• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पीडित पक्षको सहमति लिएर मात्रै कैदीबन्दी रिहा गर्ने प्रक्रिया सुरु


१४ असार, काठमाडौं । पहिलो पटक उजुरी तथा पीडित पक्षको सहमति लिएर मात्रै कैदीबन्दी रिहाको प्रक्रिया अघि बढाइएको छ ।

कारागार व्यवस्थापन विभागले संविधान दिवसको अवसरमा कैद मिनाहाका लागि सम्भावित ६२० जनाको सूची सार्वजनिक गर्दै ९ असारमा उजुरीका लागि आह्वान गरिसकेको छ ।

विभागले ५० प्रशिशत कैद भुक्तान गरेका ५८६ जना, ३ जना ज्येष्ठ नागरिक र १ भदौ २०७५ भन्दा अघि घटना भई ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना गरी ६२० जनाको सूची सार्वजनिक गरेको हो ।

६२० मध्ये ज्यानसम्बन्धी कसुरका मात्रै १३६ जना कैदी छन् । ज्यानसम्बन्धी कसुरको हकमा अनिवार्य रूपमा पीडित पक्षको सहमति लिनपर्ने गरी कैद कट्टा नियमावली २०७६ संशोधन गरिएको छ ।

कैद कट्टा गरेर ३ असोज २०८० मा छुटेका रिगल भनिने योगराज ढकालविरुद्ध सर्वोच्चमा रिट परेको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले ज्यानसम्बन्धी कसुरको हकमा पीडितको सहमति लिएर मात्रै कैट कट्टा गर्न आदेश गरेपछि नियमावली संशोधन गरिएको थियो ।

जसअनुसार पहिलो पटक ज्यानसम्बन्धी कसुर (कुटपिटदेखि, सवारी ज्यान, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान)का घटनामा पीडित पक्षको सहमति लिएर कैद कट्टा गरी रिहाइको प्रक्रिया अघि बढाइएको छ ।

अहिले कैद कट्टा गर्न लागिएका ज्यानसम्बन्धी कसुरका १३६ जनामध्ये व्यक्ति हत्याका मात्रै २६ जना कैदी छन् । उनीहरूको पनि कैद कट्टा गर्ने प्रक्रिया अघि बढाइएको छ । उनीहरू विरुद्ध उजुरी वा गुनासो आह्वान गरिए पनि अहिलेसम्म प्रस्ताव गरिएका कुनै पनि कैदीविरुद्ध उजुरी परेको छैन ।

व्यक्ति हत्यामा संलग्न भई दोषी ठहर भएकाहरूलाई समेत कैद कट्टा गरी रिहा गर्न लाग्दासमेत उजुरी नपर्नुको कारण भने आफन्तसँग जोडिएको छ । व्यक्ति हत्यामा कैद कट्टा गरी रिहा गर्न लागिएकाहरूका अधिकांश पीडित आफन्त छन् ।

आफन्तको लिखित सहमतिमा उनीहरूको कैद कट्टा गरी रिहा गर्न लागिएको छ । सम्बन्धित कारागार प्रशासन र पीडित पक्षबीच लिखित सहमति गराएर ज्यानसम्बन्धी कसुरका कैदीहरूको कैद कट्टा गर्न लागिएको विभागका महानिर्देशक जयनारायण आचार्यले बताए ।

आफन्तको हत्या

व्यक्ति हत्यामा रिहा गर्न लागिएका २६ जनाले परिवार भित्रैका सदस्य तथा नजिकका नातेदार आफन्त तथा छिमेकीको हत्या गरेका थिए । उनीहरू सबैका आफन्तले लिखित सहमति दिएपछि रिहाइको प्रक्रिया अघि बढाइएको छ ।

यसरी रिहा हुने प्रक्रियामा परेका मध्येका एक हुन्– धनकुटा नगरपालिका–२ का छवि भन्ने छत्रबहादुर राना । छत्रबहादुरले २३ चैत २०७५ मा धनकुटा–२ भीरगाउँस्थित मानबहादुर दर्लामी मगरको हत्या गरेका थिए ।

मृतक मानबहादुर र दोषी ठहर भएका छत्रबहादुर छिमेकी तथा काका बडाबा नाताका व्यक्ति हुन् । विभागका अनुसार अहिले छत्रबहादुरलाई कैद कट्टाका लागि मृतक मानबहादुरकै बाबु तथा जाहेरवाला खड्गबहादुरले लिखित सहमति दिएका छन् ।

६५ प्रतिशत कैद भुक्तान गरेको, असल चालचलन समेत भएको र पीडितका बाबुले लिखित सहमति दिएपछि कैद कट्टा गरी रिहाइको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

व्यक्ति हत्यामै रिहा हुन लागेका अर्का व्यक्ति हुन्– भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ का नरकुमार भनिने सुमन राई । नरकुमारले आफ्नै दिदी सरिता राईको २३ कात्तिक २०७५ मा हत्या गरेका थिए । भाइटीकाको दिन कामको विषयमा विवाद हुँदा मदिरा सेवन गरेका सुमनको कुटपिटबा सरिताको मृत्यु भएको थियो ।

दिदीको हत्या आरोपमा २९ कात्तिक २०८६ सम्म कारागार बस्नुपर्ने सुमन ५० प्रतिशत कैद भुक्तान गरी बाँकी कैद कट्टामार्फत रिहा हुने प्रक्रियामा छन् । दिदी यशोदा भनिने कालिमाया राईले लिखित सहमति दिएपछि सुमन कैद कट्टा गरी रिहा हुने प्रक्रियामा छन् । अर्थात् बहिनीको हत्या गरेर जेल परेका भाइलाई रिहा गर्न दिदीले सहमति दिएकी छन् ।

गोमा पुनलाई श्रीमान् वीरबहादुर पुनले ११ जेठ २०७४ मा कुटपिट गरी हत्या गरेका थिए । सासु भीमी रानाको जाहेरीले ज्वाईं वीरबहादुर कर्तव्य ज्यानको कसुरमा दोषी ठहर भएका थिए । उनीविरुद्ध १० वर्ष कैदको फैसला सुनाइएको थियो । अहिले सासु भीमी रानाकै लिखित सहमतिपछि ज्वाईं वीरबहादुरको कैद कट्टा गरी रिहाइको प्रक्रिया अघि बढाइएको छ ।

४ वर्षीया छोरी रेजिनाको हत्या गरेको पाइएपछि आमा भानुदेवीले श्रीमान् धनबहादुर अयडीविरुद्ध जाहेरी दिएकी थिइन् । ८ भदौ २०७५ मा धनबहादुरले छोरी रेजिनाको हत्या गरी बाजुराको दगाडास्थित कोदो बारीमा खाल्डो खनेर गाडेका थिए ।

छोरी हत्यामा १० वर्ष कैद सजाय सुनाइएका धनबहादुर २६ भदौ २०८५ सम्म कैद बस्नुपर्ने थियो । तर जाहेरवाला धनबहादुरकी श्रीमतीले लिखित सहमति दिएपछि उनको कैद कट्टा प्रक्रिया अघि बढेको छ ।

दावा तेन्जी शेर्पाले बुबा सोनामफुर्वा शेर्पालाई ३२ असार २०७५ मा कुटपिट गरेका थिए । भोलिपल्ट १ साउनमा सोनामफुर्वाको मृत्यु भएको थियो । सोनामफुर्वाकी श्रीमती तथा दावाकी आमा ङिमी शेर्पाको जाहेरी लिएर दावाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएको थियो ।

बाबुको हत्या आरोपमा छोरा दावालाई १३ वर्ष ४ महिना कैद सजाय सुनाइएको थियो । जसअनुसार २ मंसिर २०८८ सम्म दावा कारागारमा बस्नुपर्ने हुन्थ्यो । तर जाहेरीवाला तथा आफ्नै आमा ङिमीले छोरा दावाको कैद कट्टाका लागि लिखित सहमति दिएकी छन् ।

व्यक्ति हत्याका २६ जनाबाहेक अन्य कैदीहरूको समेत असल चालचलन रहेको, ५० प्रतिशत कैद भुक्तान गरिसकेको, कैद कट्टाको मापदण्ड पुगेको भन्दै कारागार कार्यालयले नाम सार्वजनिक गरेको थियो ।

‘व्यक्ति हत्यामा सजाय भोगिरहेकामध्ये कैद कट्टाका योग्य भएकाहरू अन्य थुप्रै थिए । तर उनीहरूको हकमा लिखित सहमति हुन सकेन । अहिले सहमति दिएका सबै जना आफन्त हत्यामा दोषी ठहर भएका व्यक्ति हुन्,’ विभागका एक अधिकारीले भने ।

यसबाट व्यक्ति हत्यामा कैद कट्टा गरी रिहा हुने आफन्त हत्याका व्यक्ति मात्रै रहने गरेको पाइएको छ । यो प्रावधानसँगै सहमति दिन ‘ब्लड मनी’ अर्थात् रकमको समेत लेनदेन हुनसक्ने देखिएको छ ।

त्यसो त रिगलविरुद्धको मुद्दामा सर्वोच्चका तत्कालीन न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले १६ कात्तिक २०८० मा पीडितको हक संरक्षित हुने गरी, सहमति तथा मञ्जुरीसमेत लिइ पीडितलाई सामाजिक पुनर्स्थापना र क्षतिपूर्ति सहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गरी कैद कट्टा गर्न सकिने बताएको थियो । उक्त फैसलाले समेत क्षतिपूर्ति लिएर सहमति दिन सकिने बाटो खुला गरेको जानकारहरू बताउँछन् ।

‘कैद कट्टाका लागि सबै योग्य छ । तर पीडितको सहमति बेगर ज्यान कसुरका व्यक्ति छुट्न नसक्ने भएपछि पीडित पक्षलाई रकम दिएर छुट्न सक्ने अवस्था देखिएको छ । तर यो पहिलो पटक कार्यान्वयमा आएकाले त्यो विषय सुनिएको छैन,’ विभागका एक अधिकारीले भने ।

यसअघिका वर्षहरूमा कैद मिनाहा गर्दा पीडित परिवारको सहमति खोज्ने वा उजुरी लिने गरिएको थिएन । गम्भीर अपराधमा संलग्न र मापदण्ड नै नपुगेकाहरू पहुँचका भरमा संविधान दिवस र गणतन्त्र दिवसमा रिहा हुन थालेपछि सार्वजनिक रूपमा विरोध हुँदै आएको थियो । अब उजुरी र सहमति लिन थालेपछि कैद कट्टाको मनपरीमा केही कमी आउन सक्ने पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् ।

जेलर र कैदीको गुनासो

रिहाइको प्रक्रियामा रहेका व्यक्तिहरू विरुद्ध उजुरी नपरे पनि एक कैदी र जेलरले आफूसँग सम्बन्धित गुनासो दर्ता गराएका छन् । गुनासो गर्नेहरूमा एक जना जेलर र एक जना डिल्लीबजार कारागारका कैदी रहेको विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डेले बताए ।

डिल्लीबजार कारागारका कैदीले फोनमार्फत गुनासो टिपाएका छन् । उनले व्यक्ति हत्यामा पीडित पक्षको सहमति सबैमा आवश्यक नरहेकाले आफू पनि कैद कट्टा गरी रिहा हुनुपर्ने बताएका थिए । ‘सर्वोच्चमा दायर भएको केसका हकमा मात्रै पीडित पक्षको सहमति भनिएको हो । तर हाम्रो हकमा समेत लागू गर्दा न्याय भएन’ भन्ने गुनासो ती कैदले गरेको कारागार स्रोतले बतायो ।

सर्वोच्चको फैसला व्यक्ति हत्या घटनाका सबै केशहरूमा सहमति आवश्यक रहेको भन्ने फैसलामा उल्लेख गरिएकाले सहमति लिनु अनिवार्य भन्दै ती कैदीलाई विभागले जवाफ दिएको थियो ।

त्यसैगरी अर्का एक जना जेलर आफ्नो कारागारका कुनै पनि कैदी बन्दी कैद कट्टामा किन नपरेको भन्दै पत्रमार्फत गुनासो टिपाएका छन् । कारागार कार्यालयले सिफारिस गरेको तर विभागको सूचनामा कैदी बन्दीको नाम समावेश नभएको गुनासो ती जेलरको रहेको छ ।

ज्यानसम्बन्धी कसुरमा पहिल्यै लिखित सहमति लिएर मात्रै कैद कट्टाको सूचना निकालिएकाले उजुरी आउने संख्या न्यून रहेको विभागको बुझाइ छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने सरकारको निर्णय

१५ असार २०८१, शुक्रबार
अब वृद्धभत्ता ७५ वर्षमा दिन सिफारिस
अन्तर्राष्ट्रिय

अब वृद्धभत्ता ७५ वर्षमा दिन सिफारिस

१५ असार २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

जनकपुरधामको गंगासागरमा अतिक्रमण हटाउन चल्यो डोजर

१५ असार २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया

१५ असार २०८१, शुक्रबार
Next Post

मधेसमा प्रदेशमा बढ्दैछन् चोरी लुटपाटदेखि जघन्य हत्याका घटना

अपराजित रहँदै फाइनलमा पुगेका दक्षिण अफ्रिका र भारतबिच उपाधि भिडन्त


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh