• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश सरकारको ‘रेडबुक’ पुनर्लेखन गर्ने सर्वदलीय सहमति


 

मधेश सरकारको ‘रेडबुक’ पुनर्लेखन गर्ने सर्वदलीय सहमति

वीरगन्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ‘रेडबुक’ पुनर्लेखन गर्ने भएको छ । प्रदेश सांसदका धेरै योजनाहरू छुटेपछि सर्वदलीय बैठकको सुझाव अनुसार सरकारले ‘रेडबुक’ मा बजेट थप्ने आन्तरिक सहमति गरेको हो ।

बजेटमा प्रदेश सांसदका योजनाहरू नराखिएको भन्दै सरकारको व्यापक आलोचना भइरहेको थियो ।  सांसदहरूले बजेट नै पास नगर्ने चेतावनी दिन थालेपछि प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बजेटमा भएको त्रुटिबारे सुझाव लिन बिहीबार(आज) सर्वदलीय बैठक डाकेका थिए ।

प्रदेशसभामा रहेका १० वटा दलहरूको सहभागितामा बसेको बैठकमा सरकारले आगामी वर्ष ०८१/०८२ को ‘रेडबुक’ को कार्यक्रममा पुनर्लेखन गर्न प्रस्ताव गरेको छ ।  सर्वदलीय बैठकमा सत्तारुढ तथा प्रतिपक्षका दका नेताहरूले संयुक्त रूपमा सांसदहरूको इच्छा विपरीत योजनाहरू राखिएको गुनासो गरेका थिए ।

कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले मुख्यमन्त्री स्वयम्ले राखेको सर्वदलीय बैठकमा बजेटप्रति सत्तारुढ दलदेखि प्रतिपक्षी दलहरुले असन्तुष्टि जनाएको बताए ।  बैठकमा व्यापक विरोध हुन थालेपछि मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीहरूबाट त्रुटि भएको स्विकार्दै बजेट सच्याउन तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

त्यसपछि ‘रेडबुक’ मा छुटेका योजनाहरू थप्न बैठकमा मौखिक सहमति भएको कांग्रेस संसदीय दलका नेता यादवले बताए ।  बैठकमा मुख्यमन्त्रीले सल्लाह गरेर ‘रेडबुक’ मा योजनाहरू समावेश गर्ने सहमति गरेका छन् ।

सर्वदलीय बैठकमा भएको मौखिक सहमति पालना नभए बजेट पास गर्न नदिने यादवले चेतावनी दिए ।  बैठकमा योजनाहरू थपेर जाने सहमति भएको मुख्यमन्त्री सिंहले बताए । प्रदेश सांसदहरूको धेरै गुनासा आए, त्रुटि पनि भएको छ । त्यही त्रुटिलाई सच्याउन सर्वदलीय बैठक बोलाएको पनि थिए, जुन बैठकमा योजनाहरू थपेर जाने सहमति भएको छ ।’

बजेटमा थपघट गरेर जाने गृहकार्य सुरु गरिएको मुख्यमन्त्री सिंहको भनाइ छ । उनका अनुसार केही बेवारिसे योजनाहरू पनि रेडबुकमा समावेश भएका छन् । ‘ती योजनाहरू कुनै सांसदज्यूहरूको पनि होइन, यस्ता योजनाहरूलाई हटाएर छुटेका योजनाहरू समावेश गरिनेछ,’ मुख्यमन्त्री सिंहले भने ।

सर्वदलीय बैठकमा सत्तारुढ दलहरूसँगै कांग्रेस, जसपा सहितका दलका नेताहरूको उपस्थिति थियो ।  प्रदेश सरकारले १ असारमा ४३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने सरकारको निर्णय

१४ असार २०८१, बिहीबार
अब वृद्धभत्ता ७५ वर्षमा दिन सिफारिस
अन्तर्राष्ट्रिय

अब वृद्धभत्ता ७५ वर्षमा दिन सिफारिस

१४ असार २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

जनकपुरधामको गंगासागरमा अतिक्रमण हटाउन चल्यो डोजर

१४ असार २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया

१४ असार २०८१, बिहीबार
Next Post

भारत टी-२० विश्वकपको फाइनलमा प्रवेश

टी–२० विश्वकप २०२४ फाइनल : अपराजित टोली बीचको भिडन्त


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh