• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

युवाले यहिलेकाे संकटकाे समयमा सहयाेग गर्ने हाे (विद्यार्थी नेता दिनेश कुमार यादव)



काेराेना भाइरस चीनको वुहानदेखी शुरु भइ विश्वको विभिन्न शक्तिशाली देशलाई लासको थुप्रो देखाउन्ने कोरोना (कोभिड–१९) कुनै साधारण भाइरस होइन् । सहजै यसलाइ यकिन गर्न पनि सकिँदैन । तर त्यस्ता विकसित देशको हालत त्यस्तो नाजुक छ भने नेपालजस्तो विकासोन्मुख देशले के गर्न सक्ला ?
वर्तमान अवस्थाकाे तयारी र घोषणाकाे कार्यन्वयन हेर्दा नेपाल सरकारको मुख ताकेर बस्नु भनेको अज्ञानता नै होला । जनताले भोगेका पीडा र काम गर्ने सरकारको शैलीले जनताकाे मनमा निराशापन पनि उतिकै नै छन् ।
भ्रस्टाचारको नाशामा लिप्त भएका ती खुर्शी प्रेमिहरु यस्तो विपदको बेलामा पनि नेपाल प्रतिको आफ्नो दायित्व बोध गर्नु त परै जाओस जनताकाे सहानुभुति देखाउने प्रयास समेत गरेको देखिदैनन् ।
महामारी फैलनुभन्दा अगाडि सबै युवाहरु छरिएका थिए । तर दुई साताअघिदेखि नै स्वदेश फर्किरहेका युवाको लहरलाई समेत नकार्न सकिन्न । अर्थात् वर्तमान अवस्थाअनुसार देशको आधाभन्दा बढी जनसंख्या युवाहरुकै छ । ती युवा जो हिजोका कर्णाधार कहलाउँथे ।
शिक्षित भएर पनि सरकारले जारी गरेको लकडाउनको नियम पालन नगर्नु भनेको नियम भक्षक होइन र ? हातमा मोटरसाइकलको साँचो पाउनेबित्तिकै बाहिर एक फ्यानको घुमेर आउने व्यक्ति वृद्धवृद्दा र बालबालिका होइनन् । यसो बेलुका भयो भने एकछिन चौरतिर र चौतारीतिर साथीसँग जमघट गर्ने हामी युवाहरु नै हौँ, होइन र ? यसो भन्नुपर्दा सबभन्दा बढी मात्रामा लकडाउनका अवज्ञा युवाहरूले नै गरेको पाइन्छ ।
अहिले हामी केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा निर्भर छौँ । केन्द्रिय सरकार्को राजनीति बुझ्नै गार्हो छ भने प्रदेश र स्थानीय सरकार केन्द्रिय सरकारको निर्देशनको पर्खाइमा हुन्छन् । जे भए पनि आफुले सक्दो गरिरहेकै छन् ।
तर कुनै कार्य द्रुत गतिमा देखिन्न । लकडाउनको पुर्ण रुपमा पालन गराउन नसक्ने स्थानीय सरकारमाथी भर पर्नु पनि व्यर्थ नै हो जस्तो लाग्छ ।
जसरी पनि हामी कोरोनाको चपेटामै छौँ । यदि यहि प्रक्रिया चलिरहने हो भने हाम्रो नयाँ वर्षको सुरुवात खुशी र उमङ्गले होइन, लासको पहाडले हुन्छ । यो ख्याल ठट्टामा मात्र नलिउँ, मनन गरौँ ।
युवाहरू भनेको देशको स्तम्भ हो । त्यो स्तम्भ जसको बिना देश उकाले चढ्न सक्छ भने भत्किन पनि समय नलाग्ला ।
नियम रक्षक मात्रै नबनेर देशको रक्षा गर्ने यो एकदमै सहि मौका पनि हो र आवश्यकता पनि । विश्व सङ्कट्मा परेको बेला देशलाई र समाजलाई नयाँ बाटोमा डोर्याउनु हाम्रो ठूलो दायित्व हो । हामी एउटा परिवारबाट नै सुरु गरौँ ।
त्यसपछि समाजतिर लागौँ सशहर बजारमा लकडाउनको पालना केही हदसम्म भएपनी गाउँघरतिर चरम लापरबाही गरेको पाइन्छ तर त्यही गाउँमा दशजना युवाहरु मिलेर कोरोनाविरुद्वको अभियान चलाउने हो भने प्रहरीलाई दिनभरी लठ्ठी लिएर सबलाई दौडाउनुपर्ने अवस्था सिर्जना हुँदैन थियाे ।
गाउँको हाटबजार व्यवस्थापन ,लकडाउनको बेला गाउँमा पर्न गएको अप्ठ्यारोलाई माथीसम्म पुर्याउने जिम्मेवारीदेखि लिएर टोल र समाजको सरसफाइसम्म युवाहरुले ध्यान दिने हो भने हामीलाई कोरोनाले छुन पनि सक्दैन होला ।
त्यसैगरी सबै गाउँलेको स्वास्थ्यमा उच्च सतर्कता अपनाउने, विदेशबाट आएकालाई विषेश निगरानीमा राख्ने जस्ता कुराहरुमा पनि स्थानिय सरकारभन्दा पनि गाउँका युवाहरु आफैं चनाखो हुनुपर्छ ।
स्थानीय सरकारले १५ वा २० शैयाको क्वारेन्टाइन बनाएका छन
किनभने उनीहरु पनि अभाव र कर्तव्यका बीचमा पिल्सिरहेका छन् । तपाईं त्यही शैयामा सास फेर्न नपाएर जीवन र मृत्युको बिचमा लडिरहनुहुनेछ तर त्यहाँ तपाईंका आफन्त हुदैनन् ।
केन्द्रिय सरकारले सीमानाका बन्द गरेर कयौं नेपालीलाई सीमामा अलपत्र हुन बाध्य बनाए भने कति सङ्क्रमित नेपालीलाई नेपाल भित्र्याए जसको तथ्यांक छैन।अलपत्र परेकाहरु सीमामै आन्दोलित छन् भने नेपाल भित्रेकाहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गर्ने नेपाल सरकारको क्षमता छैन ।
यदि केही गर्न नसके, घरमै बसेर युवाको राम्रो पहिचान गरिदिनुहोला । त्यसरी नै सबै गाउँ निगरानीमा भयो भने एउटा पुर्ण देश निगरानीमा हुन्छ र सायद युवाहरूले एउटा इतिहास पनि कायम गर्न सक्नेछ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

३ बैशाख २०७७, बुधबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

३ बैशाख २०७७, बुधबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

३ बैशाख २०७७, बुधबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

३ बैशाख २०७७, बुधबार
Next Post

सुर्खेतमा दुइ जना पुरुषमा कोरोना संक्रमणको पोजेटिभ

मरहा खाेलाबाट तस्करहरु बलुवा गिटी उत्खन्न गरिदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh