• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बटेश्वर गाउँपालिकामा सेटिङमा ठेक्का, काम अलपत्र


तीन वर्षदेखि अलपत्र निर्ममाणाधीन मन्दिर ।

२६ चैत, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका कार्यालय अगाडि सडक पारी एउटा अधुरो मन्दिर देखिन्छ । बटेश्वरनाथ परिसरभित्र जग, पिलर र छत मात्र राखेको मन्दिर तीन वर्षदेखि अलपत्र छ ।

गाउँपालिका कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ मा ५० लाख रुपैयाँमा निर्माण सम्पन्न गरी रंगरोगन गर्न आर्यन कन्ट्रक्सन, राजपुर रौतहटले टेण्डर पाएको थियो । तर जग, पिलर र छत हालेर मन्दिर अलपत्र छाडिएको छ ।

यतिकामको गाउँपालिका कार्यालयले २४ लाख ७६ हजार १४६ रुपैयाँ आर्यन कन्ट्रक्सनलाई भुक्तानी दिएको छ । त्यसयता प्रत्येक वर्ष मन्दिरलाई पूर्णता दिन बजेट विनियोजन गर्ने गरे पनि कर्मचारीले काम अघि बढाउन चाहेका छैनन् ।

यसवर्ष पनि मन्दिरलाई पूर्णता दिन २० लाख रुपैयाँ बजेट राखिएको छ । तर कर्मचारीहरुले काम अघि बढाउन नमानेको वडा नम्बर ४ का वडाध्यक्ष निरज कार्की बताउँछन् । ‘प्रत्येक वर्ष बजेट विनियोजन हुन्छ । यसपटक पनि २० लाख रुपैयाँ छुट्याइएको छ । तर जति आग्रह गरेपनि कर्मचारीहरुले कामै अघि बढाउन मान्दैनन्’ वडाध्यक्ष कार्की भन्छन् ‘अब पालिका कार्यालयबाट यो मन्दिरले तत्कालै पूर्णता पाउने अवस्था देखिँदैन ।’

तीन वर्षयता कर्मचारीले पूर्णता दिन डराउनुको प्रमुख कारण हो निर्माणाधीन मन्दिरमा अनियमितता । गाउँपालिकाका एक कर्मचारीका अनुसार टेन्डर प्रक्रियामा गम्भीर त्रुटि, इस्टिमेट विपरीत काम र कामभन्दा बढी भुक्तानी भएको छ ।

‘टेन्डर प्रक्रियामै व्यापक त्रुटि छ । स्टिमेट बमोजिम काम भएको छैन । छत चार इन्च हुनुपर्नेमा अढाइ इन्च मात्र हालेको छ । जग निर्माणमा पनि खेलाँची भएको छ । कामभन्दा बढी भुक्तानी भएको छ’ गाउँपालिका कार्यालयका एक प्राविधिक भन्छन् । ती कर्मचारीका अनुसार टेण्डरको गोप्य सूचना एक पत्रिकामा प्रकाशन गरी एक प्रतिशत समेत बिलो नकट्ने गरी ठेक्का दिइएको छ । त्यसकारण चरम लापरबाही र भ्रष्टाचार भएको मन्दिरको अधुरो कामलाई पूर्णता दिँदा फँस्ने उच्च जोखिम छ ।

गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पौडेल प्राविधिकबाट बुझ्दा निर्माणाधीन मन्दिरमा धेरै प्राविधिक त्रुटि भएको बताउँछन् । ‘प्राविधिकबाट मैले पाएको जानकारी अनुसार हतारहतारमा काम भएको छ । अलि बढी नै प्राविधिक त्रुटि छ’ उनले भने ।

निर्माणाधीन मन्दिरकै जस्तो अवस्था छ बटेश्वर गाउँपालिका–१ स्थित लक्ष्मी माध्यमिक विद्यालयको चार कोठे भवनको । गाउँपालिका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा यो भवनको काम पनि आर्यन कन्ट्रक्सनले टेण्डर पाएको थियो ।

लक्ष्मी माध्यमिक विद्यालयको अलपत्र भवन ।

पिलर खडा गरी छतसम्म हालेर अलपत्र छाडिएको छ । केही पिलर मर्मत गरेझैं टालटुल पारिएको छ । छतको बीचको भागको एउटा पिलर भाँसिएर छत असमतल छ । गाउँपालिका कार्यालयका अनुसार ५० लाख बजेट शीर्षकमा यो भवन निर्माणको लागि आर्यन कन्ट्रक्सनले ४६ लाख ५० हजारमा टेण्डर पाएको थियो । उसलाई निर्माण बापत गाउँपालिका कार्यालयले ४५ लाख ६५ हजार ९८३ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

प्रत्येक वर्ष यस भवनलाई पूर्णता दिन बजेट विनियोजन गरे पनि महादेव मन्दिर जस्तै यसमा पनि कर्मचारी हात हाल्न डराएका छन् । वडा नम्बर १ का वडाध्यक्ष अशोक कुमार महतो भवनलाई पूर्णता दिन कर्मचारीहरुले नमानेको गुनासो गर्छन् ।

‘यस वर्ष २५ लाख रुपैयाँ विनियोजन भएको छ । यसअघि पनि प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन भएको थियो । कर्मचारीलाई खुसामद गरेर थाकिसकेँ । तर कर्मचारीहरु फँसिन्छ भनेर काम नै अघि बढाउन मानेका छैनन्’ वडाध्यक्ष महतोको गुनासो छ ।

पालिकाका प्राविधिक कर्मचारीहरुका अनुसार यो भवनको टेण्डर आह्वान प्रक्रिया र निर्माणमा चरम लापरबाही भएको छ । ‘सेटिङमा गोप्य सूचना प्रकाशन गरी एक प्रसेन्ट बिलोमा टेण्डर त्यही आर्यन कन्सट्रक्सनलाई दिइएको छ । बीच भागको पिलर भाँसिएको छ । चरम लापरबाही छ । मन्दिर र यो विद्यालय भवनको अवस्था उस्तै छ । अरुले सेटिङमा गरेको नांगो भ्रष्टाचार र बदमासीलाई छोप्ने काम हामी किन गर्ने ?’ ती प्राविधिक भन्छन् ।

४० प्रतिशतभन्दा बढी बिलोमा जाने टेण्डर एक प्रतिशतभन्दा पनि कम बिलोमा कसरी जान्छ भन्ने ती कर्मचारीको तर्क छ ।

बटेश्वर गाउँपालिका कार्यालयले २०७५/७६ मा बोलपत्रको सूचना प्रकाशन गरी भुक्तानी दिएको अभियोगमा गत चैत १२ गते अख्तियारले विशेष अदालतमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखा अधिकृत सुमन कुमार पुरीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

गाउँपालिका अध्यक्ष रामअशिष महतो कर्मचारीहरुले दुबै योजनाको काम अघि बढाउन नमानेको बताए । ‘प्रत्येक वर्ष बजेट राख्छौं । तर कर्मचारीहरुले मन्दिर र विद्यालय भवनको काम अघि बढाउन नमान्दा फ्रिज हुन्छ । कार्यान्वयन गर्ने काम त कर्मचारीको हो । हामीले त जोडबल गरेकै छौं’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत पौडेल मन्दिर र विद्यालय भवनको योजनामा प्राविधिकबाट पाएको जानकारी अनुसार बढी नै त्रुटिहरु रहेकाले काम अघि बढ्न नसकेको बताए । ‘दुबै योजनामा व्यापक त्रुटि छ । प्राविधिकले काम अघि बढाउनै मान्दैनन् । बर्सेनि बजेट पनि राख्ने गरिएको छ । अब यी दुई योजनाबारे एउटा समिति गठन गरेर प्रतिवेदन तयार गर्छौं । त्यस अनुसार अघि बढ्छौं’

कर्मचारी स्रोतका अनुसार तत्कालीन गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीको अन्तिम कार्यकालमा महादेव मन्दिर र लक्ष्मी माविको मात्र होइन सेटिङ्मा दर्जन बढी योजना टेण्डर र कोटेसन मार्फत आर्यन कन्ट्रक्सनले पाएको थियो ।

गाउँपालिका कार्यालयको प्रशासनिक भवनको दोस्रो तल्ला निर्माण, श्रीजनप्रिय माध्यमिक विद्यालयको आठ कोठे भवन, गाउँपालिका कार्यालय अगाडिको बाटोको पीसीसी ढलान, पाटो टोलमा सार्वजनिक दलान निर्माण, धुमासनमा बाटो ढलान लगायतको काम आर्यन कन्ट्रक्सनले पाएको थियो । हतारहतारमा काम गर्दा प्रशासनिक भवनको दोस्रो तल्लाको छत चुहिएको थियो । गत वर्ष मात्रै त्यसलाई मर्मत गरिएको छ ।

तत्कालिन पालिका प्रमुख राउतले अन्तिम समयमा हतारहतार काम गरेर अन्य काम सकाए पनि महादेव मन्दिर र विद्यालय भवन भने अलपत्र पर्यो ।

कार्यालय स्रोतका अनुसार त्यसबेला गाउँपालिका अध्यक्ष राउतसहित तत्कालीन प्रशासकीय अधिकृत रामजी जोसी, लेखा अधिकृत सुमन कुमार पुरीले सेटिङ्मा टेण्डरका योजनाहरु पत्रिकामा प्रकाशन गरेर आर्यन कन्ट्रक्सनलाई ठेक्का दिएका थिए । यसको पोल नखुलोस् भनेर यी सबै योजनाको कागजी काम महोत्तरीको बर्दिबासबाट भएको थियो । गाउँपालिकाका इन्जिनियरलाई पाखा लगाएर शौरभ कुशवाहा नाम गरेका इन्जिनियर राखेर सेटिङका योजनाको काम गरिएको थियो ।

सेटिङका योजनाको काम गराउने तत्कालीन पालिका अध्यक्ष राउत, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामजी जोसी र लेखा अधिकृत सुमन पुरीसहित तीनैजना भ्रष्टाचार काण्डमा मुछिसकेका छन् ।

लेखा अधिकृत सुमन पुरीले यी दुई योजनाको काम गराउन चाहे पनि अन्य कर्मचारीले मानेका छैनन् । केही दिन अघि उनी भ्रष्टाचार काण्डमा मुछिदा निलम्बित छन् ।

वडा नम्बर ४ का वडाध्यक्ष कार्कीका अनुसार तत्कालीन पालिका अध्यक्ष राउतले भने आफ्नो पालामा सुरु भएको कामलाई वर्तमान जनप्रतिनिधि सहितको टोलीले पुरा नगरेको भन्दै सार्वजनिक स्थलहरुमा गुनासो गर्ने गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२५ चैत्र २०८१, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२५ चैत्र २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२५ चैत्र २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२५ चैत्र २०८१, मंगलवार
Next Post

गाँजा र हतियार सहित एकजना पक्राउ

मधेश प्रदेश सभाको बैठक बस्दै, मन्त्रीमाथि छानवीन समिति गठन गरिने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh