• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती


प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती
। जनमत पार्टीले पार्टीका उपाध्यक्ष ई.दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई सोधेको स्पष्टीकरणबारे आन्तरिक छलफल सुरु गरेको छ ।

स्पष्टीकरणपछि दुई पक्षबिच चलेको सामाजिक सञ्जाल ‘वार’ पनि स्थगित भएको छ । सबै कुरा सामान्य बन्दै गइरहेको दाबी गरिएको छ । पार्टीका उपाध्यक्ष एवं अनुशासन समितिका उपाध्यक्ष नरेन्द्र चौधरीले दुवै जनाको स्पष्टीकरण पार्टीलाई प्राप्त भएको बताए । त्यसबारे पार्टीमा छलफल पनि चलिरहेको र उनले जानकारी दिए ।

‘स्पष्टीकरण पार्टीको आन्तरिक कुरा हो, त्यसलाई सार्वजनिक गर्न वा त्यसको कन्टेन्ट सार्वजनिक गर्न मिल्दैन,’ चौधरीले भने, ‘त्यसबारे पार्टीमा छलफल भइरहेको छ ।’

कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले आफूले पार्टीलाई स्पष्टीकरण बुझाइसकेको बताए । उनले भने, ‘स्पष्टीकरण भन्ने कुरा गोप्य हुन्छ, त्यसमा के छ भन्न मिल्दैन, पार्टीले सोधेको थियो, त्यसको जवाफ पठाइसकेँ ।’

उपाध्यक्ष दीपक साहलाई पार्टीका अध्यक्ष डा.सीके राउतले आफै बोलाएर छलफल गरिसकेका छन्, जसको फोटो पनि सार्वजनिक भएको छ । पार्टी स्रोतले भन्यो, ‘उपाध्यक्ष साहको विषय पार्टीमा मिलिसकेको छ, शीर्ष तहमा कुराकानी भइसकेको छ । अध्यक्ष बोलाएर सँगै बसाएर सिनेमा नै हेराएपछि बुझ्नुस् कुरा मिलिसक्यो ।

पार्टी अध्यक्ष राउतले उपाध्यक्ष साहबारे फेसबुकमा लखेको कुरा पनि हटाइसकेका छन् ।

यता आफूमाथि लगाएको आरोप प्रमाणसहित पुष्टि गर्न पार्टीलाई कोषाध्यक्ष यादवले भने चुनौती दिएका छन् ।

कोषाध्यक्ष यादवले बुझाएको स्पष्टीकरणमा सबै आरोप गलत भएको त्यसलाई प्रमाणसहित पुष्टि गर्न अध्यक्ष राउतलाई चुनौती दिएका हुन् ।

उनले आफूमाथि लगाइएको आरोप नियोजित र पूर्वाग्राही रहेको र आफ्नो राजनीति जीवन विवादमा ल्याउन र बदनाम गराउने उद्देश्यले स्पष्टीकरण सोधिएको दाबी गरेका छन् ।

आफूले फेसबुकमा लेखेको कुरा कुनै व्यक्ति वा पार्टीलक्षित नभएको र  निजी विचार रहेको उल्लेख गरे । आफूमाथि लगाएको आर्थिक अनियमिताको विषय निराधार रहेको र त्यसको छानबिन गराई सत्यतथ्य बाहिर ल्याउन उनले आग्रह गरेका छन् ।

आफ्नो व्यक्तिगत कामका लागि विदेशमा बसेको र त्यसले पार्टीलाई कुनै हानि नगरेको, बरु त्यसले फाइदा नै भएको उनको दाबी छ । कोषाध्यक्ष यादवले विदेशमा पनि संगठन बनाएको र अनलाइनमार्फत पार्टीको सम्पर्कमा रहेको पनि स्पष्टीकरणमा राखेका स्रोतले जनाएको छ ।

‘पार्टीका उम्मेदवारलाई हराउन खेलेको भूमिका निराधार हो, गलत हो, पूर्वाग्राही भएर आरोप लगाएको छ, यदि म कसैलाई हराउन कहीँ कतै कुनै कार्य गरेको छ भने त्यसको प्रमाण दिइयोस्,’ उनले स्पष्टीकरणमा भनेका छन्, ‘म जस्तोसुकै सजाय भोग्न तयार छु ।’

अध्यक्ष सीके राउत राउत सार्वजनिक भएपछि काठमाडौँमा कार्यालयको लागि कसैले घर नदिँदाको अवस्थामा अध्यक्ष राउतकै आग्रहमा प्रवासी होटल खोलेको, तर आज त्यसलाई जोडेर नानाथरी आरोप लगाउनु गलत हो भनी उनले आफ्नो स्पष्टीकरणमा भनेका छन् ।

अघिल्लो आइतबार र सोमबार महोत्तरीको बर्दिबासमा केन्द्रीय समितिको बैठक बस्नुअघि अध्यक्ष राउतले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई स्पष्टीकरण माग गर्दै निलम्बनसमेत गरेका थिए ।

यादवमाथि पार्टी केन्द्रीय अनुशासन समिति सदस्य सचिव अनिताकुमारी मण्डलले गत फागुन २१ गते विभिन्न आरोप लागेको भन्दै चारबुँदे स्पष्टीकरण सोधेकी थिइन् । यादवमाथि पदीय जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको, नियमित पार्टी काम छोडेर अमेरिका, कतार र अन्य देश घुम्न गएको पनि आरोप लागेको थियो ।

स्पष्टीकरणको पहिलो बुँदामै यादव पार्टीको केन्द्रीय सचिवालय बैठकमा समेत लगातार महिनौँसम्म अनुपस्थित भएको उल्लेख थियो । नेतृत्वलाई पार्टीको हिसाब नबुझाउने र हरेपटक हिसाब हेरफेर गर्ने गरेको आरो पनि उनीमाथि लगाइएको थियो ।

यस्तै २०७९ सालको निर्वाचनमै पार्टी अध्यक्ष डा. राउतलाई हराउने उद्देश्यले भूमिका खेलेको समेत उनीमाथि गम्भीर आरोप लगाइएको थियो ।

पार्टीले लगानी सेयर तथा लेबीका नाममा करोडौँ रकम उठाएर काठमाडौँको कोटेश्वरमा घर किनेर प्रवासी होटल चलाएको पनि यादवमाथि आरोप लागेको थियो ।

जनकपुरधाममा घर तथा स्कुल सञ्चालनसहित विभिन्न कारोबार गरेको आरोपबारे पनि स्पष्टीकरण सोधिएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

५ चैत्र २०८१, बुधबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

५ चैत्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

५ चैत्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

५ चैत्र २०८१, बुधबार
Next Post
जनमत पार्टीसँग एकताबारे नागरिक उन्मुक्तिभित्रै अन्योल

जनमत पार्टीसँग एकताबारे नागरिक उन्मुक्तिभित्रै अन्योल

कृषि विश्वविद्यालयमा मधेश सरकारलाई दोस्रो झटका, रजिष्ट्रारलाई तत्काल नहटाउन सर्वोच्चको आदेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh