गोपाल झा
महोत्तरी , जेष्ठ १६ गते
भारतबाट भन्सार छली गरेर नेपाल तर्फ ल्याइएको १ लाख ६१ हजार २३० रुपैया सबराबरको माल सामान महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको सम्सी गाँउपालीका ३ तथा बलवा नगरपालीका ९ बाट प्रहरीले बिआर ३१ एटी ३६०२ लेखेको भारतिय नम्बर प्लेटको मोटरसाइकलमा लेडिज सुटपिस र थानबाला कपडा गरी १ लाख दुई हजारको र चिनी , मैदा , कोक , प्याज लगायतका ५९ हजार २३० रुपैया बराबरका किराना समानहरु प्रहरीले नियन्त्रणमा लिईएको महोत्तरीका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिएका हुन् ।
नियन्त्रणमा लिईएका मोटरसाईकल सहीत किरानाका समानहरु आवस्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवरा पठाईने कार्य भई रहेको प्रहरी नायव उपरिक्षक जैसवारले जानकारी दिएका हुन् ।









































































































