• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सर्वोच्चमा बहस : नियमावलीकै आधारमा मात्र दल दर्ता हुन्छ ?


उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको दल विभाजन विरुद्धको रिट सर्वोच्च अदालतमा बहस चलिरहेको छ। न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा शुक्रबारदेखि यादवको रिटमा सुनुवाइ सुरु भएको थियो । शुक्रबार यादव पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए । शुक्रबार ओपनिङ बहस मात्र भएको र विपक्षी कानुन व्यवसायीको पालो नपाउने भएपछि हेर्दाहेर्दैमा राखिएको थियो
आइतबार बिहान ११ : ३० बाट बहस सुरु भएको थियो । सुरुमा यादवको पक्षबाट वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले बहस गरेका थिए । उनीपछि सरकारी वकिलको पालो थियो । केसीले दल दर्ता गर्नका लागि ऐन हुनुपर्ने तर निर्वाचन आयोगले नियमावलीको आधारमा मात्र दर्ता गरेकाले नयाँ दल दर्ता प्रक्रिया असंवैधानिक भएको जिकिर गरेका थिए ।
उनीहरूपछि निर्वाचन आयोगको तर्फबाट बहस भएको थियो । उक्त बहसको नेतृत्व नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरेले गरेका थिए । उनीसँगै सह न्यायाधिवक्ता सूर्यराज दाहालले बहस गरेका थिए ।
उनीहरुले बहस गरिरहँदा न्यायाधीश फुयाँल र श्रेष्ठले नियमावलीको आधारमा कसरी दल दर्ता गर्ने निर्णय निर्वाचन आयोगले गर्‍यो अनि दल दर्ता गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐनको अवस्था के हो भनि प्रश्न गरेका थिए । उनीहरुले आयोगले दल दर्तासम्बन्धी कानुन नभएपछि नियमावलीको आधारमा गर्न सक्ने विगतका केही नजिरहरू भएको र त्यही आधारमा जसपा नेपालबाट विभाजन भएको दललाई मान्यता दिएको दाबी गरे ।
उनीहरूको बहस सकिएपछि चिया ब्रेक भएको थियो । चिया समयपछि महान्यायाधिवक्ता दिनमणि पोखरेलले बहस गर्ने छन् । महान्यायाधिवक्ता पोखरेलपछि अशोक राई पक्षका केही कानुन व्यवसायीले बहस गर्नेछन् । राईसहितका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमेश बडाल, टिकाराम भट्टराई, रविनारायण खनाल र अधिवक्ता ईश्वरी भट्टराई लगायतले बहस गर्ने तयारी गरेका छन् ।
उनको कुरा सुनेपछि इजलासले यादव पक्षलाई बहसमा उठेका कुरामा जवाफ दिने समय उपलब्ध गराउने छ। यसरी सबै पक्षको कुरा सुनेपछि आजै बहस सकिएमा सर्वोच्चले फैसला सुनाउने छ। सर्वोच्चले सुनाउने फैसलाले नयाँ दल दर्तादेखि अन्य राजनीतिक बाटो तय गर्ने छ।
सर्वोच्चले यसअघि एकल इजलासबाट अन्तरिम आदेश समेत जारी गरेको थियो । तर विभाजित भएका दलका नेताहरू मन्त्री बन्नेदेखि प्रधानमन्त्रीलाई विश्वासको मत दिनेसम्मका कार्यमा सहभागी भएका छन् । रिटमा हुने फैसलाले यी कुराहरू पनि विवादमा पर्ने कि नपर्ने निर्णय हुनेछ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

२७ जेष्ठ २०८१, आईतवार
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनमा ८४ अर्बको भौतिक नोक्सानी, १३ सयभन्दा बढी हतियार लुटिए

२७ जेष्ठ २०८१, आईतवार
अन्तर्राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२७ जेष्ठ २०८१, आईतवार
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

२७ जेष्ठ २०८१, आईतवार
Next Post
मोदीले बाराणसीमा जिते चुनाव

मन्त्रालय भागबण्डा मिलाउन मोदीलाई सकस

मधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा साह नियुक्त

मधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा साह नियुक्त


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh