• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रेस मञ्च नेपाल, रौतहटकाे दाेस्राे जिल्ला अधिवेशनबाट किशाेरी यादवकाे नेतृत्वमा नयाँ कार्य समिति चयन


प्रेस मञ्च नेपाल, रौतहटकाे दाेस्राे जिल्ला अधिवेशनबाट किशाेरी यादवकाे नेतृत्वमा नयाँ कार्य समिति चयन

राैतहट, चैत्र १९– प्रेस मञ्च नेपाल, रौतहट शाखाकाे दाेस्राे जिल्ला अधिवेशन सम्पन्न भएसँगै किशाेरी यादवकाे नेतृत्वमा १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरिएकाे छ।

अधिवेशनमा सर्वसम्मत निर्णय मार्फत यादवलाई अध्यक्ष चयन गरिएको छ भने उपाध्यक्षमा दिपक कुमार , महिला उपाध्यक्षमा रश्मि पटेल ,सचीवमा चन्दन महतो ,सह सचीवमा दिलिप पान्डे, महिला सह सचीवमा प्रियंका सिंह ,सदस्यहरुमा शेख समीर आलम , प्रदीप यादव , राकेश पटेल र अरबिन्द यादव समेत गरि १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ।


दाेस्राे जिल्ला अधिवेशनलाई सम्बाेधन गर्दै प्रमुख अतिथि प्रेस मञ्च नेपालका कार्यबाहक अध्यक्ष मनाेज यादवले प्रेस स्वतन्त्रता र गणतन्त्रमाथि हुन थालेकाे प्रहारप्रति कडा आपत्ति जनाएका छन् ।

अध्यक्ष यादवले पत्रकारहरूलाई जलाएर मारेका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै राजतन्त्रको पक्षमा लाग्ने शक्तिहरूमाथि तीव्र आलोचना गरे । उनले भने, “जनताकाे त्याग र बलिदानीले गणतन्त्र स्थापना गरेकाे हाे, यसलाई उल्ट्याउने प्रयास कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।

उनले चेतावनी दिँदै थपे, “जुन व्यवस्था पत्रकार र सञ्चारगृहमाथि आक्रमण गरेर पुनः राजतन्त्र ल्याउन चाहन्छ, त्यस्ता सपना दिवा सपना मात्र हुन् । मुलुक कहिल्यै फेरि पछाडि फर्किदैन ।”

त्यस्तै बिशिस्ट अतिथि जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य योगेन्द्र यादवले पत्रकारहरूको संघर्ष र समर्पणले नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सकेको स्पष्ट पारे।

कार्यक्रममा बोल्दै नेता यादवले भने, “राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउनमा पत्रकारहरूले खेलेकाे भूमिका ऐतिहासिक छ। उहाँहरूकै अथक प्रयासकाे परिणामस्वरूप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रकाे अनुभूति गरिरहेका छाैं।”

उनले थपे, “गणतन्त्र जनताको प्राप्ति हो, यसकाे विकल्प राजतन्त्र हुनै सक्दैन। यसलाई उल्ट्याउने प्रयास कुनै हालतमा स्वीकार्य हुने छैन।”

प्रेस मञ्च नेपाल मधेश प्रदेशकाे महासचिव बन्दना झाले पत्रकार माथि हुने कुनै आक्रमण स्विकार नहुने बताउनु भयाे ।

प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य रबिन्द्र साहले प्रेस मञ्च नेपालकमे आगामी कार्यदिशा, पत्रकारहरूको हकहित, र प्रेस स्वतन्त्रताको प्रवर्द्धनका बिषयमा सबैजना एक भएर लाग्नुपर्ने बताउनु भयाे ।

अधिवेशनको आयोजनामा सक्रिय भूमिका निर्वाह गरेको प्रेस मञ्च नेपाल, रौतहट जिल्ला कार्य समितिका पदाधिकारीहरूले कार्यक्रममा उपस्थित सबैलाई प्रेस मञ्च नेपालका अध्यक्ष किशाेरी यादवले धन्यवाद ज्ञापन गरेका थिए।

प्रेस मञ्च नेपालका राैतहट जिल्ला अध्यक्ष किशाेरी यादवकाे अध्यक्षता तथा प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनाेज यादवकाे प्रमुख आतिथ्य विशिष्ट अतिथि जसपा नेपालका केन्द्रीय सदस्य एवंम मधेश प्रदेशका पुर्व कृषि तथा सहकारी राज्य मन्त्री याेगेन्द्र यादव प्रमुख आतिथ्य , केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य शाेभा देवी साह, प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य रबिन्द्र साह , प्रेस मञ्च नेपालका मधेश प्रदेशका महासचिव बन्दना झा ,प्रेस मञ्च नेपाल महाेतरी जिल्ला सदस्य शैलेन्द्र यादव लगायत अधिवेशनमा जिल्लाका विभिन्न स्थानबाट आएका पत्रकारहरू, सञ्चारकर्मीहरू तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१८ चैत्र २०८१, मंगलवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१८ चैत्र २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१८ चैत्र २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१८ चैत्र २०८१, मंगलवार
Next Post

गुजरातको पटाका गोदाममा भीषण विस्फोट, १७ जनाको मृत्यु, ५ घाइते

जडीबुटी कम्पनी चाँडै बौरिने छ’


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh