• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उपेन्द्रले देखाउन खोजेको शक्ति–सन्देश


राजनीतिक स्थिरता बिना मुलुकको विकास हुँदैन : अध्यक्ष यादव
२८ जेठ, जनकपुरधाम । २०६३ सालको अन्तरिम संविधानप्रति असन्तुष्टि जनाएर चर्किएको मधेश आन्दोलनको रापतापबाट उदाएका नेता उपेन्द्र यादव यतिबेला संभवतः राजनीतिक जीवनकै कठिन अवस्थामा छन् ।

उनी अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा), नेपाल गत २३ वैशाखमा मात्र विभाजित भएको छ । अशोक राई सहित ७ जना सांसदले अर्कै पार्टी बनाउँदा उपेन्द्रसँग जम्मा ५ जना प्रतिनिधिसभा सदस्य बाँकी छन् ।

यति सानो सांसद संख्याको हैसियतमा उपेन्द्र यसअघि कहिल्यै थिएनन् । २०६४ सालको पहिलो संविधानसभा चुनावमा उनी नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरमले ५४ सांसद जितेको थियो । बीचमा टुटफुट हुँदा पनि उनको पार्टीको हैसियत सम्मानजनक थियो ।

२०७० सालको दोस्रो संविधानसभाको चुनावमा नराम्रो पराजय बेहोर्दा पनि १० सिटको पार्टी यादवसँग थियो । चुनावमा पराजय बेहोर्दा पनि पार्टी एकताबद्ध थियो भने राष्ट्रिय राजनीतिमा मधेशको एजेण्डा उठाउने विकल्प उनीसँग थियो ।

मधेशकै एजेण्डा र मधेश केन्द्रित सबै दलहरु एकताबद्ध हुँदा २०७४ सालको चुनावमा १७ सिट सहित उपेन्द्रले नेतृत्व गरेको संघीय समाजवादी फोरम चौथो शक्ति बन्यो । ६०१ सदस्यीय संविधानसभा घटेर २७५ सदस्यीय प्रतिनिधिसभा बनेकाले १७ सिट ठूलै संख्या थियो ।

२०७४ सालको चुनावपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता गरेर समाजवादी पार्टी र अर्को दल राष्ट्रिय जनता पार्टीसँग २०७७ सालमा एकता गरेर जसपा नेपाल बनेको थियो । तर जसरी एकपछि अर्को एकता गरेर अगाडि बढे, त्यसैगरी विभाजनको शृङ्खला पनि चलिरह्यो ।

अहिले उपेन्द्र यादवसँग लगातारको एकतापछि बनेको जसपा नेपाल छ । तर एकताबाट आएका अधिकांश नेताहरुले छाडेका छन् भने लगातार आफ्नो पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकार गुमेको छ ।

२०७४ सालपछि लगातार मधेशको नेतृत्व गर्दै आएको जसपा नेपाललाई हटाएर गत २५ जेठमा मात्रै जनमत पार्टीका नेता सतिश सिंह मुख्यमन्त्री नियुक्त भएका छन् । यस्तो प्रतिकुल परिस्थिति खेपिरहेका उपेन्द्रले १६ वर्षपछि मधेशको राजधानी जनकपुरमा आज (सोमबार) देखि एकताको महाधिवेशन गर्दैछन् । २०६६ सालमा पहिलो महाधिवेशन गरेको यो पार्टीले त्यसपछि महाधिवेशन गरेको थिएन ।

पार्टी विभाजन र एकता भइरहँदा महाधिवेशन नगरे पनि हुने छुट निर्वाचन आयोगबाट पाइरहेको थियो । यसपटक पनि महाधिवेशन नगरे पनि हुने सुविधा जसपा नेपाललाई थियो । तर पूर्वनिर्धारित एकता महाधिवेशन चर्को गर्मीबीच सुरु भएको छ ।

जसपा नेपालका नेताहरु प्रतिकुल परिस्थितिमा समेत महाधिवेशन गर्नुमा पार्टी विभाजनको असर नपरेको र जनताको साथ कायमै रहेको देखाउन रहेको बताउँछन् । अध्यक्ष यादव आफैंले सार्वजनिक अभिव्यक्ति दिएरै पार्टी विभाजनको असर नरहेको बताइरहेका छन् । ‘राज्यको स्रोत साधन लगाएर केही व्यक्ति, केही सांसदलाई लग्या हुन् । पार्टी यथावत छ’, महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा यादवले भने, ‘यही धनुषामा एक जना पनि मान्छे छैनन् होला, जो गएको होला ।’

अर्थात् अशोक राईसहित सुशीला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, वीरेन्द्र महतो र हसिना खानले सांसदका रुपमा पार्टी छोड्दा ठूलो असर नपरेको यो महाधिवेशनबाट देखाउने रणनीति जसपा नेपालका नेताहरुको देखिन्छ ।

जसपा नेपाल छाडेर नयाँ पार्टी गठन गर्ने नेताहरु ।

जबकी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका प्रदीप यादव, वनमन्त्री रहेका नवल किशोर साह र वीरेन्द्र महतो प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन् । तर पार्टी छोडेर जानेहरुलाई कार्यकर्ताले साथ नदिएको जसपा नेपालका नेताहरुको दावी छ ।

‘संगठनात्मक रुपले त अगाडि छौं । तर सांसदको संख्याले घटबढ भइरहेको छ । तर त्यसलाई मधेशमा जुन प्रचार गरिएको छ त्यस्तो होइन’, अध्यक्ष यादवको भनाइ छ ।

अर्कातिर प्रदेश सांसदहरुलाई पार्टी विभाजनबारे निर्णय लिन निर्वाचन आयोगले दिएको समय सर्वोच्च अदालतले यथास्थितिमा राखिदिएको छ । त्यसैले मधेश प्रदेशसभामा १९ सांसद रहेको जसपा नेपाल अहिलेसम्म एउटै पार्टीमा छन् ।

जसपा नेपालका प्रवक्ता मनिष सुमन मधेश प्रदेशमा विभाजनको असरै नपरेको दावी गर्छन् । ‘अहिलेसम्म पार्टी विभाजनको असर कतै देखिएको छैन । संघमा केही नेता, सांसदहरु मात्रै गएका हुन् । त्यसको केही असर देखिएको छैन’, प्रवक्ता सुमन भन्छन् ।

यी प्रदेश सांसदहरु रोक्न पनि महाधिवेशन सहयोगी बन्ने अनुमान गर्न सकिन्छ । किनकि जसपा नेपालतिरै जनता देखिए प्रदेशसभा सदस्यहरुले अशोक राईलाई साथ नदिने अनुमान नेताहरुको छ । त्यसैले २० हजार भन्दा बढी मानिस महाधिवेशनमा उतार्ने जसपा नेपालका नेताहरुले बताएका छन् ।

जसपा नेपालको महाधिवेशनमा चुनाव चिह्न छाता खोलेर उद्घाटन गर्दै अध्यक्ष उपेन्द्र यादव ।

ठूलो जनसहभागिता सहित हुने पार्टी गतिविधिले स्थानीय तहका नेता–कार्यकर्ता रोक्न पनि सहयोगी बन्ने नेताहरुको रणनीति रहेको बुझ्न सकिन्छ । यद्यपि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नयाँ पार्टी रोजिसकेका छन् ।

अध्यक्ष यादव भने सत्ताको षड्यन्त्रले पार्टी विभाजन गरिए पनि अझ सशक्त भएर उठ्ने आधार महाधिवेशनले तयार पार्ने तर्क गर्छन् । ‘कुनै वस्तुमाथि प्रहार गरेपछि तल परेको जस्तो देखिन्छ । तर फेरि पनि अझ शक्तिशाली भएर आउँछ’, यादव भन्छन्, ‘हामी अझ नयाँ ढंगले सुदृढ भएर अगाडि बढ्छौं । हरेक परिस्थितिको सामना गर्न जसपा तयार छ ।’

उपेन्द्रको पद सुरक्षित

यो महाधिवेशन सम्पन्न भएपछि मधेशको मूल शक्ति जसपा नेपाल नै रहेको सन्देश जाने नेताहरु बताउँछन् । तर नेतृत्वमा परिवर्तन हुने छैन ।

उनीहरुका अनुसार, १ लाख ४७ हजार सक्रिय सदस्यबाट चयन भएर आएका १३ सय प्रतिनिधिले उपेन्द्रलाई नै अध्यक्ष घोषणा गर्नेछन् । किनकि उपेन्द्रलाई चुनौती दिने कोही पनि नेता जसपा नेपालमा बाँकी छैनन् ।

तर अरु पदमा भने प्रतिस्पर्धा हुन सक्छ । भोलि साँझदेखि सुरु हुने बन्दसत्रले त्यो प्रक्रिया पुरा गर्नेछ । विधान अनुसार, २०१ सदस्यीय केन्द्रीय केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष रहेको पदाधिकारी हुनेछन् ।

‘महाधिवेशन आफैंमा महापर्व हो । नयाँ विचार, नयाँ सिद्धान्त, नयाँ राजनीतिक प्रस्ताव अनि नयाँ नेतृत्वको साथ उर्जावान भएर हामी अगाडि बढ्छौं’, प्रवक्ता सुमनले भने ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
अन्तर्राष्ट्रिय

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

२८ जेष्ठ २०८१, सोमबार
अन्तर्राष्ट्रिय

आज चैते दसैं पर्व मनाइँदै

२८ जेष्ठ २०८१, सोमबार
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

२८ जेष्ठ २०८१, सोमबार
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनमा ८४ अर्बको भौतिक नोक्सानी, १३ सयभन्दा बढी हतियार लुटिए

२८ जेष्ठ २०८१, सोमबार
Next Post
गाैशालामा एक युवकमाथि गोली हानेर सिक्री लुटपाट

गाैशालामा एक युवकमाथि गोली हानेर सिक्री लुटपाट

असमानता र विभेदको कारण मुलुक दरिद्र बन्न पुगे  अध्यक्ष यादव

असमानता र विभेदको कारण मुलुक दरिद्र बन्न पुगे अध्यक्ष यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh