बर्दिवास,भदौ १०। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई असफल बनाउन विभिन्न शक्तिकेन्द्रहरुद्वारा भई रहेको जालझेललाई मधेशी जनता सफल हुन नदिने बताउनु भएको छ ।
संघीय संसद,राष्ट्रिय सभा द्वारा आयोजित संघीय शासन प्रणाली सबलीकरण बिषयमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेशी जनताको ठुलो बलिदानी बाट आएको संघीयतालाई असफल तुल्याउन विभिन्न षडयन्त्रहरु भई रहेपनि त्यो असफल हुने दावी गर्नु भयो । संघीयताको असफल बनाउनकै लागी संविधानले स्पष्ट गरेको अधिकारहरुमा पनि कटौती गर्ने, साढे दुई वर्ष अघि नै पास भै सकेको प्रहरी ऐन कार्यान्वयन गर्न आनाकानी गर्नु जस्ता प्रपंचहरु भै रहेपनि आफुहरु त्यो सफल हुन नदिने बताउनु भयो ।
देशमा संबैधानिक संघीयता आएपनी ब्यबहारमा अझै पनि केन्द्रीकृत मानसिकताले संघीयता संस्थागत हुन कठिनाई भैरहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यस्ता मानसिकता आफै परास्त हुने दावी समेत गर्नु भयो । मधेस प्रदेश संघीयताको जग बलियो बनाउने खाले विभिन्न कानुनहरु निर्माण गरेपनी संघ बाट उक्त कानुन लागू गर्न अझै हिचकिचाई रहेको उहँको कथन थियो ।
मुख्यमन्त्री राउतले संघीयता सवलीकरणका लागि सबै तक तप्काको इमान्दार प्रयास आवश्यक रहेको बताउनु भयो ।
संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन समितिका संयोजक खिमलाल देवकोटाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना , राष्ट्रियसभाका पूर्व उपाध्यक्ष शशिकला दहाल, प्रदेशका सभामुख सरोजकुमार यादव, लागयत राष्ट्रिय सभाका सदस्यहरु, प्रदेशका मन्त्रीहरु , प्रदेशसभाका सदस्यहरु , स्थानिय सरकारका प्रतिनिधिहरु ,प्रदेश मन्त्रालयका सचिवहरु , आठ ओटै प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संस्थाहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता संसदीय विशेष समितिका सभापती खिमलाल देवकोटाले गरेका थिए भन्ने कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गरेका थिए ।









































































































