• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया रिहा


कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । सहकारी ठगी लगायत विषयमा श्रृंखलाबद्ध शोधपूर्ण समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा हुनुभएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।

अध्यक्ष सिरोहियाका वकिल रमन कर्णले सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृतिमा प्रहरीले रिहा गरेको जानकारी दिनुभयो ।
‘उहाँलाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको छ । प्रहरीले रिहा गरिसकेको जानकारी हामीलाई दिएको छ । सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृति सहितको पत्रका आधारमा धनुषा प्रहरीले ललितपुर प्रहरीलाई पत्र पठाएपछि हिरासतबाट छोडिएको हो,’ कर्णले भन्नुभयो ।
अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा ल्याएको थियो ।
अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित सहरकारी ठगी सम्बन्धी सोधपूर्ण समाचार कान्तिपुरले प्रकाशित गरेकोमा प्रतिशोध साँधेर अध्यक्ष सिरोहियाको नागरिकताको विषय झिकेका थिए । अनुसन्धानको क्रममा नागरिकतामा बिगो, कैद र जरिवाना हुनेखालका कुनै पनि कसूर पुष्टि हुने आधार नदेखिएको र नागरिकता जारी गर्ने क्रममा भएका त्रुटिगत विषयलाई प्रशासनबाटै सम्बोधन हुनुपर्ने भन्दै सरकारी वकिलको कार्यालय, धनुषाका अधिकारीसमेतले छिटो अनुसन्धान टुंग्याएर प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाका सहन्यायाधिवक्ता सुदीप दंगालले अनुसन्धानका क्रममा खुलेका तथ्य, प्रमाण र विषयको अवस्था हेरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हाजिरी जमानीमा छोड्ने निर्णय भएको बताउनु भयो ।
अध्यक्ष सिरोहियालाई जेठ ८ गते साँझ थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको आधार देखाउँदै पक्राउ गरी रातारात धनुषा पठाएको थियो ।
नागरिकता सम्बन्धी विषयमा सिरोहियामाथि धनुषा जिल्ला प्रहरीमा परेको उजुरीमा कुनै सोधपुछ नै नगरी अदालतबाट पूर्जी लिएर पक्राउ गरिएको थियो । जेठ ८ गते मंगलबार पक्राउ परेका उनलाई शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि जेठ ११ गते हिरासतबाट अस्पताल भर्ना गरिएको थियो ।
प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको थियो । मुटुमा समस्या देखिएपछि मुम्बईमा एन्जिओग्राफी गराएका सिरोहियालाई काव्या अस्पतालले ललितपुरको मेडिसिटी अस्पताल रिफर गरेको थियो । सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या रहेको अवस्थामा स्वास्थ्य अवस्था असामान्य भएपछि काव्या अस्पतालका चिकित्सकले कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिललाई टेलिफोनमार्फत सल्लाह गरी उपचार गरेको थियो ।
काव्या अस्पतालमा उपचार सम्भव नभएपछि जेठ १५ गते मंगलबार ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा समस्या बढेपछि एयरलिफ्ट गरेर मंगलबार मेडिसिटी अस्पताल पठाइएको थियो । स्वास्थ्य निगरानीका लागि चिकित्सकहरूले सीसीयूमा भर्ना गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते
अन्तर्राष्ट्रिय

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

१६ जेष्ठ २०८१, बुधबार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

१६ जेष्ठ २०८१, बुधबार
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

१६ जेष्ठ २०८१, बुधबार
अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१६ जेष्ठ २०८१, बुधबार
Next Post
प्रचण्ड र ओली संघीयताविरोधी हुन् : मुख्यमन्त्री यादव

मधेस प्रदेश : विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव

महोत्तरीमा भन्सार छली गरेर ल्याइएको डेढ लाख भन्दा बढीको मालसामन बरामद

महोत्तरीमा भन्सार छली गरेर ल्याइएको डेढ लाख भन्दा बढीको मालसामन बरामद


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh