• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

अमेरिका उड्दा उड्दै महन्थ ठाकुरको नाम बेचे सिके राउतले


जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दै

जनमत पार्टीका अध्यक्ष सिके राउत बिहीबार साँझ अमेरिका उडेका छन् । अमेरिका उड्नुअघि उनले एयरपोर्टबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर मधेस प्रदेशमा सरकार बनाउनका लागि सहयोग माग गरेका छन् ।
‘मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरिसकेका छन् । तपाईंको पार्टीले सहयोग गर्‍यो भने मधेस प्रदेशमा पाँच पार्टीको सरकार बन्नेछ र त्यसमा तपाईँको साथ चाहिएको छ’ अध्यक्ष राउतले महन्थ ठाकुरलाई फोनमा आग्रह गरे ।
उनले अध्यक्ष ठाकुरलाई भने, ‘म अमेरिका जाँदैछु अहिले एयरपोर्टमा छु, तपाईसँग साथीहरू तपाईसँग कुरा गर्न आउनुहुन्छ, कृपया उहाँहरूसँग कुराकानी गरेर समर्थन जनाइदिनुहोला ।’ त्यसको जवाफमा अध्यक्ष ठाकुरले ‘पहिला कुरा गरौँ न, कुरा गर्न को आउनुहुन्छ, उनलाई पठाइदिनु’ भनेका छन्
त्यसपछि अध्यक्ष राउतले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई फोन गरेर लोसपा जनमतको नेतृत्वमा सरकार बनाउन तयार भएको र तपाईँले पनि समर्थन जनाइदिनुपर्‍यो भन्दै आग्रह गरेका छन् ।
त्यसलगत्तै माओवादी, जनमत र एमालेका मधेस प्रदेश संसदीय दलका नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मधेस प्रदेशमा निर्माण भएको नयाँ राजनैतिक परिस्थितिमा प्रदेशमा रहेको भ्रष्टाचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि आज नेपाल कम्युनिस्ट पार्टी एमाले, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र नेकपा (एस) दलको सहभागितामा नयाँ संयुक्त मधेस सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको छ ।
सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा अन्य दलहरूसँग पनि सकारात्मक संवाद अघि बढाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख ।
तर लोसपाका महासचिव सुरेन्द्रकुमार झाले भने मधेस प्रदेशमा नयाँ सरकार गठनको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको बताउँदै आफूहरूले परिस्थितिलाई नजिकबाट नियालिरहेको र सही समयमा पार्टीले उचित निर्णय लिने बताएका छन् ।
यो विज्ञप्ति सरासर गलत भएको र यसले नेपाली राजनीतिमा भ्रम सृजना गर्ने काम गरेको बताउँदै लोसपाका अर्का महासचिव मनिष मिश्रले अध्यक्ष राउतले एयरपोर्टबाट लोसपाका अध्यक्ष ठाकुरलाई फोन गरे पनि विज्ञप्तिमा भनिएको जस्तो कुनै सहमति नभएको बताए ।
अध्यक्ष राउतले लोसपासँग सरकार गठनका लागि सहयोग माग्दै आफ्नो पार्टीका नेता कुरा गर्न आउने भनेका र अध्यक्ष ठाकुरले हुन्छ पठाइदिनु मात्र भन्ने बचन दिएका मिश्रले बताए । त्यसबाहेक अरू केही कुरा नभएको उनको भनाई थियो ।
‘लोसपाका अध्यक्ष ठाकुरको नाम बेच्ने काम भएको छ, त्यसप्रति हाम्रो आपत्ति छ’ उनले भने । मधेस प्रदेशमा कांग्रेस, लोसपा, जसपा र नेकपा (एस) ले सरकार बनाउन कसरत गरिरहेका बेला जनमत, माओवादी र एमालेले सो विज्ञप्ति निकालेको हो ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
अन्तर्राष्ट्रिय

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

१८ जेष्ठ २०८१, शुक्रबार
कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते
अन्तर्राष्ट्रिय

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

१८ जेष्ठ २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

१८ जेष्ठ २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

१८ जेष्ठ २०८१, शुक्रबार
Next Post
चुरे न बचाए पानी बचिदैन

चुरे न बचाए पानी बचिदैन

विनाशको देखियो असर : चुरे आसपास खानेपानीको हाहाकार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh