• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

औरहीमा विष्णु महायज्ञ रोक्न षडयन्त्र, छुवाछुतको झुट्टा आरोपमा हिन्दु सनातनी र स्थानीयहरु आक्रोशित


औरहीमा विष्णु महायज्ञ रोक्न षडयन्त्र, छुवाछुतको झुट्टा आरोपमा हिन्दु सनातनी र स्थानीयहरु आक्रोशित

सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा सुरु हुन लागेको विष्णु महायज्ञलाई रोक्न योजनाबद्ध ढंगले षडयन्त्र गरिएको स्थानीय सनातन धर्मावलम्बीहरुले बताएका छन्। महायज्ञको तयारीमा जुटेका कामदारमध्ये ९० प्रतिशत दलित समुदायका रहेको स्पष्ट पार्दै आयोजक पक्षले छुवाछुतको झुट्टा आरोप लगाई यज्ञलाई बिथोल्ने काम भइरहेको आरोप लगाएका छन्।

गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडा अध्यक्ष र बजरंगी बाबालाई लक्षित गरी कम्युनिष्ट पार्टी, केही दलित अगुवा र विदेशी धर्मका ठेकेदारहरुले मिलेर फसाउन खोजेको स्थानीयहरुको भनाइ छ। हिन्दु सनातन धर्मावलम्बीहरुले आफ्नो धार्मिक अधिकारमाथि हस्तक्षेप भएको भन्दै विरोध गर्दै आएका छन्। यज्ञको सन्दर्भमा कान्तिपुर लगायतका केही संचारमाध्यमहरुले बदनियतपूर्वक समाचार सम्प्रेषण गरेको भन्दै ती पत्रिकाहरूको प्रतिकात्मक रूपमा जलाएर विरोध गरिएको छ।

महायज्ञको लागि हालसम्म तयारीमा खटिएका अधिकतर कामदार दलित समुदायकै रहेको जनाउँदै आयोजकले छुवाछुतको कुनै घटनै नभएको प्रस्ट पारेका छन्। महायज्ञमा सहभागी दलित महिला र पुरुष कामदारहरुले पनि आफूहरुमाथि कुनै प्रकारको छुवाछुत नभएको दाबी गर्दै काम गर्न सहज वातावरण रहेको बताएका छन्। आयोजक पक्षका अनुसार डोम समुदायलाई अगाडि सारेर जातीय विभेदको मुद्दा उठाई गाउँपालिका अध्यक्षलाई पदबाट हटाउने षडयन्त्र गरिएको छ। यदि छुवाछुत नै भएको भए अन्य दलित समुदायका महिलाहरुलाई काममा लगाउनुपर्ने आवश्यकतै नरहने स्पष्ट पारिएको छ।

दलित आयोगबाट केही घण्टामै पक्राउ पूर्जी जारी गराउन दबाब दिइएको र शिवजी यादव, पूर्व वडाध्यक्ष तथा त्यागी बाबामाथि गिरफ्तारीको प्रयास हुनु पूर्णरूपमा षडयन्त्र रहेको आरोप लगाइएको छ। अन्य दलितमाथि भएको घटनामा नबोल्ने आयोग र दलित अगुवाहरुले यस मामिलामा मात्र सक्रियता देखाउनु पूर्व नियोजित योजनाको हिस्सा भएको स्थानीय गणेश यादवले बताएका छन्।

यज्ञ सफल नहोस् भन्ने उद्देश्यले जातीय विभेदको मुद्दा उठाइएको भन्दै आयोजकले कडा प्रतिक्रिया दिएका छन्। यज्ञ रोक्न खोज्ने तत्वहरूलाई चेतावनी दिँदै महायज्ञ भव्य तरिकाले सम्पन्न गरिने बताइएको छ। यता, प्रहरी प्रशासनले आन्दोलनमा सहभागी ६ जनालाई नियन्त्रणमा लिएको छ भने हालसम्म ग.पा अध्यक्ष र पुर्व वडा अध्यक्ष सहित ८ जना प् पक्राउ परेका छन्। महायज्ञमा सहभागी कामदार र स्थानीय सनातन धर्मावलम्बीहरुले यज्ञ नरोकिने अठोट व्यक्त गर्दै सबैलाई सहभागिताको आह्वान गरेका छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

८ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

८ चैत्र २०८१, शनिबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

८ चैत्र २०८१, शनिबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

८ चैत्र २०८१, शनिबार
Next Post

दुई महिनाभित्रै राजासहितको हिन्दु अधिराज्य कायम हुन्छ  : धवल शमशेर

जनमत पार्टी सांसदका श्रीमान् नै जसपा नेपाल प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh