• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पवित्रालाई हौसला दिन पुगिन् मुस्कान, भनिन्- रोएर हिम्मत नहार्नु, अपराधीहरूको हौसला बढ्छ



बिहीबार भएको एसिड प्रहारबाट घाइते बनेकी पवित्रा कार्कीलाई अस्पतालमा भेट्न पुगेकी मुस्कान खातुन।
बिहीबार साँझ एसिड प्रहार गरिएकी पवित्रा कार्कीलाई हौसला दिन एसिड आक्रमणबाट पीडित मुस्कान खातुन शुक्रबार बिहान कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल पुगेकी छन्।
उनी पौने ९ बजे त्यहाँ पुगेकी हुन्।
उनी आफ्नो फलोअपका लागि हिजोमात्र अस्पताल पुगेकी थिइन।
घटना भएको थाहा पाएपछि आफ्ना बाबुलाई भनेर मुस्कान बिहानै पवित्रालाई भेट्न र हौसला दिन अस्पताल पुगेकी हुन्।
अस्पताल पुगेर उपचार गराइरहेकी पवित्रालाई हिम्मत नहार्न सुझाव दिएकी छन्।
‘रोएर हिम्मत हार्न हुँदैन। रोयो भने अपराधीहरूको हौसला बढ्छ’, पवित्रालाई हौसला दिदैं मुस्कानले भनिन्।
यसैगरी उनले सरकार समक्ष घटनाका दोषी रौटहट लक्ष्मीपुर घर भइ काठमाडौं स्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई कडा कारवाही गर्नुपर्ने माग गरेकी छन्।
बिहीबार साँझ पौने आठ बजे नागार्जुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी २२ वर्षे पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।
एसिड प्रहार गरिएकी पवित्राको गाला, हात र कपालमा एसिड परेको छ। उनलाई गम्भिर जलन नभएको जानकारी अस्पतालकी एक नर्सले सेतोपाटीलाई दिइन्।
हाल उनको शरिरमा एक प्रतिशत जलन भएको देखिएको छ बने खास कति जलन भयो भन्ने कुरा एकछिनमा उनलाई अपरेसन थिएटरमा लगेपछि थाहा हुने ती नर्सको भनाइ छ।
अस्पतालले एसिड प्रहारबाट चलेको भाग सफामात्र गर्ने जनाएको छ। पवित्राको उपचारमा संलग्न चिकित्सक, डा. शंकरमान राईले आज उनको जलेको भाग सफामात्र गरिने र अप्रेसन नगर्ने बताएका हुन्।
घटना घट्ने बित्तिकै एसिड प्रहार गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोली खटिएको थियो।
प्रहरीले सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै उनीहरूलाई पक्राउ गरेका हो।
केटीले अर्को केटा मन पराएको रिसमा मोहम्मद आलामले आफ्नो कारखानमा कार्यरत मुन्ना मोहम्मदलाई शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गर्न लगाएका थिए।
एसिडले मुन्नाको हातमा समेत केही प्रतिशत जलेको छ।
पवित्रालाई भेट्न अस्पताल पुगेकी मुस्कान खातुन स्वयं एसिड प्रहार घटनाकी पीडित हुन्।
मुस्कानमाथि गत वर्ष भदौ २० गते बिहान ६ बजेको समयमा दुई किशोरले एसिड प्रहार गरेका थिए।
एसिड प्रहारबाट गम्भिर घाइते खातुनलाई त्यतिबेला देशभित्रबाट नभई थुप्रै बलिउड कलाकारले भिडिओमार्फत स्वास्थ्य लाभको कामना गर्दै हौसला प्रदान गरेका थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

९ श्रावण २०७७, शुक्रबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

९ श्रावण २०७७, शुक्रबार
जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

९ श्रावण २०७७, शुक्रबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

९ श्रावण २०७७, शुक्रबार
Next Post

अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन डा. बाबुराम भट्टराईले गरे प्रस्ताव

२ हप्ताको सुटिङका लागि अक्षयले लिए २७ करोड पारिश्रमिक


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh