• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लोभी पापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवा स्वप्न मात्रै हो : उपेन्द्र यादव


लोभी पापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवा स्वप्न मात्रै हो : उपेन्द्र यादव

जनकपुरधाम, बैशाख २९ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन् ।
मधेसी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरुको हताश मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताए ।
सत्ता टिकाउन आफूले जसपा नेपाललाई फुटाएको प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति सहितको भिडियो सामाजिक संजालमा भाइरल भईरहेको समयमा मन्त्री यादवले २/४ जना लोभी पापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवा स्वप्न मात्रै रहेको बताए ।
निर्दलीय व्यवस्था बिरुद्ध लडेका कांग्रेस कम्युनिष्ट बिरुद्ध पनि यस्तै षडयन्त्र हुन्थ्यो, उनले भने ‘षडयन्त्र गर्नेहरु मात्रै नभई त्यो व्यवस्था नै सखाप भए, अहिले आएर जसपा नेपाल बिरुद्ध गरिएको षडयन्त्र स्वरुप २/४ जनालाई फुटाएर लग्दैमा रण जितेको सोच्नु भ्रम मात्रै हो ।’
मधेसको मुद्दा, संघियता संस्थागत लगायतका मुद्दालाई कमजोर पार्ने उद्देश्यले पहिले देखि नै षडयन्त्र हुँदै आईरहेको थियो, सोही षडयन्त्र स्वरुप अतृप्त आत्माहरुलाई प्रयोग गरेर जसपा नेपाल माथी मात्रै नभई मधेस माथी प्रहार गरिएको अध्यक्ष यादवको भनाई थियो । पार्टीबाट केही लोभीहरु अलग्गिदैमा जसपा नेपाल कमजोर नहुने दावी गर्दै उनले अब जसपा नेपाल थप गतिका साथ अगाडी बढ्ने स्पष्ट पारे । उनले भने ‘यहाँबाट भागेकाहरु उतैबाट फुटेर आएका थिए, त्यही गएका छन् अब कहाँ जान्छन् ठेगान छैन, जता स्वार्थ पूर्ती हुन्छ उतै लाग्छन् होला ।’ अगाडी थप्दै भने ‘जसरी शरीर स्वस्थ रह्नका लागि बिकार निकाल्नु पर्छ राम्रै बिकार निक्लिएर गएको छ अब स्वच्छताका साथ पार्टी थप वेगले अगाडी बढ्ने छ ।’
उनले मधेसको मुद्दा र संघियता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने बताए ।
एक अर्को प्रसंगमा मन्त्री यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
स्वास्थ्यकर्मी फोरमका कार्यबाहक अध्यक्ष सच्चिदानन्द जयसवालको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघिय राज्यमन्त्री दिपक कार्की , जसपा नेपालका राजनीतिक समिति सदस्य हरिनारायण यादव, डा सुरेन्द्र यादव, प्रदेश अध्यक्ष बालकिशोर यादव, मधेश सरकारका अर्थमन्त्री संजय यादव, खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साह सहितको सहभागिता रहेको थियो ।
आइतबार सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२९ बैशाख २०८१, शनिबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२९ बैशाख २०८१, शनिबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

२९ बैशाख २०८१, शनिबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२९ बैशाख २०८१, शनिबार
Next Post
प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन

प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन

कांग्रेस लोकतान्त्रिक होइन, सत्ता स्वार्थमा डुबेको पार्टी हो : ओली

कांग्रेस लोकतान्त्रिक होइन, सत्ता स्वार्थमा डुबेको पार्टी हो : ओली


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh