• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

अपराजित रहँदै फाइनलमा पुगेका दक्षिण अफ्रिका र भारतबिच उपाधि भिडन्त


अपराजित रहँदै फाइनलमा पुगेका दक्षिण अफ्रिका र भारतबिच उपाधि भिडन्त

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधिका लागि शनिबार दुई प्रभावशाली टेस्ट राष्ट्र भारत र दक्षिण अफ्रिकाबिच भिडन्त हुँदैछ । फाइनल खेल क्यारेबियन राष्ट्र बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

भारत १० वर्षपछि टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । भारत यसअघि सन् २०१४ मा टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला भारतीय टोलीलाई फाइनलमा श्रीलंकाले ६ विकेटले पराजित गरेको थियो ।

अर्कोतिर, पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको दक्षिण अफ्रिका भने पहिलो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । दक्षिण अफ्रिका यसअघि दुईपटक सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिकाभन्दा भारत अगाडि देखिन्छ । पछिल्लो वरीयतामा भारत पहिलो स्थानमा आसीन छ । उक्त वरीयतामा दक्षिण अफ्रिका भने पाँचौँ स्थानमा छ ।

  • जारी विश्वकपमा दक्षिण अफ्रिकाको प्रदर्शन

टी–२० विश्वकपको नवौँ संस्करणमा दक्षिण अफ्रिकाको प्रदर्शन निकै उत्कृष्ट देखिएको छ । दक्षिण अफ्रिका लगातार आठ खेल जित्दै जारी विश्वकपको फाइनलमा पुगेको हो । यो तथ्याङ्कले दक्षिण अफ्रिकालाई बलियो टोलीको रूपमा चित्रण गर्छ ।

प्रारम्भिक चरणको खेलमा दक्षिण अफ्रिकाले चारवटै खेल जितेको थियो । दक्षिण अफ्रिका समूह ‘डी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा प्रवेश गरेको थियो । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई चार रनले हराएको थियो । प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा भने दक्षिण अफ्रिकाले नेपालमाथि एक रनको रोमाञ्चक जित हात पारेको थियो ।

‘सुपर–८’ चरणमा भने दक्षिण अफ्रिका ‘समूह–२’ मा परेको थियो । ‘सुपर–८’ चरणमा पनि दक्षिण अफ्रिकाले तीनवटै खेलमा सफलता हात पारेको थियो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।

यसैगरी दक्षिण अफ्रिकाले आफ्नो दोस्रो खेलमा साबिक विजेता इङ्ल्यान्डमाथि सात रनको रोमाञ्चक जित हात पारेको थियो । दक्षिण अफ्रिकाले तेस्रो खेलमा दुईपटकको च्याम्पियन वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराएको थियो ।

दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा आफ्नो समूहको विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यो समूहबाट उप–विजेता बन्दै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले पराजित गरेको थियो ।

  • जारी विश्वकपमा भारतको प्रदर्शन

जारी विश्वकपमा भारतीय टोली पनि निकै लयमा देखिएको छ । भारतीय टोली सात खेलमा जितको नतिजा निकाल्दै फाइनलमा पुगेको हो । भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसैले भारत यो विश्वकपमा बलियो टोलीका रूपमा देखिएको छ ।

प्रारम्भिक चरणको खेलमा भारतले चारमध्ये तीन खेलमा जित हात पारेको थियो । भारत समूह ‘ए’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा प्रवेश गरेको हो । भारतले आफ्नो पहिलो खेलमा आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो ।

आफ्नो दोस्रो खेलमा भारतीय टोलीले चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित हात पारेको थियो । भारतले आफ्नो तेस्रो खेलमा भने आयोजक अमेरिकालाई सात विकेटले पाखा लगाएको थियो । भारत र क्यानडाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

‘सुपर–८’ चरणमा पनि भारतीय टोली ‘समूह–१’ मै परेको थियो । ‘सुपर–८’ चरणमा भारतले तीनवटै खेलमा जित हात पारेको थियो । भारतीले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले हराएको थियो । दोस्रो खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको थियो ।

यसैगरी आफ्नो तेस्रो खेलमा भारतीय टोलीले निकै बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियामाथि २४ रनको जित हात पारेको थियो । भारत ‘सुपर–८’ चरणमा पनि पहिलो हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा भने भारतले साबिक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराएको थियो ।

  • टी–२० विश्वकप र दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । एकदिवसीय विश्वकपजस्तै टी–२० विश्वकपमा पनि दक्षिण अफ्रिका अभागी टोलीका रूपमा दरिँदै आएको छ ।

पहिलो संस्करणदेखि नै सहभागिता जनाए पनि दक्षिण अफ्रिकाले हालसम्म उपाधि भने जित्न सकेको छैन । दक्षिण अफ्रिका फाइनलमा पुगेको पनि यो पहिलो पटक हो । यसअघि दक्षिण अफ्रिका दुईपटक सेमिफाइनलसम्म पुगेको थियो ।

दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा हालसम्म कुल ४८ खेल खेलिसकेको छ । त्यसमध्ये दक्षिण अफ्रिका ३२ खेलमा विजयी भएको छ । १५ खेलमा दक्षिण अफ्रिका पराजित भएको छ । दक्षिण अफ्रिकाको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ

  • टी–२० विश्वकप र भारत

भारतले पनि सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । तर, भारतले हालसम्म एकपटक मात्र उपाधि जित्न सकेको छ । भारतले आफ्नो पहिलो सहभागितामै उपाधि जितेको थियो । त्यतिबेला भारतले फाइनलमा पाकिस्तानमाथि पाँच रनको जित हात पारेको थियो ।

त्यसपछि सन् २०१४ मा पनि भारती टोली टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा भारतीय टोलीलाई श्रीलंकाले ६ विकेटले हराएको थियो । त्यसपछि भारत टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको थिएन ।

टी–२० विश्वकपमा भारतले हालसम्म कुल ५१ खेल खेलिसकेको छ । त्यसमध्ये भारतीय टोली ३४ खेलमा विजयी भएको छ । १५ खेलमा भने भारतीय टोली पराजित भएको छ । भारतको एक खेल बराबरी र एक खेल अनिर्णीत रूपमा सकिएको छ ।

  • लयमा देखिएका दक्षिण अफ्रिकी खेलाडी

नवौँ विश्वकपमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान क्विन्टन डी काक हुन् । उनले दक्षिण अफ्रिकाका लागि आठ खेलमा कुल दुई सय चार रन बनाइसकेका छन् । यस क्रममा उनले दुईवटा अर्धशतक पनि प्रहार गरेका छन् । क्विन्टन डी काकले यो विश्वकपमा बनाएको उच्च स्कोर ७४ रन हो । उनले १२ छक्का र १७ चौका पनि प्रहार गरेका छन् ।

यो विश्वकपमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा डेभिड मिल्लर दोस्रो स्थानमा छन् । उनले दक्षिण अफ्रिकाका लागि सात पाली खेल्दै कुल एक सय ४८ रन बनाएका छन् । यस क्रममा उनले एक अर्धशतक प्रहार गरेका छन् । यो विश्वकपमा उनको उच्च स्कोर अविजित ५९ रन हो । उनले सात छक्का र नौ चौका प्रहार गरेका छन् ।

हेनरिच क्लासेनले पनि दक्षिण अफ्रिकाका लागि सात पालीमा कुल एक सय ३८ रन बनाएका छन् । यो विश्वकपमा उनको उच्च स्कोर ४६ रन हो । यसका अतिरिक्त ट्रिस्टन स्टब्सले पनि सात पालीमा कुल एक सय ३४ रन बनाएका छन् ।

यसैगरी जारी विश्वकपमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने बलर एनरिच नोर्ट्जे हुन् । तीव्र गतिका बलर नोर्ट्जेले आठ खेलमा कुल १३ विकेट लिइसकेका छन् । जारी विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन केवल सात रन खर्चिएर चार विकेट हो ।

383807

दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा कागिसो राबडा दोस्रो स्थानमा छन् । उनले आठ खेलमा १२ विकेट लिइसकेका छन् । जारी विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन केवल १८ रन खर्चिएर तीन विकेट हो ।

यसैगरी यो सूचिमा तेस्रो स्थानमा टिम साउथी छन् । उनले जारी विश्वकपमा केवल चार खेल खेल्दै ११ विकेट हात पारिसकेका छन् । यो विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन भने केवल १९ रन खर्चिएर चार विकेट हो ।

  • लयमा देखिएका भारतीय खेलाडी

नवौँ विश्वकपमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान रोहित शर्मा हुन् । अनुभवी ब्याट्सम्यान रोहितले भारतका लागि सात खेल खेल्दै कुल दुई सय ४८ रन बनाइसकेका छन् । यस क्रममा उनले तीनवटा अर्धशतक प्रहार गरेका छन् ।

कप्तान रोहितले यो विश्वकपमा बनाएको उच्च स्कोर ९२ रन हो । यस क्रममा उनले १५ छक्का र २२ चौका पनि प्रहार गरेका छन् । यो विश्वकपमा उनको स्ट्राइक रेट १५५.९७ रहेको छ । यो विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि उनी तेस्रो स्थानमा छन् ।

यसैगरी भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा सूर्यकुमार यादव रहेका छन् । उनले सात खेल खेल्दै कुल एक सय ९६ रन बनाएका छन् । यस क्रममा उनले दुईवटा अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर ५३ रन हो । उनले १० छक्का र १५ वटा चौका पनि हिर्काएका छन् ।

यो सूचिमा तेस्रो स्थानमा ऋषभ पन्त रहेका छन् । उनले भारतका लागि सात खेल खेल्दै कुल एक सय ७१ रन बनाएका छन् । यो विश्वकपमा उनको उच्च स्कोर ४२ रन हो । उनले ६ छक्का र १९ चौका प्रहार गरेका छन् । भारतका लागि हार्दिक पाण्ड्याले पनि पाँच पालीमा कुल एक सय ३९ रन बनाएका छन् । उनले एउटा अर्धशतक पनि प्रहार गरेका छन् ।

यसैगरी जारी विश्वकपमा भारतका लागि सर्वाधिक विकेट लिने बलर अर्शदीप सिंह हुन् । उनले सात खेलमा कुल १५ विकेट लिइसकेका छन् । यो विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन केवल नौ रन खर्चिएर चार विकेट हो । उनी यो विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि दोस्रो स्थानमा छन् ।

भारतका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा जसप्रित बुमराह छन् । उनले कुल १३ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन केवल सात रन खर्चिएर तीन विकेट हो । यो सूचिमा तेस्रो स्थानमा कुलदीप यादव छन् । उनले चार खेलमा १० विकेट लिएका छन् ।

  • टी–२० अन्तर्राष्ट्रियमा भारत र दक्षिण अफ्रिका

भारत र दक्षिण अफ्रिकाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुल २६ खेल खेलिसकेका छन् । टी–२० अन्तर्राष्ट्रियको विगतलाई हेर्दा दक्षिण अफ्रिकाभन्दा भारत केही बलियो देखिन्छ । यसअघि खेलिएका २६ मध्ये १४ खेलमा भारतले दक्षिण अफ्रिकालाई हराएको छ ।

दक्षिण अफ्रिकाले भने भारतलाई ११ खेलमा पराजयको स्वाद चखाएको छ । यी दुई टोलीबिचको एक खेल अनिर्णीत रूपमा सकिएको छ । यी दुई टोलीबिच खेलिएको पछिल्ला पाँचवटा टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये तीनवटामा दक्षिण अफ्रिका र दुईवटामा भारत विजयी भएका छन् ।

indian fans

  • टी–२० विश्वकपमा दक्षिण अफ्रिका र भारत

टी–२० विश्वकपमा यी दुवै टोलीको यो नवौँ सहभागिता हो । दक्षिण अफ्रिका र भारतबिच हालसम्म टी–२० विश्वकप कुल ६ खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा भारतले दक्षिण अफ्रिकालाई हराएको छ । बाँकी दुई खेलमा दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ ।

पछिल्लो पटक सन् २०२२ को टी–२० विश्वकपमा यी दुई टोलीबिच भिडन्त भएको थियो । त्यो खेलमा दक्षिण अफ्रिकाले भारतलाई पाँच विकेटले पराजित गरेको थियो । त्यो खेलमा भारतका लागि सूर्यकुमार यादबले ६८ र दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले अविजित ५९ रन बनाएका थिए ।

348465

यी दुई टोलीबिच हालसम्म खेलिएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान डेभिड मिल्लर हुन् । उनले भारतविरुद्धको टी–२० अन्तर्राष्ट्रि क्रिकेटमा कुल चार सय ३१ रन बनाएका छन् ।

भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने रोहित शर्मा हुन् । उनले दक्षिण अफ्रिकाविरुद्ध कुल चार सय २० रन बनाएका छन् । भारतविरुद्ध एउटै खेलमा डेभिड मिल्लरले बनाएको उच्च स्कोर अविजित एक सय ६ रन हो । दक्षिण अफ्रिकाविरुद्ध एउटै खेलमा रोहित शर्माले बनाएको उच्च स्कोर एक सय ६ रन हो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक विकेट लिने भारतीय बलर भुवनेश्वर कुमार हुन् । उनले कुल १४ विकेट लिएका छन् । भारतविरुद्ध सबैभन्दा बढी विकेट लिने दक्षिण अफ्रिकी बलर केशव महाराज र लुङ्गी एनगिदी हुन् । यी दुवैले १०–१० विकेट लिएका छन् ।

  • फाइनल खेल हुने केनसिङ्टन ओभल स्टेडियम

बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा यसअघि भारत र दक्षिण अफ्रिकाले आपसमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । त्यसैले यो स्टेडियममा यी दुवै टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

तर, यी दुवै टोलीले अन्य प्रतिद्वन्द्वीसँग भने यो स्टेडियममा यसअघि पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । यो स्टेडियममा हालसम्म कुल ३२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये १९ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् ।

यो स्टेडियममा खेलिएको ११ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको इतिहास देखिन्छ । यो स्टेडियममा हालसम्म खेलिएको टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये दुई खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

यो स्टेडियममा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको सबैभन्दा ठुलो स्कोर पाँच विकेट गुमाएर दुई सय २४ रन हो । त्यो स्कोर सन् २०२२ मा इङ्ल्यान्डविरुद्ध वेस्ट इन्डिजले बनाएको थियो । यो स्टेडियममा बनेको सबैभन्दा कम स्कोर भने ८० रन हो । सन् २०१० मा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ८० रनमै अलआउट गराएको थियो ।

यसैगरी यो स्टेडियममा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओसतमा रन एक सय ५३ रन बन्ने गरेको छ । सन् २०२३ मा खेलिएको इङ्ल्यान्डविरुद्धको खेलमा वेस्ट इन्डिजले १८.१ ओभरमा ६ विकेट गुमाएर एक सय ७२ रन बनाउँदै विजयलक्ष्य पुरा गरेको थियो । यो स्टेडियममा कुनै पनि टोलीले हासिल गरेको त्यो सबैभन्दा ठुलो विजयलक्ष्य थियो ।

यो स्टेडियममा खेलिएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यानले बनाएको उच्च स्कोर एक सय सात रन हो । सन् २०१० मा जिम्बाबेविरुद्धको खेलमा वेस्ट इन्डिजका रोभमन पोवेलले केवल ५३ बलमा उक्त रन बनाएका थिए ।

यसैगरी यो स्टेडियममा खेलिएको टी–२० अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट बलिङ गर्ने बलर वेस्ट इन्डिजका जेसन होल्डर हुन् । उनले सन् २०२२ मा खेलिएको इङ्ल्यान्डविरुद्धको खेलमा चार ओभरमा २७ रन खर्चिएर पाँच विकेट लिएका थिए ।

यो स्टेडियममा दक्षिण अफ्रिकाले हालसम्म तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । त्यसमध्ये दक्षिण अफ्रिका दुई खेलमा विजयी र एक खेलमा पराजित भएको छ । भारतले पनि यो स्टेडियममा तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । भारतीय टोली त्यसमध्ये एक खेलमा विजयी र दुई खेलमा पराजित भएको छ ।

  • फाइनल खेलमा वर्षाको सम्भावना

भारत र दक्षिण अफ्रिकाबिच जारी विश्वकपको फाइनल खेल हुँदा शनिबार ब्रिजटाउनमा वर्षाको सम्भावना रहेको समाचारमा जनाइएको छ । शनिबार ब्रिजटाउनको आकाश पूर्णरुपमा बदलले ढाकेको हुनेछ । खेलका क्रममा वर्षाको सम्भावना ३० प्रतिशत रहेको स्थानीय जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

  • वर्षाले खेल रद्द भए के हुन्छ ?

दक्षिण अफ्रिका र भारतबिच शनिबार राति हुने फाइनल खेलका क्रममा वर्षाको सम्भावना छ । यदि वर्षाका कारण शनिबारको खेल रद्द भए त्यो खेल आइतबारका लागि सारिने छ । आईसीसीले फाइनल खेलका लागि एक अतिरिक्त दिनको प्रावधान राखेको छ ।

आइतबारको खेल पनि वर्षाका कारण रद्द भएमा के हुन्छ त ? यदि आइतबार सारिएको फाइनल खेल पनि वर्षाका कारण रद्द भए दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिने छ । त्यसपछि टी–२० विश्वकपको नवौँ संस्करणको ट्रफीमाथि दुवै टोलीको बराबर अधिकार हुनेछ ।

  • भारत र दक्षिण अफ्रिकाको टोली

भारत :रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या, यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु सामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज ।

दक्षिण अफ्रिका :एडेन मारक्रम (कप्तान), आटनिल बार्टम्यान, जेराल्ड कोट्जी, क्विन्टन डी काक, बोर्न फोच्र्युन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिल्लर, एनरिच नोर्जे, कागिसो राबडा, रायन रिकेल्टन, टाबरिज साम्सी र ट्रिस्टन स्टब्स ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सातै प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना
अन्तर्राष्ट्रिय

सातै प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना

१६ असार २०८१, शनिबार
अन्तर्राष्ट्रिय

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ

१६ असार २०८१, शनिबार
अन्तर्राष्ट्रिय

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने सरकारको निर्णय

१६ असार २०८१, शनिबार
अब वृद्धभत्ता ७५ वर्षमा दिन सिफारिस
अन्तर्राष्ट्रिय

अब वृद्धभत्ता ७५ वर्षमा दिन सिफारिस

१६ असार २०८१, शनिबार
Next Post
महोत्तरी पत्रकार महासंघमा प्रेस युनियन र मञ्चले गरे तालाबन्दी

महोत्तरी पत्रकार महासंघमा प्रेस युनियन र मञ्चले गरे तालाबन्दी

किशानहरु सँगै पुर्व राज्य मन्त्री कुसबाहाले मनाए घानदिवस

किशानहरु सँगै पुर्व राज्य मन्त्री कुसबाहाले मनाए घानदिवस


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh