• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

दुई दिनदेखिको बर्षाले प्रदेश २ का विभिन्न ठाउँ डुबानमा


दुई दिनदेखिको बर्षाले प्रदेश २ का विभिन्न ठाउँ डुबानमा परेको छ । प्रदेश २ का सबै ८ जिल्लाको दक्षिणतिरका अधिकांश गाउँमा पानी पसेको छ । पूर्वपश्चिम राजमार्गमै पानी जम्दा सोमबार केहीबेर यातायातसमेत प्रभावित बनेको छ ।
आइतबारदेखि जारी रहेको बर्षाका कारण खोला र नदीको सतह बढ्दै जाँदा बाढीको त्रास उत्पन्न भएको छ ।
सप्तरीको आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परिसकेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको अधिकांस वडा डुबानमा परेको छ । वडा नम्बर १ तिलाठी, वडा नम्बर ३ सकरपुरा, वडा नम्बर ४ कोइलाडी, वडा नम्बर ५ बनरझुल्ला डुबानमा परेको छ । खाँडो नदीमा आएको बाढी वस्तीसम्म पुगेको छ ।
गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार वडा नम्बर १, ४ र ५ का झण्डै ३ सय घरमा पानी पसेको छ । खाँडो नदीमा आएको बाढीले वडा नम्बर ३ सकरपुरा नजिकैको स्पर कटान शुरु गरेको छ । कटानलाई रोक्न बाँध बाँध्ने काम शुरु गरिसकिएको झाले बताए ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ का ५० परिवार डुबानमा परेका छन् । हनुमानगर कंकालिनी नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय भारदह पनि डुबानमा परेको छ । यी क्षेत्रमा हालै रोपिएको सयौं बिघाको धान खेती पनि डुबानमा परेको छ ।
लगातारको बर्षाले सदरमुकाम राजविराज वडा नम्बर २ र ५ का धेरै घर डुबानमा परेका छन् । जिल्लास्थित कोशी, खाँडो, बलान, खडक, महुली, जिता, त्रियुगा नदीमा पानीको सतह लगातार बढ्दै गएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुर बस्ने गजानन्द रायको गोठ भत्केको छ । च्यापिएर उनकी ३५ बर्षीया पत्नी सुशीला देवी राय घाइते भएकी छन् ।
उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । गोठभित्र रहेको एक वटा गाई, १ वटा गोरु र ६ वटा बाख्राको मृत्यु भएको छ । महदेवा गाउँपालिका १ चिम्टि निवासी जागेन्द्र खंगको घर भत्केको छ ।
धनुषाको मिथिला नगरपालिका ४ मा प्रदेश प्रहरी तालिम केन्द्रको निर्माणाधीन पर्खाल भत्किएको छ ।
महोत्तरीको विभिन्न ठाउँका चार व्यक्तिको घर भत्केको छ । घरभित्रका सामानहरु समेत क्षतिग्रस्त भएको छ । गौशाला नगरपालिका १२ कान्तिबजार निवासी सुकमाया योन्जनको टालीले छाएको १ तले फुसको कच्ची घर भत्किँदा २ वटा बाख्रा मरेका छन् । घर भत्किँदा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मटिहानी नगरपालिका २ सिर्सियामा पर्खाल भत्किँदा स्थानीय ६० बर्षीया सुशीला देवी राय घाइते भएकी छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।
सदरमुकाम जलेश्वर नगरपालिका १२ थरुवाहीमा स्थानीय अजेश्वर मण्डलको खपडाले छाएको घर भत्किएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका ४ मा पनि घरभित्र पानी पस्दा स्थानीय रवीन्द्र चौधरीको घरका ७ जना विस्थापित भएका छन् ।
गत असार २६ गते आएको बाढीका कारण विस्थापित भएका सर्लाही सदमुकाम मलंगवाका २७ परिवार घर गएको २ दिन नबित्दै पुनः विस्थापित भएका छन् ।
मलंगवा ५ स्थित लखनदेवी खोलाको बाढी आएर भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेको छ । डुबानपछि १ सय ४७ जना आफन्तको घरमा बसेका छन् । गत असार २६ गते आएको बाढीका कारण विस्थापित भएका यी व्यक्ति साउन १ गते पानी सुकेपछि आफ्नो घर गएका थिए ।
लगातारको बर्षाले प्रदेश २ स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्ड सोमबार पनि अवरुद्व रह्यो । रौतहटको चन्द्रपुर २ स्थित लचकामा आएको बाढीले सडक अवरुद्ध गरेको छ
सर्लाहीको हरिवनमा पनि सोमबार केहीबेर पानीको भेल सडकबाटै बग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्व भएको थियो । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार प्रदेशको विभिन्न ७ ठाउँका सडकमा बर्षाले क्षति पुर्‍याएको छ ।
प्रवक्ता मकेन्द्र मिश्रका अनुसार सप्तरीको राजविराज–कुनौली सडक खण्डको २ ठाउँमा, धनुषाको नगराइन नगरपालिका जटहीस्थित नेपाल भारत जोड्ने डाइभर्सनको एक स्थानमा बाढीले क्षति पुर्‍याएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका- १ माछा बजारस्थित जलेश्वर बर्दिवास र बलवा नगरपालिका १ स्थित जनकपुरधा, बलवा हुलाकी सडक खण्ड, पर्सा जिल्लाको पर्सागढी नगरपालिका-१ स्थित शंकर सरैयामाको भित्री बाटो र रंगपुरमा मनवातर्फ जाने बाटोमा क्षति पुगेको प्रवक्ता मिश्रले जानकारी दिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

५ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

५ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

५ श्रावण २०७७, सोमबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

५ श्रावण २०७७, सोमबार
Next Post

भाेलिदेखि वर्षा कम हुने

सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने व्यवसायीको घाेषना


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh