गोपाल झा
महोत्तरी, चैत १२ गते
महोत्तरीको एकडारा १ स्थित संचालित बिद्यार्थी बिद्यानिकेतन ईङ्गलिश बोर्डीङ्ग स्कुलले एक विशेष कार्यक्रम विच हर्षोल्हासका साथ रंङ्ग तथा भाईचाराको पर्व होलि पर्बको अबसरमा शुभकामना आदान प्रदान गर्दै होली पर्ब मनाएको छ ।
होलि तथा शुभकामना आदान प्रदान कार्यक्रममा स्कुलका शिक्षक,शिक्षिका,कर्मचारी तथा विद्यार्थीहरुले एक अर्कालाई अबिर लगाई शुभकामना आदान प्रदान गरेका छन् ।
शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयका संस्थापक अग्नि कुमार झाले
होलि असत्यमाथि सत्यको जित , आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होलीपर्वले गलत कुरालाई हटाई सहि र यर्थाथमा लगि जिवनलाई सफल बनाउन उपस्थित सबैसँग आग्रह गरे । साथै झाले होलि पर्ब मनाउने क्रममामा संयमता अपनाई शान्तिपूणर् रुपमा मनाउन सबैसँग आग्रह गर्नुभयो ।
संचालक झाले बिद्यालयम शिक्षक , शिक्षिका तथा कर्मचारीहरुलाई टाँफी र अबिर प्रदान गर्नु भयो । कार्यक्रममा विद्यार्थीहरु एकआपसमा अबिर दल्दै नृत्य गरेर समेत खुशियाली बाँडेका थिए ।










































































































