विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज जेष्ठ नागरिकहरुलाइ दशै खर्च वितरण गरेका छन । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थाका अध्यक्ष एवम वडा अध्यक्ष जितेन्द्र कु यादवले जेस्ठ नागरिक सदस्यलाई दसै खर्च वितरण गरेको छ। उहाहरुलाइ एक कार्यक्रमबिच समान गरिएकाे अध्यक्ष यादवले जनाएका छन ।
महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ७ मा रहेको संस्थाले नगरपालिकाकाे विभिन्न वडामा रहेकाे जम्मा ४३ जना जेष्ठ सदस्यहरुलाई रु ५०० का दरले जम्मा रू २१५००।- एकइ हजार पाँच सय दसै खर्च दिएका छन्।
संस्थाको कार्यालयमा भएको सो कार्यक्रममा संस्थाका अध्यक्ष जितेन्द्र यादवले ज्येष्ठ नागरिकलाई संस्थाले सम्मान गरेको कुरा बताउनुभयो । त्यस्तै संस्थाकै सचिव रामनारायण साहले जेष्ठ नागरिकलाई प्राप्त हुने समाजिक सुरक्षा भत्तालाई सदुपयोग गरी आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिने कुरा बताउनुभयो।
दिउँसो १२ बजेदेखि भएको कार्यक्रममा यस नगरपालिका वरिपरिका भोइल , टिमकिया, चेपकट,श्रीपुर र फुलवरिया गरी जम्मा ५ टाेलकाे ५० भन्दा बढी संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो । सहभागीहरुले संस्थाको निरन्तर प्रगतिको कामना गर्नुभयो।










































































































