रामगाेपालपुर, जेष्ठ ०६ गते । मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा भैरव स्थानको शिलान्यास गरेको छ।पर्यटन विकास कार्यालयकाे बजेटबाट भैरव स्थानकाे बाउन्डृी बाल र साैन्दर्यकरणकाे शिलान्यास गरिएकाे छ ।उक्त कार्य २०लाख बराबरकाे रकमकाे रहेकाे सांसद सराेज सिंह कुश्वाहाले जनाएकाे छ ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा मनरा शिस्वा नगरपालिका वडा नं.२ को ईटहर्वाकट्टीमा एक कार्यक्रमका बीच भैरवास्थानको उक्त कार्यक्रमकाे शिलान्यास गरेको हो।
शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख मोहन पाण्डेय, अतिथि वाडा अध्यक्ष नरेश कुमार सिंह, ज.स.पा नेता जितेन्द्र चौधरी, रबिन्द्र चौधरी, स्थानीय नेता भजन मण्डल लगायत दर्जनाै नागरिक समाज र युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।भैरव स्थानकाे साैन्दर्यकरण र बाउन्डृीवालकाे कामले स्थानिय र साधु संतहरुले नेता कुश्वाहाकाे जय जयकारबनाइ हर्षित भएका थिए ।उपस्थित स्थानियहरुले अगामिदिनमा समेत नेता कुश्वाहालाइ नै मत दिई जिताउने वचन दिएका छन ।










































































































