• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

१ रनको हारको पीडा बिर्साउन बंगलादेशविरुद्ध जितको खोजीमा नेपाल


वेष्टइण्डिज ए विरुद्ध नेपालले पायो १७३ रनको लक्ष्य

२ असार, अमेरिका । नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दैछ । खेल सोमबार बिहान ५ : १५ मा सेन्ट भिन्सेन्टमा सुरु हुनेछ ।
समूह डी मा रहेको नेपालको यो अन्तिम खेल हो । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो
शनिबार भने नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । स्पिनर कुशल भुर्तेलले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएपछि दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो ।
उक्त लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाउँदै ११४ रन बनाएपछि ऐतिहासिक जितको अवसर गुमाएको थियो । अन्तिम दुई बलमा दुई रन चाहिएको अवस्थामा गुल्सन झाले दुबै डट बल खेल्दा नेपाल हार्न पुगेको थियो । उक्त हारले नेपाल सुपर–८ दौडबाट बाहिरिन पुग्यो ।
दक्षिण अफ्रिकाविरुद्ध १ रनको हारको पीडाबाट खेलाडी, समर्थक र शुभचिन्तक बाहिर आउन सकेका छैनन् । उक्त ठूलो पीडा बिर्सनको लागि बंगलादेशविरुद्ध नेपाललाई जितको आवश्यकता देखिन्छ । दक्षिण अफ्रिकाविरुद्धको उक्त प्रदर्शनले टोलीको मनोबल झने उच्च हुनेछ ।
उता बंगलादेशलाई सुपर ८ मा पुग्न जित्नुपर्ने दबाब छ । बंगलादेशले श्रीलंकालाई २ विकेट र नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो ।
बंगलादेशले दक्षिण अफ्रिकासँग ४ रनले हार्न पुगेको थियो । बंगलादेश ३ खेलमा ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा छ । उता नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । नेपाल भने ३ खेलमा १ अंकका साथ चौथो स्थानमा छ । दक्षिण अफ्रिका ४ खेलमा अपराजित रहँदै सुपर ८ मा पुगेको छ ।
नेदरल्यान्ड्सले सोमबार बिहान नै श्रीलंकासँग खेल्दैछ । डच टोली नेपालको जितको प्रतिक्षामा हुनेछ । नेपालले जित्दा नेदरल्यान्ड्सले बंगलादेशलाई नेट रनरेटमा पछि पार्दै सुपर८ मा पुग्न सक्छ । नेपालसँग हार्दा बंगलादेशले सुपर ८ दौडबाट बाहिरिने र २०२६ को टी–२० विश्वकपमा स्थान बनाउन एसिया छनोट खेल्नुपर्ने हुनसक्छ । यदि बंगलादेश पराजित भएमा अर्को खेलमा नेदरल्यान्ड्सले हारे वा कम रनको अन्तरले जितेपनि सुपर ८ मा पुग्न सक्छ ।
नेपालले हालसम्म टेस्ट मान्यता प्राप्त टोलीलाई हराउन सकेको छैन । बंगलादेशविरुद्ध नेपालको लक्ष्य टेस्ट टोलीलाई पहिलो पटक हराउने हुनेछ । सन् २०१४ को विश्वकपमा नेपालले ४ अंक जोडे पनि बंगलादेशसँग पराजित हुँदा अर्को चरणमा पुग्न सकेको थिएन ।
स्पिनर ललित राजवंशी, तीव्र गतिका बलर कमलसिंह ऐरी र ब्याटर सन्दीप जोराले जारी विश्वकपमा कुनैपनि खेल खेल्ने अवसर पाएका छैनन् । प्रतियोगिताबाट बाहिरिसकेको हुँदा नेपालले यी तीन खेलाडीलाई विश्वकप खेल्ने अवसर दिनसक्छ ।
दक्षिण अफ्रिकाविरुद्ध नेपाल हाबी हुनुको मुख्य कारण स्पिन आक्रामण थियो । तर बंगलादेशले स्पिन राम्रो खेल्ने गर्छ । बंगलादेशका सबै घरेलु मैदान स्पिन सहयोगी छन् । त्यसैले तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र अभिनाश बोहराले पनि यो खेलमा राम्रो गर्न सक्नुपर्छ । युवा ब्याटर तौव्हीद ह्दोय स्पिन राम्रो खेल्ने ब्याटर हुन् ।
विकेटकिपर लिटन दास, युवा ओपनर तान्जिद हसन, अनुभवी अलराउण्डर सकिब अल हसन र महमुदूल्लाह रियादले बंगलादेशको ब्याटिङ सम्हाल्नेछन् ।
बंगलादेशको बलिङ आक्रमण मजबुत छ । तीव्र गतिका बलरमा तस्किन अहमद र मुस्ताफिजुर रहमान तथा स्पिनरमा सकिब र रिसाद हसन छन् । युवा लेग स्पिनर रिसाद हसनले दक्षिण अफ्रिकासँग १, श्रीलंका र नेदरल्यान्ड्ससँग ३/३ विकेट लिएका छन् । रिशादबाट नेपाली ब्याटर केही सचेत हुनुपर्छ ।
सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिकाबीचको खेलमा स्पिनर १२ विकेट लिएका थिए । पिच स्पिनर सहयोगी छ । त्यसैले दुबै टोलीका स्पिनरको प्रदर्शन महत्वपूर्ण हुनेछ । पिच हेर्दा १५० माथिको स्कोर नेपाललाई जित्न पर्याप्त बन्नसक्छ ।
दक्षिण अफ्रिकाविरुद्ध ओपनर कुशल भुर्तेलले १३ र आसिफ शेखले ४२ रन बनाउँदै लयमा फर्किने संकेत दिएका छन् । अनिल साहले २४ बलमा २७ रनको आक्रामक इनिङ खेलेका थिए । रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुलशन झाले राम्रो प्रदर्शन गर्न आवश्यक छ । ठूलो अपेक्षा गरेका दीपेन्द्रले बलिङमा राम्रो गरेपनि ब्याटिङमा गर्न सकेका छैनन् ।
‘हामीले कुनै रणनीति परिवर्तन गर्ने छैनौं । आक्रामक क्रिकेट खेल्ने छौं । नेपालले दक्षिण अफ्रिकाविरुद्ध राम्रो खेलेको थियो । हामी हाम्रो उत्कृष्ट क्रिकेट खेल्न खोज्ने छौं’, नेपालसँग खेल्नुअघि बंगलादेशका बलर रिशाद हसनले भने ।
‘बंगलादेशविरुद्ध हाम्रो प्रक्रिया (प्रोसेस) मा ध्यान दिन धेरै महत्वपूर्ण छ । हामीले भावनालाई नियन्त्रण गर्न सक्नुपर्छ । हरेक एक बल फरक हुनेछ । पुनरागमन हाम्रो बलियो गर्ने छौं’, नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईले बंगलादेशसँग खेल्नुअघि भने ।
हेड टु हेड :
नेपाल र बंगलादेशबीच हालसम्म एकमात्रै टी–२० आई खेल भएको छ । २०१४ को टी–२० विश्वकपमा नेपाल ८ विकेटले पराजित भएको थियो । उक्त विश्वकप खेल्दा नेपालका सोमपाल कामी, बंगलादेशका सकिब अल हसन र महमुदूल्लाह रियाद टोलीमा छन् ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।
बंगलादेशको टोली :
नाज्मुल हसन सान्टो(कप्तान), तस्किन अहमद, जाकेर अली, लिटन दास, मेहेदी हसन, महमुदूल्लाह रियाद, मुश्ताफिजुर रहमान, रिशाद हसन, सकिब अल हसन, शोरिफुल इस्लाम, सौम्य सरकार, तनवीर इस्लाम, तान्जिद हसन, तान्जिम हसन सकिब र तौह्वीद ह्दोय ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

३ असार २०८१, आईतवार
अन्तर्राष्ट्रिय

प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : महेश बस्नेत

३ असार २०८१, आईतवार
बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक
अन्तर्राष्ट्रिय

बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक

३ असार २०८१, आईतवार
अन्तर्राष्ट्रिय

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

३ असार २०८१, आईतवार
Next Post
महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर पाण्डेय र ओभरसियर मण्डल भ्रष्टाचारी ठहर

महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर पाण्डेय र ओभरसियर मण्डल भ्रष्टाचारी ठहर

कांग्रेस–एमालेको बहिस्कारपछि काठमाडौँ महानगरको नगरसभा स्थगित

कांग्रेस–एमालेको बहिस्कारपछि काठमाडौँ महानगरको नगरसभा स्थगित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh