• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

संसदभित्रै प्रहरी मृत फेला घटना : प्रेम सम्बन्धमा दरार आएपछि आफैंलाई गोली हाने


संसद् भवनमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

५ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको छ ।
प्रहरीको अनुसन्धानको क्रममा जवान अजित गोलेले आफैंलाई गोली प्रहारको कारण प्रेमिकासँग जोडिएको पाइएको प्रहरी स्रोतले जानकारी दियो ।
दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल समेत बरामद भएको थियो । अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार घटनास्थलमा भेटिएको मोबाइलबाटै आफैंलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको हो । ‘प्रेमिकाले वास्ता गर्न छाडेपछि उनले आत्महत्या गरेको देखिन्छ’, उनले भने ।
अविवाहित गोलेले इन्गेटमेन्ट (टिकाटालो) भने गरिसकेका थिए । करिब ५ महिनाअघि आफ्नी प्रेमिकासँग गोलेले इन्गेजमन्ट गरेका थिए । इन्गेजमेन्टपछि गोलेले खर्च गरेर आफ्नी प्रेमिकालाई दुबई पठाएका थिए । करिब ५ महिनादेखि उनकी प्रेमिका दुबईमा छिन्
तर दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । उक्त कुरा उनीहरुको मोबाइलमा भेटिएको म्यासेजबाट समेत पुष्टि हुने ती अनुसन्धान अधिकृतले बताए । प्रेमिकासँग विवाद भएको बेलामा पटक–पटक उनले ‘मर्छु’ भन्दै म्यासेज पठाउने गरेको समेत भेटिएको छ ।
‘प्रेमिकासँग विवाद हुन थालेपछि गोलेले पटक पटक ‘मर्छु’ भन्दै सामाजिक सञ्जालमा प्रेमिकालाई म्यासेज गरेको समेत भेटिएको छ’, ती अधिकृतले सुनाए ।
बुधबार बिहान आत्महत्या गर्नुअघि समेत ‘मर्छु’ भन्दै म्यासेज गरेको र त्यसपछि भिडिओ कल गरेको समेत देखिएको छ । ‘भिडिओ कल र घटना पनि एकै समयमा भएको पाइएको प्रहरी स्रोतले जानकारी दियो ।
भुईँमा बन्दुक राखेर निधारतर्फ तेर्साएर खुट्टाले ट्रिगर दाबेको जस्तो देखिएको उनले सुनाए । उनले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली हानेको पाइएको छ ।
उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए । गत २८ जेठदेखि उनलाई संसद भवनमा खटाइएको थियो । कार्यदलमा कमाण्डो तालिम गरेको प्रहरी रहने भए पनि उनी भने कमाण्डो तालिम प्राप्त व्यक्ति होइनन् । उनले २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव
अन्तर्राष्ट्रिय

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव

६ असार २०८१, बुधबार
अन्तर्राष्ट्रिय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

६ असार २०८१, बुधबार
अन्तर्राष्ट्रिय

प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : महेश बस्नेत

६ असार २०८१, बुधबार
बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक
अन्तर्राष्ट्रिय

बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक

६ असार २०८१, बुधबार
Next Post
जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दै

पार्टी विभाजन हुने डरले सरकारमा सहभागी हुन चाहदैनन् सीके राउत

भौतिक मन्त्री महासेठले जिते निर्वाचनको मुद्दा, कांग्रेस सहमहामन्त्री यादवको माग अस्वीकार

भौतिक मन्त्री महासेठले जिते निर्वाचनको मुद्दा, कांग्रेस सहमहामन्त्री यादवको माग अस्वीकार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh