दाेस्राे चरणकाे काेभिड १९का कारण नेपालमा हजाराै मानिसहरुकाे ज्यान गइसकेकाे अवस्था छ भन्ने लाखाै मानिसहरुकाे उठिबास भइसकेका छन ।काेराेनाकाे कारण मानिसहरु एक ठाउबाट अर्काे ठाउमा जान समेत समस्या रहेकाे देखिन्छ । यता जिल्ला प्रशासन कार्यालयले लकडाउनकाे अवधि किस्तामा बढाएर जेष्ठ महिना सम्मकाेलागि सुचना जारि गरिएकाे छ । माक्स नलगाउने र भिडभाड गर्नेहरुलाइ कार्वाही समेत गर्ने चेतावनिसंगै धेरैलाइ कारवाही समेत गरिएकाे छ तर त्याे कारवाही सर्वसाधारण जनताहरुसम्म मात्रै देखिएकाे छ । रक्क्षक नै भक्क्षक भएपछि कसैकाे के जान्छ र ? प्रदेश २काे कानुन राज्य मन्त्री सराेज सिंह कुशवाहाले लकडाउनकाे अवधिमा कार्यक्रम गरिरहेका छन ।बिना माक्स र कुनै पनि समाजिक दुरी कायम नगरी मन्त्री कुश्वाहाले महाेतरीकाे विभिन्न स्थानिय तहहरुमा नातेदार र ठिकेदारहरुलाइ लिएर भिडभाडगरि कार्यक्रमगरि हिडिरहेका छन ।कानुन बनाउने र गरिब जनताहरुलाइ कार्वाही गरिने निकाय प्रहरी र मन्त्रीले कानुनकाे धजिया उडाउदै कार्यक्रम गरिरहेका छन ।मन्त्री कुश्वाहा मन्त्रीकाे धाक र राेवनब देखाउदै लकडाउनकाे कुनै ख्याल नगरि जनतनहरुकाे ज्यानसंग खेलबाड गरिरहेका छन । मन्त्री कुश्ववाहा यहिलेसम्म काेराेना महामारीकाे समयमा जनताहरुकाेलागि कुनैपनि स्वास्थ्य सामग्री सहयाेग गरेकाे छैन ।तर प्रत्यक्ष लाभहुने ठाउमा जन्ताकाे ज्यानसंग खेलबाड गरि कार्यक्रम गरिरहेका छन ।
शनिवार महाेतरीकाे मनराशिस्वा नगरपालिका वडा ३ स्थित रहेको सोनौल गाउमा एक समारोहकाबीच सो सडकको शिलान्यास गरिएको हो ।सो सडकको शिलान्यास प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रि सरोज सिंह कुशवाहा र पुर्व स्वास्थ राज्य मन्त्रि डा.सुरेन्द्र यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
महाेत्तरी क्षेत्र ४ (ख) एक क्षेत्र एक सडक निर्माण बहुवार्षीय योजना अन्तर्गत रहेको एक निर्वाचन एक सडकमा १ करोड ५ लाख बजेटको लागतमा निर्माण हुने सो सडक हुलाकी सडक बाट गाँउको सन्तगढ कुट्टी सम्म निर्माण हुने वडा जसपा नेता गगनदेव प्रसाद यादवले जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष,वडा सदस्य,जसपा पार्टी क्षेत्र नं. ४ का क्षेत्रिय अध्यक्ष गगन देव यादव,सुनिल यादव,गुडु झा(दिपक),सामाजसेबी, बुद्धिजीवी, पत्रकार लगायत स्थानीयवासीको उपस्थिती रहेको थियो । शिल्यानास पुजा हिन्दुधर्मको बिधी बिधान अनुसार भएको थियो









































































































