गोपाल झा
महोत्तरी, असोज १३ गते ।
महोत्तरीको जलेश्वरमा हुन लागेको जलेश्वर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । असोज १४ देखि १९ गतेसम्म संचालन हुने जलेश्वर महोत्सवको तयारी अन्तिम चरणमा रहेको महोत्सब मुल समारोह समितिका संयोजक संतोष साहले जनकारी गराएका छन् ।

पत्रकार महासंघ महोत्तरी साखाको सभा कक्षमा पत्रकार सम्मेलन गर्दै योजक साहले समिति निर्धारित मितिमै जलेश्वर महोत्सवमा आगन्तुकहरुलाई स्वागत गर्न तयार रहेको भन्दै यस महोत्तसवमा उपस्थितिका लागि सम्पुणर् आम जनसमुदाय तथा आन्तरिका तथा वाह्य पर्यटकलाई आव्हान गरेका हुन ।
जलेश्वरनाथ महादेवको आशिर्वादले महोत्सबका सवै व्यवस्थापन गरिसकेको र यसलाई सफल बनाउन सवै क्षेत्रका ब्यक्तीहरुको साथ र सहयोगको आवश्यक्ता रहेको भन्दै संयोजक साहले महोत्सवमा लगाईने प्रदर्शनीमा स्थानिय उत्पादनसंगै नेपालका अन्य जिल्लाहरु सहित छिमेकी मित्र राष्ट्र भारत , बंगलादेश , पाकिस्तान र चीन समेतका देशहरुमा उत्पादित गुणस्तरीय सामानुहरुको वृहत प्रदर्शनी गरिने जानकारी गराएका हुन् ।
विभिन्न स्टलहरु मार्फत गरिने उक्त प्रदर्शनीमा ग्राहक तथा आगन्तुकले सामानहरु उचित मुल्यमा किन्न सकिने बताएका छन । यता कार्यक्रममा स्थानिय कलाकारसंगै जनकपुर स्थित मिनापकै समेत साँस्कृतिक कार्यक्रमहरु गरिने उनले बताए ।
हाल खर्च वारे यकिन भन्न नसकिने भएपनि ३० लाख भन्दा वढीको लागत महोत्सवमा लाग्ने उनको अनुमान छ ।
जलेश्वर उद्योग वाणिज्य संघको आयोजनमा हुने जलेश्वर महोत्सवमा जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका लगायत केहि निर्वाचित जनप्रतिनिधी तथा अन्य विभिन्न व्यक्तित्वहरुले समेत आर्थिक सहयोग गर्ने समेत संयोजक साहले जानकारी गराए ।










































































































