• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एसईई परीक्षामा सहभागी छोरालाई बुवाको पत्र


एसईई परीक्षामा सहभागी छोरालाई बुवाको पत्र

प्यारो छोरा अभि !
शुभ आशिष
म यहाँ सञ्चै छु । घरमा तिमीहरू सबैको आराम कुशलताको कामना गर्दछु । यसपालिको होली खुब रमाइलो भयो, म घरमै थिएँ । हामी सबै खुसी थियौँ । तर तिम्रो मन अलि मलिन थियो, एसईई परीक्षाले होला । तिमीले परीक्षाभरि मलाई घरमै बस्न भन्यौ । मैले त्यतिखेर पनि आफ्नो समस्या बताएँ । घरबाट निस्किँदा म आफैँ सन्तुष्ट थिइनँ । मेरो मन अझै पनि तिमीमै अड्किएको छ । तिम्रो चिन्ता–सुर्ताले गर्दा यो चिठी लेख्न बाध्य भएँ । सायद जिम्मेवारीले बाँधिएको बुवाको यो चिठी पढेर तिम्रो मन हलुको हुनेछ ।

बाबु ! इच्छा त मेरो पनि थियो तिमीसँगै बस्ने । तर इच्छा मात्रै भएर कहाँ हुन्छ ! घरको अवस्था तिमीलाई थाहै छ । काम नगरी तिम्रो र खुसीको पढाइ अगाडि बढाउन, घर चलाउन, अनि मेरै नियमित औषधी खर्च जुटाउन गाह्रो छ । त्यसैले फागुको उल्लासलाई त्यहीँ छाडी भारी मन लिएर म काठमान्डु फर्कें ।

घरमा हुँदा तिम्रो कोमल मस्तिष्कले महसुस गरेको बेथितिले मलाई निकै घोचेको छ । कक्षा १० मा तिमीहरू पन्चानब्बे जना विद्यार्थीमा एकजना मात्र माध्यमिक शिक्षक थिए रे । प्राथमिक र निम्न माध्यमिक तहकै शिक्षकबाट एउटै कक्षामा दुई–चार घण्टी पढाइन्थ्यो । अनिवार्य गणित, ऐच्छिक गणित, विज्ञान र नेपालीको आधा पनि पढाइ भएन । कम्प्युटर विषयमा त मोनिटर र किबोर्ड हेर्नसम्म पाइएन । तिमीहरूको समस्याबारे सरोकारवाला कसलाई थाहा छैन र ? तर तिमीजस्ता भविष्यका कर्णधारप्रति सोच्ने फुर्सद कसलाई छ र ? परीक्षाको समयमा टोलीमाथि टोली सक्रिय हुने र चेकजाँचको नाममा त्रास उत्पन्न गरी तिमीजस्ता होनहार बाल–मस्तिष्कमा असर पार्नेबाहेक केही होइन ।

विद्यालय व्यवस्थापन समितिहरूले पनि क्षमतावान् शिक्षक चयन गर्नुको साटो आफ्नै नातागोतालाई नियुक्ति गरेको समाचारहरू हेर्ने गरेको छु । तिमीले भने अनुसार बाल विकास र राहत कोटामा नियुक्त गरिएका शिक्षक पालिका पदाधिकारीकै नातागोताको हो, विद्यालयको नामसम्म शुद्ध लेख्न आउँदैन रे । त्यसमा पनि पटक–पटक फरक–फरक दल र समूहको तालाबन्दीले विद्यालयको पठनपाठन प्रभावित रहँदै आएको कुराहरू तिमीबाटै जानकारी भयो । छोरा ! हामीले पढेको बेला जिल्ला शिक्षा अधिकारी हुन्थ्यो ।

कहिलेकाहीँ सेतो गाडी छड्के अनुगमनमा आउँथ्यो । अहिले त त्यो संरचना भत्काएर तहस–नहस पारिएको छ । पालिकाका प्रमुखहरू प्रायः आफ्नै स्वार्थपूर्ति गर्नमै व्यस्त हुन्छन् । शिक्षकहरू पनि कुनै न कुनै दल आबद्ध शिक्षक सङ्गठनमा हुनुहुन्छ । शिक्षक कम र नेता बढी । को कति पानीमा हुनुहुन्छ भन्ने कुराको पुष्टि त विद्यार्थीको स्तरबाटै थाहा हुन्छ । कसलाई के भन्ने ? तलदेखि माथिसम्म यस्तै हालत छ । छोरा, देशमा इमानदारिताको खडेरी नै परेको मेरो बुझाइ छ ।

तिमीहरूलाई काठमान्डुमै राखेर पढाउने इच्छा थियो तर अधिकृत छैटौँको जागिरले काठमान्डुमा पनि धान्न सक्ने अवस्था छैन । त्यसैले यता ल्याउन सकिनँ । यहाँ पनि राम्रो सरकारी विद्यालयमा सर्वसाधारणका छोराछोरीलाई प्रवेश पाउनै गाह्रो छ भने निजी विद्यालयको शुल्क तिर्न क्षमताले भ्याउने अवस्था छैन । छोरा, व्यवस्था त परिवर्तन भयो तर अवस्थामा खासै परिवर्तन भएको छैन । अझै शिक्षामा सर्वसाधारणका छोराछोरीको समान पहुँच हुन सकेको छैन ।

छोरा, एउटा कुरा तिमीलाई थाहा होला । त्यतिबेलाको एसएलसीमा मेरो पनि परीक्षा बिग्रेको थियो । परीक्षादेखि मलाई पनि डर लाग्थ्यो । आंशिक परीक्षा दिएर पास भएँ । त्यसपछि त मैले गरेको मेहनत र सङ्घर्षबारे अलिअलि तिमीलाई थाहै छ । त्यतिबेला हिम्मत हारिदिएको भए नेपाल सरकारमा अधिकृतको जागिर पाउने थिइनँ ।

कुनै बेला शिक्षामा अगाडि रहेको मधेसमा अहिले शिक्षाको अँध्यारो छ । गणित र विज्ञानका शिक्षक देशका अधिकांश जिल्लामा हुन्थे । अहिले देशका सातै प्रदेशको साक्षरता फड्को मार्दै गएको छ भने मधेशको साक्षरता पुछारमा पुगेको छ । शिक्षातर्फ सरकारहरूको खासै चासो छैन । बरु करोडौँ–अर्बौंको लगानी स्वागतद्वार, सहिद गेट, सालिक, स्तम्भ, मठ–मन्दिर, मदर्सा, ढलान, सामुदायिक भवन इत्यादिको नाममा खन्याइन्छ । तर शिक्षा, स्वास्थ्य तथा उत्पादनमूलक, सीपमूलक योजनाहरूमा बजेट प्रायः न्यून हुन्छन् । ती काम गर्न पनि आर्थिक वर्षको अन्त्यतिर हतारो र चटारो हुन्छ । पर्दा पछाडि थुप्रै कारण छन् । जनप्रतिनिधि जिम्मेवार छन् नै, कर्मचारीतन्त्र पनि कम दोषी छैनन् । यस्तै प्रवृत्तिहरूले गर्दा देश खोक्रो हुँदै गएको छ । अर्थात् धमिराले खाएको काठजस्तै भइसकेको छ । बाहिरबाट हेर्दा राम्रै देखिन्छ । My Village

राम्राभन्दा हाम्रा खोज्ने प्रवृत्ति बढ्दो छ । बरु काम गर्ने हुटहुटी भएका इमानदार देशभक्तहरूलाई पछि पारिन्छ । क्षमता प्रदर्शन गर्न अवसर नै दिइँदैन । कानुनलाई धज्जी उडाउँदै ‘आफ्नै हात जय जगन्नाथ’ भनेझैँ जाति समुदायको नाममा पछिल्लो सचिव बढुवासम्बन्धी निर्णयले पुष्टि गरेको छ । पार्टीका बिल्लाधारी हुनैपर्छ । त्यही भएर त वैज्ञानिक डा. महावीर पुनजस्ता देशभक्त सडकमा भौँतारिन बाध्य छन् । किताब बेचेरै भए पनि हाम्रै वीरगन्जको कृषि औजार कारखाना उनले सञ्चालनमा ल्याउन सफल भएका छन् । केही युवा सीप विदेश पलायन हुनबाट जोगिएको छ । यो देशमा सिर्जनशील स्वाभिमानी मस्तिष्कहरूको कदर भइरहेको छैन ।

छोरा अभि ! तिमीलाई थाहै छ गाउँका पुरुषहरू आफ्नै देशमा रोजगारी नपाएर वैदेशिक रोजगारीका लागि पलायन भएका छन् । गाउँहरू बिना हराएका कस्तुरीझैँ भएका छन् । गाउँमा प्रायः वृद्ध र महिलाहरू मात्रै छन् । कृषि कर्म पनि प्रभावित भएको छ । गाउँका स्कुलहरूमा विद्यार्थी संख्या घट्दो क्रममा छ ।

अब, तिमी युवावस्थामा प्रवेश गर्दै छौ । एसईई परीक्षाको परिणाम आएपछि राम्रो अङ्क ल्याउने केही तिम्रा साथी उच्च शिक्षा अध्ययन गर्न सहरतिर लाग्नेछन् । निम्नवर्गीय परिवारका तिम्रा साथीहरू नजिकैको प्लस टु विद्यालय वा कलेजहरूमा भर्ना हुनेछन् । केही त कक्षा ११ मा भर्ना पनि हुन पाउँदैन । सङ्गतले गर्दा केही लागुऔषध तथा दुव्र्यसनको सिकार बन्न बाध्य हुन्छन् । कतै केही नलागेपछि बाध्य भएर वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य हुनेछन् । हाम्रो परिवेश नै यस्तो बनिसकेको छ छोरा ।
बुबाले कति दुःख गरेर सरकारी सेवा प्रवेश गरेको हो ? तिमीलाई थाहै छ । तिमीजस्ता छोराछोरीले उचित माहोल र संरक्षण नपाउनु अत्यन्तै दुःखद् हो । तिमीहरू त भविष्यका कर्णधार हौ । तिमीहरूकै भविष्य गन्तव्यहीन हुनु भनेको देशको भविष्य बर्बाद हुनु हो ।

थरीथरीका चुनौतीका बिच तिमी यसपालि एसईई परीक्षामा सम्मिलित हुँदै छौ । एसएलसी त उहिले हट्यो तर हाम्रो मानसिकता बदलिएको छैन । जुन हिसाबले हौवा फैलाइएको छ । तिमीजस्ता विद्यार्थीलाई सामान्य डर लाग्नु स्वाभाविकै हो । तर डराउनुपर्ने अवस्था केही छैन । तिमीले अहिलेसम्म जे पढ्यौ, तिमीसँग जे ज्ञान छ, त्यसको परीक्षण मात्र हो । परीक्षा केन्द्रमा खटिने सुरक्षाकर्मीले तिमीहरूलाई केही गर्दैन, सुरक्षा दिन आएको हो । गेटमा जिउ छामछुम गरेर चेकजाँच गर्ने व्यक्ति पनि विद्यालयकै शिक्षक वा कर्मचारी होलान् । आरामले चेक गर्न दिएर भित्र जाने हो । आफ्नो सिम्बोल नम्बर भएको कोठामा प्रवेश गरी बस्ने । प्रवेशपत्र निकालेर अगाडि राख्ने । परीक्षा हलमा रहेका शिक्षक (गार्ड)बाट उत्तरपुस्तिका पाएपछि यसअघि दिएका परीक्षाजस्तै सिम्बोल नम्बर, विषय इत्यादि लेख्ने ।

प्रश्नपत्र पाएपछि राम्ररी पढ्ने, अनि सबभन्दा सहज प्रश्नको उत्तरबाट लेख्न सुरु गर्ने । समयको ख्याल गर्दै प्रश्नहरू उत्तर लेख्दै जाने अनि अन्त्यमा दिमागले भ्याएसम्म बाँकी प्रश्नहरूको उत्तर लेख्ने, थप उत्तरपुस्तिका लिएको भए आफ्नो सिम्बोल नम्बर अनिवार्य रूपमा लेख्ने अनि उपस्थिति हाजिरी गर्न नबिर्सने । समय बाँकी रहेमा उत्तरपुस्तिकामा लेख्न केही छुट्यो कि भनी चेक गर्नुपर्छ । अनि कपी बुझाएर आरामले घर आई अर्को दिनको तयारीमा जुट्नुपर्छ । यसरी सामान्य रूपमा लिएर परीक्षा दिन तिमीसहित भाइबहिनीहरूलाई मेरो सुझाव छ । अँ, यथासम्भव कुनै पनि अमर्यादित क्रियाकलाप नगर्न समेत मेरो आग्रह छ ।

एसईई सकिएपछि तयारी कक्षा, अङ्ग्रेजी कक्षा, कम्प्युटर कक्षा इत्यादिमा आफूलाई संलग्न गराएर समयको सदुपयोग गर्नु ठिक होला । मेरो परीक्षा बिग्रियो, मेरो रिजल्ट राम्रो आउँदैन भनी दिमागमा निराशा ल्याउनु हुँदैन । जे लेखेको छु, आफ्नो क्षमताले भ्याएसम्म राम्रो लेखेको छु । एसईईमा धेरै नम्बर ल्याएपछि मात्रै राम्रो विद्यार्थी भइन्छ भन्ने छैन । कमै नम्बर आए पनि केही फरक पर्दैन । बरु आगामी दिनमा मेहनत गरेर उदाहरणीय बन्न सकिन्छ । भविष्यमा तिमी के बन्ने हो ? यसलाई प्रारम्भिक सुनौलो अवसरको बाटो पहिल्याउने महत्त्वपूर्ण अवसरको रूपमा बुझ्नुपर्छ छोरा ।
बाबु अभि, यसकारण यी कुराहरू मैले पत्रमार्फत लेख्दै छु कि तिमीजस्तै  छोराछोरीहरू एसईईमा सहभागी हुँदै छ । कतिपयचाहिँ डराएका हुन्छन् । मेरो परीक्षा बिग्रियो, मेरो नम्बर कम आयो, राम्रो कलेजमा भर्ना हुन पाउँदिनँ । यो सब केही होइन, आत्मबल मजबुत राख्नुपर्छ । दुनियाँमा कुनै कुरा असम्भव छैन । तिमीहरू असम्भवलाई सम्भव बनाउन सक्छौँ । तिमीहरू हिम्मतिलो हुनुपर्छ । तिमीलाई थाहै छ, देशको अवस्था । आफू सक्षम बनेर देशको भविष्य पनि तिमीहरूले कोर्नु छ । त्यसैले हिम्मतका साथ अगाडि बढ्नुपर्छ ।

छोरा, एउटा कुरा तिमीलाई थाहा होला । त्यतिबेलाको एसएलसीमा मेरो पनि परीक्षा बिग्रेको थियो । परीक्षादेखि मलाई पनि डर लाग्थ्यो । आंशिक परीक्षा दिएर पास भएँ । त्यसपछि त मैले गरेको मेहनत र सङ्घर्षबारे अलिअलि तिमीलाई थाहै छ । त्यतिबेला हिम्मत हारिदिएको भए नेपाल सरकारमा अधिकृतको जागिर पाउने थिइनँ । मेहनत नगरेको भए अहिले तिम्रो बुबा विदेशमा मजदुरी गर्न बाध्य हुन्थ्यो । त्यही भएर तिमीले कुनै पनि कुलत वा गलत गतिविधिहरूमा लाग्नुहुँदैन । सामाजिक कुरीति एवं कुसंस्कारहरूमा विश्वास गर्नुहुँदैन । शिक्षा नै शक्तिशाली अस्त्र हो । यो अस्त्रलाई जसरी भए पनि हासिल गर्नैपर्छ ।

छोरा, काठमान्डु फिर्ती हुने बेलामा तिमीसँग भेट हुन सकेन । धेरै कुरा भन्न पनि पाइनँ । त्यसैले गाउँकै काकामार्फत यो चिठी लेखेर पठाउँदै छु । एकपटक राम्रोसँग पढ्नु । उच्च आत्मबलका साथ परीक्षा दिनु । परीणामको पछाडि नलाग्नु । मजस्ता बाआमाका तिमीजस्ता लाखौँ छोराछोरीहरू एसईई परीक्षा दिँदै छौँ । यसलाई सहज रूपमा लिँदै अब यसपछि मैले आफ्नो भविष्य आफैँ बनाउँछु भनी सोचेर अगाडि बढ ।

मेरो ज्ञानी छोरा, तिमीहरू आत्मबलका साथ अगाडि बढ्न चाहन्छौ भने हामीजस्ता मातापिताहरू जस्तोसुकै दुःख गरेर भए पनि पढाइ खर्च जुटाउन पछि पर्दैन । अँ, एउटा कुरा भन्नै बिर्सें, प्रवेशपत्र र कम्तीमा दुईवटा राम्रो लेख्ने डटपेनका साथ आधा घण्टा अगाडि परीक्षा केन्द्र पुग्न नबिर्सनु । इच्छा त थियो एसईई अवधिभरि गाउँबाट सात किलोमिटर टाढा सहरमा रहेको परीक्षा केन्द्रसम्म तिमीलाई पुर्‍याइदिने । तर लामो बिदा नमिलेका कारण तिमीसँग बस्न सकिनँ । तर, छोरा मजस्ता मातापिताहरूको मन मुटु तिमीहरूकै साथमा छ ।

हामीहरूको भविष्य अनि बुढेसकालको सहारा पनि तिमीहरू नै हौ नि । संसारको अनमोल हिराको भण्डार पनि तिमीहरूको अगाडि फिक्का छ । मेरो हृदयको टुक्रा अभि, पत्र पनि धेरै लामो भयो । तिमी र एसईई दिने सबै छोराछोरीलाई हृदयदेखि शुभकामना र आशीर्वाद छ । तिमीहरूको एसईई राम्रो होस् । शुभ होस् ।

तिम्रो बुवा
सुरेश कुमार
काठमाडौँ, सातदोबाटो
मिति : २०८१ चैत्र ६ गते, बुधबार ।

(लेखक यादव आमसञ्चार प्राधिकरण मधेश प्रदेशका संस्थापक अध्यक्ष हुन् । उनी पत्रकारिता र साहित्य लेखनमा सक्रिय छन् ।)

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

५ चैत्र २०८१, बुधबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

५ चैत्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

५ चैत्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

५ चैत्र २०८१, बुधबार
Next Post

गणतन्त्रवादी र राजावादी आमनेसामने, के छ सत्ताधारीको तयारी ?

पलायन हुँदै उखु किसान, महिना दिन अगावै क्रसिङ बन्द

पलायन हुँदै उखु किसान, महिना दिन अगावै क्रसिङ बन्द


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh