारमा सहभागी हुन अनुरोध गरिरहेको बताइएको छ । त्यसकारण भागबन्डामा सहमति हुन नसकेको स्रोतले जानकारी दिएको छ ।

यसैबिच मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्दा बर्खास्त गरिएका दलहरूलाई धन्यावाद ज्ञापन गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा बर्खास्तको पत्र बुझाउनु अघि एक पत्रकार सम्मेलन गरी अहिलेसम्म सरकारमा सहभागी भएका ४ वटै दललाई धन्यवाद ज्ञापन गरेका हुन् ।

पत्रकार सम्मेलनमार्फत उनले भने, ‘अहिलेसम्म मलाई सबैलाई सहयोग गर्नु भएको छ, त्यसमा कुनै शङ्का छैन । तर राजनीतिक परिस्थितिका कारण समीकरण परिवर्तन गर्नु परेको छ । त्यही कारण यो अवस्था सृजना भएको हो ।’

 

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

०६२/०६३ पछि प्रधानमन्त्री र मन्त्री बनेकाहरू, जो सम्पत्ति छानबिनको राडारमा छन्

२३ असार २०८१, शनिबार
अन्तर्राष्ट्रिय

मधेश प्रदेशमा गृहमन्त्रीको एक्सन : डोजरले खाली गराए जनकपुरको फुटपाथ

२३ असार २०८१, शनिबार
अन्तर्राष्ट्रिय

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

२३ असार २०८१, शनिबार
अन्तर्राष्ट्रिय

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

२३ असार २०८१, शनिबार
Next Post

मधेस प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री सिंहले मागे विश्वासको मत

नयाँ सत्ता समीकरणले सङ्कटमा मधेस प्रदेश सरकार, मुख्यमन्त्रीमा ३ वटै दलका दाबी

कांग्रेस र एमालेले समर्थन गरेपछि मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh