• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनमत पार्टीसँग एकताबारे नागरिक उन्मुक्तिभित्रै अन्योल


जनमत पार्टीसँग एकताबारे नागरिक उन्मुक्तिभित्रै अन्योल
डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया तीव्र रूपमा अगाडि बढेको भनिए पनि रेशम चौधरी र रञ्जिता श्रेष्ठबिचको विवादले अन्योल बढेको छ ।

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् भने उनकी पत्नी रञ्जिता अध्यक्ष हुन् । उनीहरूबिचको आन्तरिक झगडाले पार्टी एकतामा ब्रेक लाग्ने हो कि भन्ने आशङ्का बढेको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी एकताको प्रक्रिया अगाडि बढिसकेको र केही दिनमै त्यसको घोषणा हुने जनाएका थिए ।

तर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले एकताको विषयमा कुनै प्रक्रिया अगाडि नबढेको बताएकी छन् । उनले भनिन्, ‘एकताको कुरा म पनि सुन्दैछु तर पार्टीमा त्यसबारे कुनै छलफल छैन । न कुनै दस्ताबेज बनेको छ, न वार्ताका लागि कुनै कार्यदल बनेको छ । अनि कसरी एकता प्रक्रिया अगाडि बढ्यो ? मलाई थाहा छैन ।

आफू पार्टीको अध्यक्ष रहेको तर एकताको विषयमा कसैले कुरा नगरेको रञ्जिताको भनाइ थियो । अरू कसले कहाँ के कुरा गरिरहेका छन् भन्ने आफूलाई थाहा नभएको उनले बताइन् ।

चैत ३ गते जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटघाट भए पनि एकताको विषयमा कुनै कुराकानी नभएको रञ्जिताले बताइन् । अरू समसामयिक राजनीतिक अवस्थाको बारेमा मात्र कुराकानी भएको उनको भनाइ छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले चैत ८ गते बस्ने केन्द्रीय समितिको बैठकले सबै कुराको टुङ्गो लाग्ने बताए । उनले एउटा भिडियो सन्देश जारी गरेर एकताको सबै प्रक्रिया लगभग टुङ्गिएको र केन्द्रीय समितिको बैठकमा औपचारिक रूपमा छलफल गरी त्यसलाई अन्तिम रुप दिने जनाएका छन् ।

संरक्षक चौधरीका अनुसार सहमतिको दस्ताबेज मस्यौदासमेत तयार भइसकेको छ । यद्यपि अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ गते बस्ने केन्द्रीय समितिको बैठकमा पार्टी एकताको कुनै एजेन्डा नरहेको दाबी गरिन् ।

‘अध्यक्षको हैसियतले बैठक मैले बोलाएको हुँ । त्यो बैठकमा एकताबारे छलफल गर्ने कुनै एजेन्डा छैन । पार्टीका साथीहरूले आफ्नो कुरा राख्ने क्रममा एकताको बारेमा कुरा उठाए भने त्यो बेग्लै कुरा हो तर एजेण्डाकै रूपमा राखिएको छैन,’ उनले भनिन् ।

पार्टी एकताका लागि संरक्षक रेशम चौधरीले पार्टीमा तलैदेखि छलफल चलाएका छन् । स्थानीय, जिल्ला तथा प्रदेश कमिटीमा त्यसबारे छलफल गरी केन्द्रीय कमिटीको बैठकमा निष्कर्ष लैजाने र एकताको बारेमा निर्णय गराउने तयारी संरक्षक चौधरीको छ ।

पार्टीको नाम, चुनाव चिह्नलगायत अन्य राजनीतिक दस्ताबेजको टुङ्गो जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टुङ्ग्याइसकेका छन् । पार्टीको नाम जनमत रहने, चुनाव चिह्न ढकिया रहने, पार्टीको अध्यक्ष सीके राउत, संरक्षक रेशमलाल चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने लगभग तय भइसकेको छ ।

अन्य नेताको व्यवस्था कसरी गर्ने भन्ने बारेमा पनि राउत र चौधरीका बिचमा छलफल चलिरहेको छ । संरक्षक चौधरीले पार्टी एकता हुँदा कुनै पनि नेतामाथि अन्याय नहुने बताएका छन् । यो एकताले मधेसमा पहिलो शक्ति बन्ने र मधेसी, आदिवासी जनजाति तथा उत्पीडित समुदायको हकहितका लागि काम गर्ने, अन्यायका लागि लड्ने संरक्षक चौधरीको भनाइ छ ।

चैत महिनाभित्र पार्टी एकता घोषणा हुने जनमत पार्टीका नेतासमेत बताउँछन् । पार्टी एकताका लागि जनमत पार्टीले केन्द्रीय समितिबाट निर्णय गर्दै तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरदसिंह यादव, बालगोविन्द चौधरी छन्

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

५ चैत्र २०८१, बुधबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

५ चैत्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

५ चैत्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

५ चैत्र २०८१, बुधबार
Next Post

कृषि विश्वविद्यालयमा मधेश सरकारलाई दोस्रो झटका, रजिष्ट्रारलाई तत्काल नहटाउन सर्वोच्चको आदेश

एसईई परीक्षामा सहभागी छोरालाई बुवाको पत्र


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh