लाेहारपटी, मंसिर १६ गते ।जनता समाजवादी पार्टीकाे भात्री संगठन समाजवादी युवा सघ नेपालले सुज अभियान कार्यक्रम शुरु गरेका छन । जनता समाजवादी पार्टीले संचालन गरिरहेकाे सुज अभियानलाइ सबल र युवाहरुलाइ समेत जानकारी गराउन कार्यक्रमकाे शुरुवात गरेकाे युवा नेता शंकर कुमार यावदले जनाएकाे छ । युवाहरुद्वारा जनताकाे घर घरमा गएर वर्तमानकाे अवस्था र पार्टीको भिजनलाइ पुगाउन सहज हुने भएकाेले जसपा नेपालकाे समाजवादी युवा संघ नेपालले सुज अभियानकाे शुरुवात गरेका छन ।युवा समाजकाे वाहक ,देशकाे कर्णाधार समेत रहेकाे छ ।समाजवादी युवा संघ नेपालले पहिलाे पटक महाेतरीकाे लाेहारपटी नगरपालिकादेखि शुरुवात गरेकाे जनाइएकाे छ । सुज अभियानलाइ युवाद्वारा महाेतरीकाे विभिन्न स्थानमा पुगाएर कार्यक्रम गरिने समाजवादी युवा संघ नेपालका महाेतरी जिल्ला अध्यक्ष राहुल पाण्डेले बताएका छन ।महाेतरीकाे क्षेत्र नम्बर ४मा समय तालिमा निकालि सुज अभियानलाइ भव्य र सभ्यरुपले अगाडि बढाउने समेत जनाए ।सुज अभियानलाइ अगाडि बढाउन पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले जाेडताेडले लागन सबै युवाहुरलाइ अपिल समेत गरे । महाेतरी क्षेत्र नम्बर ४काे विभिन्न स्थानमा पुगि कार्यक्रम गर्न बताए ।जिल्लाकाे लाेहारपटी नगरपालिकामा संचालन गरिएकाे कार्यक्रममा प्रमुख अतिथि हरिनारायण यादव,विशिष्ट अतिथि जसपा नेपालकाे जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादव,महाेतरी क्षेत्र नं ४ क काे प्रदेश सांसद काैशल कुमार यादव ,प्रदेश २काे पूर्व मन्त्री सराेज सिंह कुश्वाहा,प्रदेश सदस्य राजननरायण यादव ,समाजवादी युवा संघ नेपालकाे जिल्ला अध्यक्ष राहुल पाण्डेलगायत संयाैकाे संख्यामा कार्यक्रम सम्पन्न गरिएकाे छ ।









































































































