• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

शुक्रबार केही कम हुन्छ, शनिबारदेखि फेरि वर्षा हुन्छ : मौसमविद्


शुक्रबार केही कम हुन्छ, शनिबारदेखि फेरि वर्षा हुन्छ : मौसमविद्

२७ वैशाख, काठमाडौं । आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार भने हिजो र आजको तुलनामा कम पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने धेरै ठाउँमा पानी पर्ने प्रक्षेपण छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारत बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ । यी सबैको संयुक्त प्रभावले बादल लाग्ने र पानी पर्ने भएको हो । आज बिहानपख पनि कोशी प्रदेशमा हल्का र काठमाडौंमा छिटपुट वर्षा भएको थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले काठमाडौंमा अहिले घाम लागे पनि दिउँसो फेरि बादल लाग्ने र पानी पर्ने बताइन् । ‘भोलि पनि बादल लाग्छ, तर वर्षाको सम्भावना कम छ । पर्सि शनिबारदेखि फेरि पानी पर्ने क्रम बढ्छ,’ उनले भनिन्, ‘जुन महिना नजिकिँदै छ, त्यसैले अब यस्तो हुनु सामान्य हो ।’
उनका अनुसार पहाडी भागमा बढी पानी पर्ने र उच्च पहाडी तथा हिमाली भागमा हिमपात पनि हुने सम्भावना रहेको बताइन् ।
महाशाखाले जारी गरेको बुलेटिनमा आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज दिउँसो नेपालको पूर्वी भागमा पानी पर्ने सम्भावना छ । भोलि शुक्रबार पूर्वी भागमा आंशिक बदली हुने र दिउँसो पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने अधिक वर्षाको सम्भावना रहेको पोखरेलको प्रक्षेपण छ ।
पानी पार्ने प्रणाली अहिले मधेश प्रदेश माथिको आकाशतिर केन्द्रित भइरहेको छ । त्यसैले मधेश प्रदेशका जिल्लाहरुमा पनि वर्षाको सम्भावना छ ।
अहिले प्रिमनसुन अवधि चलिरहेकाले हावाहुरी, चट्याङ र वर्षा हुने गर्दछ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार गत चौबिस घण्टामा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२७ बैशाख २०८१, बिहीबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२७ बैशाख २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

२७ बैशाख २०८१, बिहीबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२७ बैशाख २०८१, बिहीबार
Next Post
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

फेरि फुट्यो जसपा, लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा

फेरि फुट्यो जसपा, लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh