महोत्तरी
भाद्र ४ गते मंगलवार प्रेस मंच नेपाल महोत्तरीको प्रथम अधिवेशन सम्पन्न भएको छ । जसपाका केन्द्रीय सदस्य तथा पुर्ब स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादबको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनबाट १३ सदसयीय कार्यसमिती चयन भएको छ ।
प्रेस मंच नेपाल महोत्तरीको रामगोपालपुर नगरपालीकामा मंगलबार सम्पन्न अधिवेशन बाट अध्यक्षमा नागेन्द्र कुमार यादव उपाध्यक्षमा शैलेन्द्र यादव महिला उपाध्यक्ष्माा चमेलि सिंह कुश्वाहा कोषाध्यक्षमा निकु कुमारी सचिवमा पुरुषोतम कुमा यादव र स सचिवमा उषा यादव सर्ब सममती चयन भएका छन । त्यस्तै कमलेश कुमार यादव लालेन्द्र यादव पप्पु कुमार मण्डल बिष्णु यादवर प्रदिप महतो सहित १३ सदस्यीय कार्य समिती चयन भएको मन्चका नबनिर्वाचीत अध्यक्ष यादबले जानकारी गराएका हुन् ।
प्रथम जिल्ला अधिवेशनमा सहभागी भएका प्रमुख अतिथि पूर्व स्वाथ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, विशिष्ट अतिथिः पूर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रेस मञ्च नेपाल केन्द्रीय सदस्यः राम हृदय यादव, सम्सी गाउँपालिका अध्यक्षः राम नाथ यादव, ज.स.पा.सम्सी नगर अध्यक्ष कैलाश यादव, सोनमा गा.पा. वडा नं. १ को अध्यक्ष अशोक यादव लगायत प्रेस मञ्च नेपालको पत्रकारहरु उपस्थिति रहेको थियोे ।










































































































