• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

आज शिवरात्री महापर्व, बेहुलीझैँ सिंगारिए जलेश्वर शिवमय , नगरक्षेत्र भित्र तिनदिन मद्यमांस निषेध


आज शिवरात्री महापर्व, बेहुलीझैँ सिंगारिए जलेश्वर शिवमय , नगरक्षेत्र भित्र तिनदिन मद्यमांस निषेध

महोत्तरी

गोपाल झा ,, फाल्गुन २५ गते

हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी देशभर मनाउन लागिएको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बी महाशिवरात्रिको बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्छन् ।

महाशिवरात्रिका अवसरमा महोत्तरीको जलेश्वर स्थित जलेश्वरनाथ महादेबमन्दीरमा  बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । जलेश्वर अहिले शिबमय भएको छ । जलेश्वरनाथ महादेब मन्दीर सहित जलेश्वर नगर समेतलाई सफा सुघर बनाएर बेहुलीझैँ सिंगारिएको छ । जलगुफामा बिराजमान भगवान् जलेश्वरनाथ महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न ठाउँसहित छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको जलेश्वरनाथ मन्दिरमा घुइँचो लाग्ने गर्छ ।

     आजको दिन भगबान शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने विश्वास गरिन्छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूणर् अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीणर् भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व) ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

यता शिवरात्री महापर्वका अवसरमा नगरक्षेत्रको पवित्रता तथा शुद्धता कायम राख्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले जलेश्वर नगर क्षेत्रमा तीन दिनका लागि मांसमदिरा तथा नशालु पदार्थ बेतबिकन तथा सेवन गर्न समेत निषेध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक विज्ञप्ति प्रकाशित गरी फागुन २४ गते देखी २६ गते तीन दिन सम्म जलेश्वर नगर क्षेत्रभित्र तोकिएका चारकिल्लाभित्र मांस, मदिरा र नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार र सेवन गर्न निषेध गरिएको जनाएको छ ।

स्थानीय प्रशासनले मद्यमांस तथा नशालु पदार्थ तोकेको चारकिल्लामा राविम क्याम्पसदेखि पूर्व, नेपाल पत्रकार महासंघको कार्यालयदेखि पश्चिम, जिरोमाइलदेखि दक्षिण र खैराचोकदेखि उत्तरका क्षेत्र गरी यी चारकिल्लाभित्र महापर्बको इक दिन अघि रएक दिन पछी गरी ३ दिन सम्म महापर्वका अवसरमा नगरक्षेत्रको पवित्रता तथा शुद्धता कायम राख्न सो निषेधाज्ञा जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

जिप्रका महोत्तरीका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार निर्धारित स्थानलाई निश्चित अवधिका लागि मद्यमांस र नशालु पदार्थ निषेधित क्षेत्र बनाइएको हो । निषेधाज्ञाविरुद्ध जानेहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ मा कसैले कुनै काम गर्न लाग्दा वा केही वस्तु रहँदा वा कसैले राख्दा हुलदंगा भई शान्तिसुरक्षा भंग हुने वा कसैलाई बाधा विरोध पर्ने वा जनस्वास्थ्यलाई नाकारात्मक असर पर्ने सम्भावना भएमा प्रमुख जिल्ला अधिकारीले कसैलाई कुनै काम गर्नबाट निषेध गर्ने र कुनै सम्पत्तिको मालिक वा व्यवस्थापक वा प्रमुखलाई सो वस्तु वा सम्पत्ति सो ठाउँबाट हटाउन आदेश दिने वा सो ठाउँमा कुनै काम गर्न निषेध गर्ने उल्लेख छ ।

        पुर्बकाल देखीनै जलेश्वरनाथ महादेब मन्दीरमा भब्यरुपले मनाउँदै आईरहेको महाशिबरात्रीको अबसरमा यसबर्ष पनि महापर्बको पुर्ब संन्ध्यामा बिहिबार कलश शोभायात्रा निकालीएको छ ।

हजारौको संख्यामा श्रद्धालुभक्तजनहरु दर्शन गर्न आउने गरेकाले विशेष रुपमा शिवरात्री मनाउन शोभायात्रा निकालिएको जनाएको छ ।

कलश शोभा यात्रामा जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार मटिहानी नगरपालीकाका मेयर हरीप्रसाद मण्डल , जलेश्वर स्थित सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारी , प्रतिनिधिहरु,स्थानिय सर्बसाधारण श्रधालुहरु , विद्यालयहरु,विभिन्न युवा कल्बहरु,समाजसेवी,राजनितिकर्मी,बुद्धिजिवि,नेपाली सेना,सशस्त्र प्रहरी,जनपथ प्रहरी,नगर प्रहरी,पत्रकार तथा सर्वसाधारणहरुको सहभागीता रहेको थियो ।

          शोभा यात्रा जलेश्वर नगरको परिक्रमा गरेको थियो भने सहभागि प्रतिनिधिहरुले भगवान शिवको महिमाको बखान गर्दै भव्यता प्रदान गरेका थिए । शोभा यात्रामा हजारौ भक्तजनहरुको सहभागिता रहेको थियो ।

महाशिवरात्रीको अवसरमा जलेश्वरनाथ महादेव परिसरलाई बेहुली झै सजाइएको छ । मन्दिर भित्रका शिव मन्दिर,पार्वति मन्दिर लगायत विभिन्न मन्दिरहरुलाई शयपत्रीको फुलले सजाइएको छ भने विभिन्न ठाउँहरुमा लगाइएको गुलजस्ताले मन लोभ्याउने विश्वास गरिएको छ । मन्दिरलाई पहेलो रंगले रंगरोगन गरिएको छ भने विभिन्न ठाउँहरु ओम तथा शिव भगवानसँग सम्बन्धीत लेखहरुले यस क्षेत्रको धार्मिकतालाई दर्शाएको देखिन्छ । मन्दिरको चारै क्षेत्रलाई विभिन्न रंगीचंगी कपडा तथा फुलहरुले सजाइएको प्रष्ट देख्न सकिन्छ । साथै भक्तजनहरुको भिडलाई नियन्त्रित राख्न र जलेश्वरनाथको दर्शन सहज बनाउनको लागि बाँसको सहयोगले पूर्व,पश्चिम तथा उत्तरतिर लाइन बनाइएको छ । रात्रिकालमा बालिने झिलिमिली बत्ति तथा  सजावटले मन्दिर परिसरलाई मनमोहक बनाएको देखिन्छ । मन्दिरको मूल द्वारको माथिल्लो भागलाई समेत सयपत्रि फुलको मालाले सजाइएको छ ।

विश्वमै एममात्र जलगुफा भित्र शिवलिंग विराजमान रहेको र यस शिवलिंगको दर्शनले मोक्ष प्राप्ती हुने जनविश्वास सहित प्रत्येक वर्ष हजारौँको संख्यामा श्रद्धालु शिवरात्रीका दिन जलेश्वरनाथ शिवलिंगको दर्शन गर्ने गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीनायब उपरिक्षक दिलीप कुमार गीरीले मेलामा सुरक्षालाई विशेष प्राथमिकता दिइएको र सादा पोशाकमैसमेत प्रहरी परिचालन हुने बताए ।

शिवपुराणमा भनिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयं’ (जलेश्वर महालिङ्ग रुद्र स्वयंले स्थापना गरेका  हुन्।) जलेश्वरनाथ महादेवको स्थापना आराध्यदेव महादेव स्वयंले गरेको जनाइएको छ ।

अनादिकालमा बाबा जगदीशनाथ, चतुर्भुजनाथ र बाबा तसमैया घना जङ्गलमा बसेका बेला शिवले जगदीशनाथलाई सपनामा महादेव मन्दिर निर्माण गर्न आदेश दिएको किंवदन्ती रहेको जलेश्वरनाथ महादेवका पुजारी ओपेन्द्र पाठक बताउँछन् । बाबा जगदीशनाथले जङ्गलमा बाघ, भालु, हात्ती जस्ता जनावर रहने भएकाले कोही पनि कामदार काम गर्न नआउने बताएपछि स्वयं रुद्रले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गराइदिएको भनाइ छ ।

     जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढीमुनि जमिनभित्र छ जहाँ २४सै घण्टा जल भरिएको हुन्छ । जलेश्वरनाथ महादेव वर्षको ३६५ दिन नै जलमा विराजमान रहने विश्वास छ । मन्दिरमा शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतीक्षा गर्नुपर्छ । मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न त्यहाँको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्छ । मन्दिरमा महाशिवरात्रि, साउन महिनाको प्रत्येक सोमबार र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्छ ।

     मन्दिरको पानी बाल्टीले मात्र फालेर शिवलिङ्गको दर्शन गराउने चलन छ । भित्रको पानी मोटर वा दमकल लगाएर फाल्न सकिन्न । धेरैले धेरैपटक पानी फाल्न प्रयास गरिसके पनि सकेका छैनन् । मानव शक्तिले बाल्टिनको सहयोगमा पानी फालेमा मन्दिरको गुफा देखिने र भक्तजनले दर्शन पाउने भनाइ छ तर पानी एकै छिनमा पुनः भरिइहाल्छ । त्यसैले पटक पटक पानी फ्याँकेर भक्तजनलाई दर्शन गराउने गरिन्छ जसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवाको जमात लागिपरेका हुन्छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२५ फाल्गुन २०८०, शुक्रबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२५ फाल्गुन २०८०, शुक्रबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२५ फाल्गुन २०८०, शुक्रबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२५ फाल्गुन २०८०, शुक्रबार
Next Post
ठक्कर दिने बस स्थानीयले जलाए

ठक्कर दिने बस स्थानीयले जलाए

सत्ता गठबन्धनको विपक्षमा बस्ने राप्रपाको निर्णय

सत्ता गठबन्धनको विपक्षमा बस्ने राप्रपाको निर्णय


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh