जनकपुरधाम, चैत २० । जनता समाजवादी पार्टी नेपाल सम्सी गाँउपालिकाको अध्यक्षमा कैलाश यादव दोहरिएका छन ।
आज बुधवार सम्पन्न सम्सी गाँउपालिका अधिवेशनले यादवको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शेष इदरीस, अनिता यादव, सचिवमा , संजिव कुमार यादव,स सचिवमा रघुनाथ पासवान,उपसचिवमा असगर अंसारी, र कोषाध्यक्षमा नरेश राय सर्वसम्मत चयन भएका छन ।
त्यसैगरि सदस्यहरुमा मातवर यादव , दुखनी देवी,मुनर देवी ,मुस्तकिम ,शेष मुस्तुफा, अजिमा खातुन ,मैमुन खातुन,चन्द्र नारायण यादव लगायतका रहेका छन ।

अध्यक्ष कैलाश यादवको अध्यक्षतामा भएको अधिवेशन खुला सत्रको प्रमुख अतिथि महाेतरी क्षेत्र नम्बर ४काे पूर्व सांसद डा सुरेन्द्र कुमार यादव, विशिष्ट अतिथि केन्द्रीय सदस्य दिपक झा गुडु, अतिथिमा केन्द्रिय सदस्य राम दरेश यादव,इसरागन यादव केन्द्रीय सलाहकार संजय साह,प्रदेश कमिटी सदस्य रामनरेश यादव जिल्ला अध्यक्ष राम प्रगास यादव एवं प्रदेश क्षेत्रीय अध्यक्ष राज कुमार यादव,सम्सी गापा अध्यक्ष राम नाथ यादव सहितको उपस्थिति रहेको थियो ।









































































































