• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कांग्रेस–एमाले सत्ता समीकरण : मधेश बाहेक ६ प्रदेशमा स्पष्ट बहुमत


२३ फागुन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि संघीय सरकारसँगै प्रदेश सरकारहरु पनि हेरफेर हुने देखिएको छ ।

सहमति अनुसार एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको ढोका खुल्नेछ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन १३८ सांसद चाहिन्छ । कांग्रेसका ८८ र एमालेका ७९ सांसद रहेकाले उनीहरुसँग प्रतिनिधिसभाको ६०.७२ प्रतिशत अर्थात् १६७ जनाको समर्थन हुन्छ ।

कांग्रेस र एमालेले संघमा जस्तै मधेश प्रदेश बाहेक ६ वटा प्रदेशमा सहजै सरकार बनाउन सक्छ । कांग्रेस र एमालेको समीकरण बनेसँगै १८ महिनादेखि संघीय सरकारको नेतृत्व गरिरहेको र सातै प्रदेशमा सरकारमा रहेको माओवादी केन्द्र मधेश प्रदेश बाहेक सबैतिर प्रमुख प्रतिपक्षीय भूमिकामा पुग्नेछ ।

मधेश प्रदेशमा भने कांग्रेस र एमालेले सरकार बनाउन माओवादी वा मधेशकेन्द्रित कुनै दलको साथ लिनुपर्नेछ ।

१०७ सदस्यीय मधेश प्रदेशमा सरकार बनाउन आवश्यक ५४ सांसद चाहिन्छ । जहाँ एमालेसँग २५ र कांग्रेससँग २२ गरेर ४७ सांसद छन् । सरकार बनाउन ७ जना सांसद संख्या पुग्दैन । यहाँ जनता समाजवादी पार्टी नेपालसँग १९, जनमत पार्टीसँग १३, लोकतान्त्रिक समाजवादी फोरम र माओवादी केन्द्रसँग ९/९ र एकीकृत समाजवादीसँग ७ सांसद छन् ।

राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी नेपालको १/१ सांसद छन् ।

यही अंकगणितका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मधेश प्रदेश सरकारको नेतृत्व लिएर संघीय सरकारलाई समर्थन गर्न आग्रह गरेका स्रोतहरुको भनाइ छ ।

कांग्रेससँग आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति गरेपछि एमाले अध्यक्ष ओली बुधबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त भेटमा ओलीले ‘मधेश प्रदेश सरकारको विषयमा कांग्रेस र एमालेका बीचमा सहमति नभएको’ उल्लेख गर्दै उक्त प्रदेशको नेतृत्व लिने गरी भूमिका खेल्न आग्रह गरेका थिए ।

कोशी, गण्डकी, कर्णालीमा सरकार परिवर्तन नहुने

कांग्रेस र एमालेबीच हाल दुई पार्टीको नेतृत्वमा रहेका प्रदेश सरकारलाई निरन्तरता दिने प्रारम्भिक सहमति छ । कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार छ । ९३ सदस्यीय कोशी प्रदेशमा सरकार बनाउन ४७ सांसद चाहिन्छ । नयाँ गठबन्धनसँग एमालेको ४० कांग्रेसको २९ जोड्दा ६९ पुग्छ ।

यो प्रदेशमा माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद रहेका छन् ।

गण्डकी प्रदेशमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार छ ।

६० सदस्यीय गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सांसद चाहिन्छ । अब नयाँ गठबन्धनसँग कांग्रेसको २७ र एमालेको २२ गरी ४९ सांसद हुनेछन् ।

यो प्रदेशमा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद एक जना छन् ।

माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा माओवादी केन्द्रको कारबाहीमा परेका छन् । तर, उनलाई गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रदेश सभा सचिवालयले उनलाई माओवादी केन्द्रकै सांसदका रुपमा अभिलेखित गरेको छ ।

कांग्रेस र एमालेको प्रारम्भिक सहमति अनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व पनि फेरिने छैन । यहाँ हाल एमालेका यामलाल कँडेल नेतृत्वको सरकार छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सांसद आवश्यक छ । नयाँ गठबन्धनसँग कांग्रेसका १४ र एमाले ९ गरेर २३ पुग्छ ।

यो प्रदेशमा माओवादी केन्द्रका १३, एकीकृत समाजवादी र राप्रपाका एक/एक जना सांसद छन् भने स्वतन्त्र एक जना रहेका छन् ।

माओवादीले गुमाउनेछ बागमती र लुम्बिनी

कांग्रेस र एमालेका बीचमा सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गुमाउनेछ । सरकारको नेतृत्वसँगै माओवादी केन्द्र यी दुई प्रदेशमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहनेछ ।

११० सदस्यीय बागमती प्रदेशमा सरकार बनाउन ५६ सांसद चाहिन्छ ।

नयाँ गठबन्धनमा रहेका दल कांग्रेसका ३७ र एमालेका २७ जोड्दा ६४ पुग्छ । यो समीकरण अनुसार सरकार बन्ने प्रक्रिया सुरु भएपछि हाल मुख्यमन्त्री रहेका माओवादी केन्द्रका शालिकराम जम्कट्टेल सत्ता बाहिर हुनेछन् ।

यो प्रदेशमा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टी २ र नेमकिपाका ३ जना सांसद रहेका छन् ।

नयाँ समीकरण बनेसँगै माओवादी केन्द्रका जोखबहादुर महरा नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्नेछ ।

८७ सदस्यीय लुम्बिनीमा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ । नयाँ गठबन्धनका दलहरु एमालेका २९ र कांग्रेसको २७ जोड्दा ५६ पुग्छ ।

यो प्रदेशमा माओवादीका ११, राप्रपा र नाउपाका चार/चार, लोसपा र जनमत पार्टी र जसपाका तीन/तीन जना सांसद छन् ।

एकीकृत समाजवादी र राजमोका एक/एक जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन् ।

सुदूरपश्चिममा रहन्न एकीकृत समाजवादीको नेतृत्व

संघीय संसदमा १० सिट रहेको एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशमा चार जना सांसद छन् । यो प्रदेशमा हाल यही पार्टीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री छन् ।

कांग्रेस र एमालेका बीचमा सत्ता समीकरण बनेसँगै सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा एकीकृत समाजवादी रहने छैन ।

५३ सदस्यीय सभामा सरकार बनाउन २७ आवश्यक पर्छ । नयाँ गठबन्धनसँग कांग्रेसका १९ र एमालेका १० सांसद गरेर २९ पुग्छ ।

यो प्रदेशमा माओवादी केन्द्रका १०, नाउपाका ७ जना, एकीकृत समाजवादीका चार जना सांसद छन् । राप्रपाका एक जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।

नेकपा एमालेसँग विद्रोह गरेर बनेको पार्टी नेकपा एकीकृत समाजवादीले यो प्रदेशमा सरकारको नेतृत्व नै गर्ने अवसर पाएको थियो । समाजवादीका सोडारी ६ वैशाख २०८१ मा मुख्यमन्त्री बनेका थिए । तर, उनी नेतृत्वको सरकार दुई महिनामै ढल्ने अवस्थामा पुगेको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

१९ असार २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

१९ असार २०८१, मंगलवार
सातै प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना
अन्तर्राष्ट्रिय

सातै प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना

१९ असार २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ

१९ असार २०८१, मंगलवार
Next Post

धार्मिक मेलामा भागदौड, कम्तीमा ५० जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh