• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुख्यमन्त्रीको निर्देशनको धज्जी उडाउँदै रौतहटको आनन्द हस्पिटल सञ्चालन, सम्बन्धित निकाय मौन


मुख्यमन्त्रीको निर्देशनको धज्जी उडाउँदै रौतहटको आनन्द हस्पिटल सञ्चालन, सम्बन्धित निकाय मौन

ओम प्रकाश यादव

रौतहट, चैत १२ । पछिल्लो समय रौतहटमा मुख्यमन्त्रीको निर्देशनलाई अटेरी अर्थात कुनै वास्ता नै नगरी बन्द गरिएका एक हस्पिटल सञ्चालन भइरहेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनलाई ठाडो अवज्ञा गर्दै रौतहटको गरुडा नगरपालिका –५ शिवनगरमा सञ्चालित आनन्द हस्पिटल एक्यूपन्चर सेन्टरले बिरामीलाई निर्बाध रुपमा उपचार गरिरहेको पाइएको छ ।

मुख्यमन्त्री सिंहले केहि दिनअघि आनन्द हस्पिटलमा अनुगमन गरेका थिए । अनुगमनको क्रममा मापदण्ड विपरीत हस्पिटल सञ्चालनमा रहेको पाइएपछि मुख्यमन्त्री सिंहले आनन्द हस्पिटल एक्यूपन्चर सेन्टरलाई बन्द गर्न निर्देशन दिएका थिए । मापदण्ड पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई आनन्द हस्पिटल शिवनगरका सञ्चालक उमेश प्रसादले अटेरी गरी निर्बाध रुपमा हस्पिटल सञ्चालन गरिरहेको पाइएको छ ।

मापदण्ड पुरा नै नगरी हस्पिटल सञ्चालन गरी सञ्चालक उमेश प्रसादले मानवको स्वास्थ्य जिवनसंग गम्भीर खेलवाड गर्दा पनि नियमनकारी निकाय कुनै चासो लिएको छैन । उपचारको नाममा चर्को रकम असुली गर्दै बिरामीलाई लुटदै आएका आनन्द हस्पिटल शिवनगरलाई बन्द गराउन रौतहटका प्रहरी प्रशासनले पनि खासै चासो देखाएको छैन ।

पावर र पहुचको भरमा मापदण्ड विपरीत सञ्चालित आन्नद हस्पिटल सञ्चालन भइरहदा समेत प्रहरी र मुख्यमन्त्री सिंहले ति हस्पिटललाई बन्द गराउन सकिरहेका छैनन । मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनलाई आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसादले ठाडो चुनौति दिदै हस्पिटल सञ्चालन गर्दापनि त्यसलाई बन्द गराउने तर्फ प्रहरीको ध्यान जान सकेको छैन ।

प्रहरी प्रशासनको कमिकमजोरीका कारण मुख्यमन्त्री सिंहले दिएको निर्देशन कार्यान्वयन हुन नसक्दा प्रहरीमाथी पनि ठुलो प्रश्न चिन्ह खडा भएको छ । रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले आनन्द हस्पिटलमा मुख्यमन्त्रीले अनुगमन गर्नुभन्दा अघिकै लकवा, प्यारालाइसिसका बिरामी रहेको र ति बिरामीहरुको अन्यत्र व्यवस्थापन नहुँदा हस्पिटल भित्र राखेर विरामीको उपचार भइरहेको बताएका छन् ।

अन्य ठाउमा विरामी सार्ने वित्तिकै ति हस्पिटल पूर्णरुपमा बन्द हुने एसपी घिमिरे बताउँछन । एसपी घिमिरेको भनाई अनुसार तत्काल अन्य ठाउँमा व्यवस्थापन नहुन्जेलसम्मको लागि पुरानै विरामीलाई आनन्द हस्पिटलले उपचार गर्नुपर्ने हो तर ति हस्पिटलले नयाँ बिरामीलाई समेत भर्ना गरी खुल्याम उपचार गरिरहेको पाइएको छ ।

उक्त हस्पिटल बन्द गर्न निर्देशन दिने मुख्यमन्त्री सतिश कुमार सिंहले पनि आफैले दिएको निर्देशन नमान्ने आनन्द हस्पिटलका सञ्चालकलाई पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउनुको सटा चुप लागेर बसिरहेका छन । यता प्रहरी पनि मौन भएर बसिरहेको छ ।
यस सन्दर्भमा प्रतिक्रिया लिन मुख्यमन्त्री सतिश कुमार सिंहलाई सम्पर्क गर्दा उनको फोन उठेन ।

नियमनकारी निकायहरु नै चुप लागेर बसिरहेका कारण कहि न कहि नियमनकारी निकायकै संरक्षण र संलग्नतामा बन्द गरिएका आनन्द हस्पिटल सञ्चालन भइरहेको भनी आशंका गरिएको छ । यस अवस्थामा कसको संरक्षण र सेटिंङमा ति हस्पिटल सञ्चालन भइरहेको छ भनी सर्वसाधारणले प्रश्न गर्न थालेका छन् । त्यसैले नियमनकारी निकायले तुरुन्त मुख्यमन्त्रीको निर्देशन अटेरी गरी हस्पिटल सञ्चालन गर्ने सञ्चालकलाई कार्यवाहीको दायरामा ल्याउनु अति आवश्यक छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

११ चैत्र २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

११ चैत्र २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

११ चैत्र २०८१, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

११ चैत्र २०८१, मंगलवार
Next Post
द सहारा’ सहकारीको बेसहारा बनाउने एम्वुलेन्स धन्धा

द सहारा’ सहकारीको बेसहारा बनाउने एम्वुलेन्स धन्धा

सत्तारुढ दलहरूको बैठकमा उपेन्द्र यादव पनि सहभागी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh