गोपाल झा
महोत्तरी,चैत्र ३ गते
राष्ट्रपती रामचन्द्र पौडेलले महोत्तरीमा सहिदहरूको प्रतमिा अनावरण गरेका हुन् । शनिबार मटीहानीमा सहीद केशव कोइराला र जलेश्वर ५ चौरीयामा स्व. गणेश नेपालीको प्रतीमा अनावरण गरेका हुन् । । .
मटीहानीमा सहिद कोईरालाको प्रतीमा अनावरण पश्चात् सम्बोधन गर्दै राष्ट्रपती पौडेलले मटीहानी -जलेश्वर-जनकपुर- सिन्धुली -ओखलढुङ्गगा हुँदै सगरमाथा जोड्ने सडक क्रान्तीको करीडोर रहेको बताए.। सम्बोधनमा उनले सुशासन , बिकास रोजगारी र उत्पादनमार्फत राष्ट्रलाई समृद्ध बनाउन’पर्ने बताउनु भएको छ ।
उनले २०२२ सालमा मटिहानीमा सहादत प्राप्त गरेका सहिद केशव कोइरालालाई स्मरण गर्दे सहिदहरूकै बलिदानीले देश लोकतन्त्र र गणातन्त्र पाएको बताएका हुन् । मटिहानी पुग्दा राष्ट्रपती पौडेललाई मटिहानी नगर प्रमुख हरी प्रसाद मण्डलले स्वागत गरेका थिए ।
मटिहानिमा सहीद कोइरालाको प्रतीमा अनावरण पुर्व राष्ट्रपती पौडेलले जलेश्वर नगरपालकिा -५ चौरीयास्थति प्रजातान्त्रकि योद्धा स्व.गणेश नेपालीको प्रतीमा अनावरण तथा कुटी उद्यानको उद्घाटन गर्नुहुँदै उहाँले व्यवस्था परीवर्तन भएपनी जनताको अवस्थामा कुनै परीवर्तन र सुघार नआए लोकतन्त्रको उदेश्य पुरा हुन नसक्ने बताउनुभयो । उहाँले गरीब र वीपन्नको जीवनस्तरमा परीवर्तन भए मात्रै लोकतन्त्र सार्थक हुने बताउनुभयो ।
स्व.गणेश नेपालीको प्रतीमा अनावरण पश्चात मटिहानी स्थित राजकीय संस्कृत आवासीय वद्यिालयको अवलोकन गरेका थिए । महोत्तरीमा आयोजति वविधि कार्यक्रममा सरीक हुने क्रममा मुलुककै जेठो गुरुकुलमा पुगेका राष्ट्रपती पौडेलले त्यहाँको बिषयबस्तु सम्बन्धमा अनुभव लिँदै संस्कृत विषयको पठनपाठन गराउँदै आएकोमा खुशी ब्यक्त गर्दे राष्ट्रपती पौडेलले विद्यालय परिवारलाई धन्यवाद दिएका हुन् । । राष्ट्रपतीको पौडेल वीद्यालयमा पुग्दा गुरुकुलका शिष्यहरुले स्वास्तकि मन्त्र उच्चारण गरी स्वागत गरेका थीए ।
गुरुकुलका प्राचार्य ईश्वरीप्रसाद पौडेलले संस्कृत लिपी सम्मानपत्र र रुद्राक्षको माला राष्ट्रपतीलाई लगाईदीएका थीए । त्यही क्रममा प्रचार्य ईश्वरीप्रसाद पौडेलले वीद्यालयमा रहेको समस्याबारे संक्षीप्त जानकारी गराउँदै वर्तमान समयमा आवासीय रुपमा वीद्यालय संचालनका लागी धेरै कठीनाई रहेकोले समयमै सहयोगका लागी राष्ट्रपती समक्ष निबेदन गरेका थिए ।
राष्ट्रपति पौडेलसँगै लोसपाका राष्ट्रिय अध्यक्ष तथा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर, प्रदेश सांसद रानी शर्मा तिवारीलयागतका अन्य सांसदहरूसमेत उपस्थित थिए ।
राष्ट्रपती पौडेल महोत्तरी पुग्दा महोत्तरीको पिपडा स्थित स्व. रामनारायण मीश्रको सालीकमा समेत माल्यार्पण गर्नुभयो ।
महोत्तरी आएका राष्ट्रपती पौडेल सदरमुकाम जलेश्वरस्थित जलेश्वनाथ महादेव मन्दीरमा दर्शन गरेका थिए । सदैब जलभीत्र जलशेन रहने जलेश्वरनाथ महादेबको दर्शन गर्दै वहाँले पुजाअर्चना समेत गरेका थिए । .
जलेश्वर नगरपालीकाका मेयर शुरेस साह सोनारको अगुवाईमा राष्ट्रपती पौडेललाई मन्दीरका मुख्य पुजारी उपेन्द्र पाठकले जलेश्वर नाथको मुल गुफा जलभीत्र रहेका जलेश्वरनाथको वीशेष पुजाअर्चना गराएका थीए । उनले मन्दीर परीसरमा रहेको माता पार्वती र गणेशको पनी पुजा दर्शन गरेका थिए । राष्ट्रपती पौडेललाई जलेश्वरका मेयर शुरेस साह नगरको तर्फबाट मायाको चीनो प्रदान गरेका थिए ।










































































































