• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश सरकार छाड्ने जनमतको चेतावनी


मधेश सरकार छाड्ने जनमतको चेतावनी

Oplus_16908288

जनकपुरधाम- मधेश सरकारले पूर्णता नपाउँदै सत्ता गठबन्धनमा खटपट देखिएको छ। गठबन्धनको एक घटक जनमत पार्टीले आफू अनुकूल मन्त्रालय नपाएको भन्दै सरकार छाडने चेतावनी दिएको हो।

जनमतका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले जनमत पार्टीले उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जालमा मधेशमा १०औँ हजार रोजगारी सिर्जना गर्ने गरी बजेट विनियोजन भएको अवस्थामा जनमत पार्टीले सो मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्।

जनमतका सतिश सिंह मुख्यमन्त्री रहेका बेला कुशवाहा उद्योग वाणिज्य तथा पर्यटनमन्त्री थिए। त्यति बेला आफू अनुकूल बजेट निर्माण गरेको भनेर उनको आलोचना भएको थियो। सोहीअनुसार जनमतले सो मन्त्रालयमा दाबी गर्दै आएको छ। तर सात दलीय गठबन्धनबाट मुख्यमन्त्री कृष्ण यादवले सो मन्त्रालयको जिम्मेवारी नेकपा एसका कनिष पटेललाई दिएका छन्।

सरकार छाड्ने नै हो भन्ने जिज्ञासामा कुशवाहाले भने, ‘मन्त्रालय बाँडफाँटमा देखिएको बेथिथि टुंगो लगाउन प्रदेश दलका नेता महेश यादवलाई जिम्मेवारी दिइएको थियो। आज बेलुकासम्म टुंगो लगाइएन भने जनमत पार्टी सरकारबाट अलग हुनेछ।’ सभामुख पाए पनि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी गर्दै जसपा नेपाल सरकारमा सहभागी भएको छैन।

सात दलीय गठबन्धनको सहमतिअनुसार विश्वासको मत अघि प्रत्येक दलबाट एकएक जना बनाउने भनिएकोमा सोमबार बेलुका लोसपा नेपालबाट रानी शर्मा तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालय, माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीमा नियुक्ति गरिएको थियो।

यसअघि नियुक्त भएका विनाविभागीय मन्त्री रहेका कांग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेकपा एसबाट कनिष पटेललाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालय, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसहितका ६ वटा मन्त्रालय मुख्यमन्त्री यादवकै जिम्मेवारीमा रहेको छ।

यादव नेतृत्वको सरकारलाई जसपा नेपाल, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन्। कांग्रेसका यादव मंसिर २० गते मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

१ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

१ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

१ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

१ पुष २०८२, मंगलवार
Next Post
‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी, नेपालमा प्रवेश

‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी, नेपालमा प्रवेश

‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीद्वारा राजीनामा

‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीद्वारा राजीनामा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh