• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मन्त्रालय भागबण्डा मिलाउन मोदीलाई सकस


मोदीले बाराणसीमा जिते चुनाव

२७ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ७३ वर्षीय मोदीका लागि प्रधानमन्त्रीको यो लगातार तेस्रो कार्यकाल हो ।
लगातार तेस्रो कार्यकालसम्म प्रधानमन्त्री बन्ने उनी भारतको दोस्रो नेता हुन् । यसअघि जवाहरलाल नेहरु लगातार तीन कार्यकाल प्रधानमन्त्री बनेका थिए । नेहरु १९५२, १९५७ र १९६२ मा भएका आम निर्वाचन जित्दै तीनपटक प्रधानमन्त्री बनेका थिए ।
लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेपछि मोदी जेठ २५ गते प्रधानमन्त्री नियुक्त भएका थिए
शपथ ग्रहण समारोह आज साँझ सवा सात बजे राष्ट्रपति भवनमा हुने छ । प्रधानमन्त्री मोदीको शपथ ग्रहण पछि मन्त्रीहरुले शपथ ग्रहण गर्ने छन् । शपथ ग्रहण समारोह करिब ४५ मिनेट चल्ने छ ।
भाजपाले गृह, रक्षा, अर्थ, विदेश जस्ता महत्वपूर्ण मन्त्रालय आफैंसँग राखेको छ ।
गठबन्धनका अन्य दलहरुलाई नागरिक उड्डयन, कोइला, इस्पात लगायतका आकर्षक मन्त्रालय जिम्मा दिने तयारी छ । सरकार गठनमा निर्णायक भएका नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडु नेतृत्वको तेलगु देशम पार्टीले आकर्षक मन्त्रालय पाउने भनिए पनि भागबण्डा सार्वजनिक भएको छैन । को–को मन्त्री बन्दैछन् भन्ने पनि अहिलेसम्म खुलाइएको छैन ।
सम्भावित मन्त्रीहरुको सूचीमा जितनराम माझी, राजनाथ सिंह, जयन्त चौधरी, अनुप्रिया पटेल, निनित गडकरी, सुदेश महतो, एचडी कुमार स्वामी, प्रह्लाद जोशी, जयन्त चौधरी, राममोहन नायडु, पी चन्द्रशेखर लगायत रहेको भारतीय मिडियाहरुले लेखेका छन् ।
मन्त्री पदको भागबण्डा मिलाउन राति अबेरसम्म अमित शाहको निवासमा भाजपा अध्यक्ष जेपी नड्डासहितका नेताहरुको बैठक बसेको थियो । अघिल्ला दिनहरुमा पनि लगातार बैठक र छलफल भइरहेको थियो । तर सहमति जुटेको छैन ।
भारतमा कति हुन्छन् मन्त्री ?
भारतको संविधानमा भएको व्यवस्था अनुसार लोक सभाको कूल सदस्य संख्या (५४३) को १५ प्रतिशत अर्थात् ८१ जनाभन्दा धेरै मन्त्री बनाउन पाइँदैन ।
मोदीले सन् २०१४ मा सुरुमा ४६ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । त्यसमा २४ जना क्याबिनेट मन्त्री, १० जना राज्यमन्त्री स्वतन्त्र प्रभार र १२ राज्यमन्त्री थिए । सन् २०१९ मा मोदीसहित ५८ मन्त्रीले शपथ ग्रहण गरेका थिए । तर दुवै कार्यकालमा मन्त्रिपरिषद विस्तार गरेर क्रमशः ७१ र ७२ पुगेको थियो ।
यसपटक भागबण्डा मिल्न बाँकी रहेकाले मोदीले सुरुमा ३० देखि ४० जनासम्मको मात्र मन्त्रिपरिषद गठन गर्ने तयारी गरेको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

२७ जेष्ठ २०८१, आईतवार
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनमा ८४ अर्बको भौतिक नोक्सानी, १३ सयभन्दा बढी हतियार लुटिए

२७ जेष्ठ २०८१, आईतवार
अन्तर्राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२७ जेष्ठ २०८१, आईतवार
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

२७ जेष्ठ २०८१, आईतवार
Next Post
मधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा साह नियुक्त

मधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा साह नियुक्त

मधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा साह नियुक्त

मधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा साह नियुक्त


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh