महाेत्तरी चैत — प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति महाेत्तरीले आफ्नो दोस्रो जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ।

नागेन्द्र कुमार यादवकाे अध्यक्षता जसपा नेपालका केन्द्रीय सदस्य तथा महाेतरी क्षेत्र नं ४का सांसद तथा पुर्व मन्त्री डा सुरेन्द्र कुमार यादव प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि प्रेस मञ्च नेपालका केन्द्रीय का.वा.अध्यक्ष मनाेज यादव , अतिथिमा प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष अभरेन्द्र यादव , केन्द्रीय सदस्य दिपक झा गुडु,नेपाल पत्रकार महासंघ महाेत्तरीका अध्यक्ष महेश दास, जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएकाे थियाे ।

अधिबेशनले अरविन्द झा उर्फ गाेपाल झाकाे नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतले च्यन गरेकाेछ ।
महाेत्तरी जिल्ला अधिवेशनकाे दाेस्राे जिल्ला अधिवेशनलाई सम्बाेधन गर्दै डा सुरेन्द्र कुमार यादवले मधेशी जनताकाे त्याग र बलिदानिकाे बल प्राप्त उपलब्धिलाई षडयन्त्र पुर्वक तरिकाले खतम पार्ने उदेश्यले प्रतिगमनकारी शक्तिहरू लागि परेकाे बताउदै उहाँले अभिब्यक्ति स्वतन्त्रताकाे बिराेधमा आउने कुनै पनि ब्यबस्था जनताले स्विकार नगर्ने बताउनु भएकाे थियाे ।उहाँले पत्रकार हरेक परिवर्तनका सम्बाहक रहेकाले राज्यले पत्रकारकाे सुरक्षाकाे गारेन्टि गर्नु पर्ने माग समेत गर्नुभएकाे थियाे ।

साेही अधिवेशनलाई सम्बाेधन गर्दै केन्द्रीय सदस्य दिपक झा गुडुले कथित राजावादीहरूकाे प्रदर्शनमा समाचार संकलन गर्न गएका एभिन्युज टेलिभिजनका क्यामेरा मैन सुरेश रजककाे हत्या गरिएकाे प्रति आक्राेश ब्यक्त गर्दै हत्यारालाई राज्यले तत्काल कारवाहि गर्नु पर्ने माग गर्नु भएकाेथियाे । उहाँले जुन ब्यबस्थाले पत्रकारलाई जिउँदाे जलाएर मार्ने र सञ्चार संस्थामाथि ताेडफाेड गर्छ त्यस्ता ब्यबस्था नेपाली जनता नचाहेकाे समेत बताउनु भएकाे थियाे।उहाँले संगठनकाे सुदृढीकरण, सञ्चारकर्मीको हकहित तथा स्थानीय स्तरमा पत्रकारिताको विकासका लागि विषयमा छलफल भएकोे बताइएको थियाे ।

मधेश प्रदेशका अध्यक्ष अभरेन्द्र यादवले संघिय गणतन्त्र लाेकतन्त्र र संघियताकाे रक्षाकालागि सबै संगठन एक भई लाग्नु पर्ने बताउनु भयाे ।
कार्यवाहक अध्यक्ष मनाेज कुमार यादवले दाेस्राे जिल्ला अधिवेशनले प्रेस मञ्च नेपाल महाेत्तरी जिल्ला कार्य समितिलाई अझ मजबुत र प्रभाजकारी बनाउने बताउदै समाजमा साकारात्मक परिवर्तनका लागि आवाज उठाउनु पर्ने बताउनु भयाे ।

अधिवेशनको उद्घाटन समारोहमा विशिष्ट अतिथिहरूले प्रेस स्वतन्त्रता, निष्पक्ष पत्रकारिता र वर्तमान सञ्चार माध्यमको भूमिका बारेमा आफ्ना विचार राखेका थिए।
कार्यक्रमको आयोजना प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति महाेत्तरी र डा सुरेन्द्र कुमार यादवले गरेको थियाे । २२गतेकाे अधिवेशनमा साथिहरुबिच केही कुरामा सहमति न मिल्ला आज प्रेस मंच नेपालका साथिहरकाे बैठकले सहमति गरेका छन । नेपाल पत्रकार महासंघ महाेत्तरीकाे उपाध्यक्ष समेत रहेकाे अरविन्द झा उर्फ गाेपाल झा माथि सबैकाे सहमति भएकाेले झालाइ सर्वसहमतिले अध्यक्ष पदमा च्यन गरपएकाे छ ।








































































































