• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

२०–२५ सिट दिने एमालेको आश्वासनपछि जनता समाजवादी पार्टीले लियो यू–टर्न


२०–२५ सिट दिने एमालेको आश्वासनपछि जनता समाजवादी पार्टीले लियो यू–टर्न

उद्धव थापा
सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो लाग्न नसकिरहेको बेला सहयात्री दल जनता समाजवादी पार्टी (जसपा)ले शनिबार दिउँसो गठबन्धनबाट बाहिरिने संकेतसहितको विज्ञप्ति जारी गर्‍यो l
शनिबार दिउँसो सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकको निर्णय भन्दै पार्टी प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गरेका थिए ।
उनले प्रेस नोटमा गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफल जसपाको लागि उपयुक्त नभएको भन्दै गठबन्धन भित्रका दलहरूसँग मित्रवत प्रतिस्पर्धा र अन्य दलसँग चुनावी तालमेलको ढोका खुलेको संकेत दिएका थिए ।
जसपा र एमालेका नेताहरूबीचमा पछिल्लो समयमा भएको छलफलमा एमालेले जसपालाई २० देखि २५ सिट दिएर चुनावी तालमेल गर्ने प्रस्ताव गरेपछि जसपामा यू–टर्न आएको जसपाका एक नेताले बताए ।
‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । एमालेसँग चुनावी तालमेलको सम्भावना बढ्यो । गठबन्धनमा जसपालाई अवमूल्यन गरियो । एमालेले २० देखि २५ सिट दिने प्रस्ताव आएको छ’, जसपाका एक नेताले भने ।
सत्तारूढ गठबन्धनमा जसपालाई १५ सिट दिने प्रस्ताव भएको छ । त्यसमा जसपाका नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
गठबन्धनमा भनेजति सिट नपाइरहेको बेला एमालेबाट आकर्षक प्रस्ताव आएपछि जसपाका शीर्ष नेताले कार्यकारिणी समितिको बैठक राखेर छलफल गरेको हो ।
एमालेका एक शीर्ष नेताले दिएको जानकारी अनुसार, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँगको चुनावी तालमेलको संवाद अघि बढ्न सकेको छैन् ।
‘हामीले केही चरण छलफल गयौं तर, चुनावी तालमेल हुने गरी कुरा अघि बढ्न सकेको छैन् । जसपा गठबन्धन छाडेर आउँदा गठबन्धनले भन्दा बढी सिट दिनसक्ने एमालेले नै हो’, ती नेताले भने ।मधेश प्रदेशका ८ जिल्लामा प्रतिनिधि सभामा ३२ सिट छ । जसपाका अध्यक्ष उपेन्द्र यादव आगामी चुनावपछि पनि मधेशमा जसपाकै नेतृत्वमा प्रदेश सरकार बनाउन चाहन्छन् । त्यसका लागि उनले गठबन्धनमा पाएको सिटले पुग्ने अवस्था नदेखेपछि गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेलका लागि तयार भएको जसपाकै नेताहरू बताउँछन् ।
जसपाको कार्यकारिणी समितिको बैठकपछि केन्द्रीय सदस्य आङकाजी शेर्पाले एमाले अध्यक्ष केपी ओलीसँगको तस्बिर फेसबुकमा शेयर गर्दै लेखेका छन्, ‘आज सपनामा बालाइ देखेँ ।’
सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सिट बाँडफाँट सम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पकोरूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि एमालेका एमालेका गंगाराम यादवलाई पार्टी प्रवेश गराउँदै पार्टी अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि जसपा एक्लै चुनाव लड्ने अवस्था आइरहेको बताएका थिए ।
गठबन्धनमा रहेर कांग्रेस र माओवादी केन्द्रलाई ठूलो पार्टी बनाउने वैशाखीकोरूपमा आफूहरु प्रयोग नहुने उनले बताएका थिए ।
जसपाका अर्का केन्द्रीय सदस्य लाक्पा शेर्पाले कांग्रेस र माओवादी केन्द्रको बैशाखी बन्नको लागि मात्रै आफ्नो पार्टी गठबन्धनमा नरहने बताए । ‘कांग्रेस र माओवादी केन्द्रको बैशाखी बन्नको लागि मात्रै गठबन्धनमा
रहँदैनौ । कार्यकारिणी समितिको बैठकले अन्य दलसँग चुनावी तालमेलको ढोका खोलिसकेको छ । यदी तालमेल भएन भने आगामी चुनावमा जसपा एक्लै प्रतिस्पर्धा गर्ने अवस्था छ’, उनले भने ।
उता लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष तहका नेताहरू भने जसपाले गठबन्धनमा बार्गेनिङ पावर बढाउनको लागि मात्रै एमालेसँग तालमेलको सम्भावना देखाएको दावी गर्छन् ।
‘जसपाले थोरै सिट पाउने भएपछि नेताहरू अन्य दलमा जान थाले । पार्टीका नेता कार्यकर्तालाई देखाउन र गठबन्धनमा बार्गेनिङ पावर बढाउन त्यस्तो निर्णय भएको हो’, लोसपाका एक नेताले भने ।
लोसपाले नै एमालेसँग तालमेलको कुरा गरिरहेको उनको दावी छ । यदी जसपा गठबन्धन छाडेर आएको खण्डमा मधेशवादी पार्टीको मात्रै पनि चुनावी तालमेल हुनसक्ने लोसपाका ती नेताले बताए । लाेकान्तरण

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

१६ आश्विन २०७९, आईतवार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

१६ आश्विन २०७९, आईतवार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै

१६ आश्विन २०७९, आईतवार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

१६ आश्विन २०७९, आईतवार
Next Post
एमालेले मधेशमा ६ सिट दिए तालमेल गर्न सकिने लोसपाको प्रस्ताव

एमालेले मधेशमा ६ सिट दिए तालमेल गर्न सकिने लोसपाको प्रस्ताव

आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भवना

आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भवना


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh